What's New

Class 12 Social Old Is Gold 2079 Sets Solution| Set 4| NEB BOARD EAXM|



 The website's content is protected by copyright laws, and no part of it may be reproduced, distributed, or transmitted without the prior written permission of the website owner. Unauthorized use may result in legal action. The information provided on the website is for informational purposes only and is not a substitute for professional advice. By using the website, you agree to comply with the terms and conditions.


Using this content in other sites and social media platform without our approval will be strictly punished.

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

नमुना प्रश्न पत्र समाधान (SET 4)

NEB BOARD EXAM

BY BEING SOCIAL

 

समूह ‘क

 

तलका प्रश्नको धेरै छोटो उत्तर दिनुहोस्                                                                  (११×=११)

 

 

 

.सामाजिक अध्ययन जीवनोपयोगी शिक्षा विचको दुईओटा  समानता लेख्नुहोस्

उत्तर:- सामाजिक अध्ययन जिवनोपयोगी शिक्षा दुवैले नागरिकलाई सचेत, सक्षम सबल बनाउछ साथै दुवै विषयले समाज राष्ट्रसम्बन्धि आवश्यक व्यवहारिक ज्ञान प्रदान गर्छन।

 

.अनुसन्धान भनेको के हो ? एक वाक्यमा लेख्नुहोस्

उत्तर:- कुनै विषय वा प्रसङ्गमाथी अध्ययन गरि सोसङ्ग सम्बन्धित नयाँ तथ्यको अन्वेषण प्रकाशन गर्ने चरणवद्ध प्रक्रियालाई अनुसन्धान भनिन्छ।

 

."सूचना सङ्कलनका लागि सामाजिक सञ्जालको प्रयोग कसरी गर्न सकिन्छ ? कुनै एक तरिका उल्लेख गर्नुहोस्

उत्तर:- सुचना सङ्कलनका लागि सामाजिक सञ्जालमा पोस्टहरु गरेर अथवा अनलाइनमार्फत अन्तर्वार्ता, सम्मेलन गर्न सकिन्छ।

 

.सिर्जनात्मक चिन्तन भनेको के हो ?

उत्तर:- कुनै पनि परिस्थितिमा नयाँ विकल्पहरु सोच्नु नवीन उत्पादन, समाधान साहित्यलाई वास्तविकतामा ल्याउनु नै सृजनात्मक चिन्तन हो।

 

.नेपालको इतिहासमा अंशुवर्माले गरेका दुई सुधारका कार्यहरू लेख्नुहोस्

उत्तर:- वैदेशिक व्यापारमा वृद्धि घरेलु उत्पादनलाई प्रोत्साहन।

 

. नेपालको प्राचिन राजवंशका नाम लेख्नुहोस्

उत्तर:- गोपाल वंश, महिषपाल वंश, किरात वंश लिच्छवि वंश।

 

. अन्तरिम संविधान किन बनाइन्छ ? एक कारण दिनुहोस्

उत्तर:- देशमा शासन व्यवस्थाको परिवर्तन भएपछी नयाँ प्रभावकारी संविधान बन्न समय लाग्ने अवस्थामा नयाँ व्यवस्थालाई  सम्बोधन गर्दै कामचलाउ रुपमा अन्तरिम संविधान बनाइन्छ।

 

. सङ्घीय सरकारका कुनै दुईओटा कार्यहरू लेख्नुहोस्

उत्तर:- ) अन्तर्राष्ट्रिय सम्बन्ध , परराष्ट्रका तथा कुटनितिक मामिला

) रक्षा सेनासम्बन्धी

 

 . WHO ले किशोरकिशोरीका बारेमा दिइएको परिभाषा लेख्नुहोस।

 उत्तर:- WHO ले परिभाषित गरेअनुसार मानव जिवनको १० वर्षदेखि १९ वर्षबिचको उमेर समुहलाई किशोरावस्था भनिन्छ।

 

१० नेपाल भारत सहयोगमा सञ्चालित दुईओटा आयोजना परियोजनाको नाम लेख्नुहोस्

उत्तर:- ) बुटवल नारायणगढ सडक विस्तार परियोजना

          ) महेन्द्रनगर टनकपुर सडक परियोजना

         

११. मानव संसाधन भनेको के हो ?

उत्तर:- कुनै पनि कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने सामान्य तथा प्राविधिक जनशक्ति नै मानव संसाधन हो।

 

 

 

 

समूह

 

तलका प्रश्नको छोटो उत्तर दिनुहोस्                                                                                (×=४०)

 १२.तथ्याङ्कको शाब्दिक प्रस्तुति गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाउनुहोस्।

उत्तर:- शाब्दिक प्रस्तुतीकरण गर्दा निम्नलिखित पक्षमा ध्यान दिएमा प्रस्तुतीकरण बढी प्रभावकारी हुन्छ :

)लक्षित पाठकको दक्षता, आवश्यकता चासोलाई ध्यानमा राखेर उनीहरूले सजिलोसँग बुझ्न सक्ने भाषा स्तर प्रयोग गरी उनीहरूको चासो हुने जानकारीलाई बढी प्रकाश पार्ने

)लेखकको आफ्ना भावना तथा पक्षधरता देखाउने शब्द वा भाषा प्रयोग नगर्ने

)तथ्याङ्क तथा सङ्ख्या प्रतिशतहरू प्रस्तुत गर्दा गल्ती हुनसक्ने भएकाले तिनीहरूलाई पुनरवलोकन गरी गल्ती भए सच्याउने

)धेरै लामो व्याख्या वा वर्णनले पाठकलाई मुख्य कुरा बुझ्न कठिन हुने भएकाले सकभर सटिक व्याख्या गर्ने

)एउटै बुँदालाई पटक पटक दोहोर्याउँदा पाठकलाई दिक्क लाग्दो हुने भएकाले यसो नगर्ने लामा लामा वाक्यहरू लेख्दा पाठकलाई बुझ्न कठिन हुन सक्ने भएकाले वाक्य वा वाक्यांशलाई सकभर छोटो लेख्ने।

 

 

अथवा

 

समालोचनात्मक चिन्तन भन्नाले के बुझ्नुहुन्छ ? यसको महत्त्व माथि प्रकाश पार्नुहोस्

उत्तर:- कुनै पनि विषयवस्तु वा कुराको राम्रो तथा नराम्रो पक्षमाहरुको निष्पक्षताका साथ मुल्यांकन गर्ने काॠ समालोचनात्मक चिन्तन हो।

व्यावहारिक जीवनमा समालोचनात्मक चिन्तन सिप धेरै महत्त्वपूर्ण हुन्छ यसले व्यक्तिको जीवनमा निम्नलिखित सहयोग गर्छ :

) कुनै मुद्दा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न

)परिस्थितिअनुकूलका विभिन्न सिद्धान्त, परिभाषा, कानुनलगायतका कुराहरू निश्चित गर्न व्यक्तिगत पक्षधरता, पूर्वाग्रहलगायतका निष्कर्षमा प्रभाव पार्ने तत्त्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न

)सान्दर्भिक तथ्य, प्रमाण अनुभवहरूलाई समेटी असान्दर्भिक कुराहरू हटाउन

)कुन कुरा सर्वस्वीकार्य हो कुन कुराका लागि प्रमाण आवश्यक भन्ने कुराको बोध गर्न

 

 

१३. बौद्धिक चोरी एक अपराध हो। यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस।

उत्तर:-उत्तर:- बौद्धिक चोरी भन्नाले एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरुको बौद्धधिक एवम सृजनात्मक कार्य (पाठ, प्रतिवेदन, अनुच्छेद, चित्र, लेख, भिडियो आदि) आफ्नो फाइदाको लागि हुबहु नक्कल गर्छ तिनिहरुलाई आफ्नो भनी दाबी गर्छ।

)बौदधिक चोरीले गर्दा समाजमा द्वन्द्व  शङ्काको वातावरण सृजना गर्छ

)व्यक्ति व्यक्ती बिच आपसी समझदारी विस्तारै हराउदै जान्छ केवल अस्वस्थ प्रतिस्पर्धाको भावना सृजना हुन पुग्छ।

)सर्जकले अन्याय भोग्नपर्छ अर्कोतर्फ चोरी गर्ने मानिसमा पनि नैतिकताका गुणहरु बिलाउदै जान्छैन।

)विद्यार्थीहरुमा सृजनात्मक सोचाइको विकास हन सक्दैन आजको सामान्य बौदधिक चोरी भोलि हुनसक्ने गम्भीर अपराधहरु मुख्या कारक बन्न जान्छ

उदाहरणका लागि कर्ने एउटा व्यक्तिको लेख अर्को व्यक्तिले अनुमती बिना प्रयोग गर्यो त्यसलाई आफ्नो भनेर दाबी गर्यो भने अवश्य पूनि ती दुई व्यक्तिहरु बिच दवन्दवकी अवस्था सृजना हुनसक्छु त्यूही विषयलाई लिएर अन्य ठूल्ठूला अपराध पनि घटन सक्छम तसर्थ बौद्धिक चोरी एक अपराध हो भन्नेको कुरा स्पष्ट हुन्छ

 

 

१४.विविध जात, धर्म सम्प्रदायविच एकता सहिष्णुता कायम गर्न नेपालमा अभ्यासमा रहेका राम्रा व्यवहारहरूको उल्लेख गर्दै साथीलाई एउटा इमेल पठाउनुहोस्

उत्तर:-

From:- …………………………..

To:- ……………………………….

 

Subject:- नेपालमा विविधतामा रहेको एकता

)धर्म निरपेक्षताको सिद्धान्त अनुसार नेपालमा सबै धर्मावलम्बीहरुलाई समान व्यवहार गरिन्छ।

) जातजाति संस्कृतिमा विविधता भएता पनि एकले अर्काको परम्परा रितिरिवाजको सम्मान गर्ने चलन छ।

)समावेशीताको सिद्धान्त अनुरुप पिछडिएका जातजाति धार्मिक सम्प्रदायलाई विकासको मुलुधारमा ल्याउन विभिन्न संवैधानिक प्रावधानहरुको व्यवस्था छ।

) नेपालमा धर्म जातिको नाममा कहिल्यै द्वन्द्व, झैझगडा हुदैन बरु विपतमा एकअर्कालाई सहयोग गर्ने परस्पर सुमधुर सम्बन्ध रहेको छ।

)धर्म जातमा विविधता भए पनि नेपालमा सबै मिलेर एकता भव्यताका साथ एकअर्काको पर्व हर्षोल्लासका मनाउछन।

 

१५.बागमती प्रदेश व्यापार औद्योगिक केन्द्र हुनुका पाँचओटा कारणहरू उल्लेख गर्नुहोस्

उत्तर:- उत्तर:- बाग्मती प्रदेश व्यापार औद्योगिक केन्द्र हुनुका कारणहरु निम्न रहेका छन:-

)देशको राजधानी काठमाडौ यहि प्रदेशमा अवस्थित भएकाले सबै पुर्वाधारको विकास हुनु

)अन्तर्राष्ट्रिय व्यापारका लागि हेटौंडा,रसुवागढी तातोपानी जस्ता व्यापारिक नाकाहरु रहनु,

)देशको प्रख्यात अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल बाग्मती प्रदेशमा भएकाले व्यापार उद्योगको विकास पनि भएको हो,

)विगत दिनहरुमा राज्यको धेरैजसो लगानी यहि प्रदेशको विकासमा भएकाले बजारको माग पनि अत्याधिक रहेकाले

)ठुलाठुला लगानीकर्ता कम्पनी,व्यवसायीहरुले धेरै मुनाफा यहि क्षेत्रबाट हुने देखेपछि वाग्मती प्रदेशमा व्यापार उद्योगका लागि लगानी बढ्नु।

 

 १६. नेपालमा लैङ्गिक समावेशीकरणका प्रयासहरका कारण आएका परिवर्तनहरूको चर्चा गर्दै अबका दिनमा के के गर्नुपर्ला सुझाव दिनुहोस्

 उत्तर :-लैङ्गिक समावेशीकरणका प्रयासहरूका कारण

आएका परिवर्तनहरू निम्न छन्

- राज्य सञ्चालनको मूलधारमा महिलाहरूको पहुँच समावेशीतामा वृद्धि भएको |

महिला विरुद्ध हुने दाइजो प्रथा, छाउपडी, देउकी प्रधाजस्ता विसङ्गतिहरू न्यूनीकरण भएका छन्

-- निर्णय निर्माण प्रक्रियाको हरेक चरणमा अल्पसङ्ख्यक,

लैङ्गिक समूहलाई पनि सम्मिलित हुने अवसर बढेका छन् महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी सामाजिक सुरक्षमा सकारात्मक विभेदका आधारमा अवसर प्रदान गरिएकाले उनीहरूको व्यक्तित्व पनि विकास भएको

समतामूलक समाज विस्तारै निर्माण हुँदै

 अबका दिनमा लैङ्गगिक समावेशीताका सवाल अन्तर्गत निम्न विषयमा ध्यानु पुप्याउनु पर्छ।

 * केन्द्रमा मात्र सीमित निकायहरुलाई दुर्गम क्षेत्रमा पनि महिलाको हकमा विस्तार गर्नुपर्छ

*समतामूलक समावेशी सिद्धान्त अनुरूप केबल आवश्यकता -परेका दमित वर्गहरुलाई मात्र विशेष अधिकार प्रदान गर्न जरुरी

*यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका पक्षमा  पनि सुधारात्मक प्रयासहरू निम्त्याउन जरुरी देखिन्छ।

 

 

 

१७. लिच्छविकाललाई किन स्वर्णयुग भनिन्छ व्याख्या गर्नुहोस्

उत्तर:- नेपालको इतिहासमा लिच्छवि शासन काललाई 'स्वर्ण युग' भनिनुका कारणहरू निम्न छन्:-

)लिच्छविकालीन नेपालमा व्यवस्थित जन-भावनाको कदर गर्ने शासन व्यवस्थालाई स्थान दिएको थियो देशको केन्द्रिय शासनमा राजालाई सहयोग पुर्याउने मन्त्रिपरिषद्को व्यवस्था थियो भने टाढा पर्ने भू-भागको प्रशासन सञ्चालन गर्न जनपदको व्यवस्था गरिएको थियो देशको शासन व्यवस्था सङ्गठित प्रगतिशील थियो

) लिच्छविकालमा तत्कालीन नेपाली समाज आर्थिक दृष्टिले समुन्नत एवम् समृद्धशाली थियो | उद्योग, आन्तरिक अन्तर्राष्ट्रिय व्यापार, घरेल उत्पादनलाई प्रोत्साहन तथा निर्यात जस्ता कार्यले राज्यको उन्नत आर्थिक व्यवस्था थियो

) लिच्छविकालीन उदार संस्कृतियुक्त समाज थियो समाजमा धार्मिक सहिष्णुता कायम थियो नारीलाई सम्मान गर्न समाज थियो सङ्गठित जनजीवन थियो अनि समाजका सामूहिक कार्य गर्नका लागि विभिन्न गोष्ठीको निर्माण पनि भएको थियो

) लिच्छविकालीन शासकहरूले असंलग्न परराष्ट्र नीति अभ्यास गरी छिमेकी मुलुकहरूसँग असल सम्बन्ध कायम गर्न पनि सफल भएका थियो

) यस समयमा आर्कषक कलाकृतिको निर्माण भएको थियो, साहित्यको क्षेत्रमा चरम विकास थियो तत्कालीन समयमा निर्मित मन्दिरहरू,दरबार विभिन्न लिखित अभिलेखहरू वर्तमान समयमा पनि अस्तित्वमा रहेका छन्

 

१८. नेपालको २४० वर्षको इतिहास बोकेको राजसंस्थाको अन्तिम राजा श्री ज्ञानेन्द्र शाहले राजगद्दि परित्याग गर्नुका कारणहरू लेख्नुहोस्

उत्तर:-नेपालको २४० वर्ष इतिहास बोकेको राजसंस्थाको अन्तिम राजा श्री ज्ञानेन्द्र वीरविक्रम शाहले राजगद्दी त्याग गर्नुपर्नाका कारणहरु निम्न अनुसारका छन् :

 

)वि.सं २०५८ जेष्ठ १९ गते घटेको दरबार हत्याकाण्डपछि नेपालको राजनीतिक अवस्था सङ्कटमा आएको थियो राजा बनेका ज्ञानेन्द्रलाई बाह्य दबाबका कारण शासनसत्ता सम्हाल्न गार्हो भएको थियो।

) राजा ज्ञानेन्द्रले रजतन्त्रलाई पुनः शक्तिशाली बनाउन तत्कालीन शेरबहादुर देउवाको सरकारलाई विघटन गराए, राजनीति दलका नेताहरूलाई बन्धक बनाए, पत्रकार आन्दोलित विद्यार्थीहरु पक्राउ गरिए व्यवस्था सम्हाल्न नै हम्मे हम्मे पर्न थाल्यो।

 )राजा ज्ञानेन्द्रको महत्वकाङ्क्षी प्रकृतिका कारण उनले तत्कालीन सरकार विघटन गरेर शासनशक्ति आफ्नो हातमा लिएपछि सबै राजनीतिक दलहरू उनको विरुद्धमा होमिएका थिए

)सशस्त्र सङ्घर्ष गरिरहेको तत्कालीन ने..पा (माओवादी) राजाको असंवैधानिक कदमबाट असन्तुष्ट भई आन्दोलनबाट दबाबलाई उग्र रूप दिन थाल्यो

 )२०६२ मङ्सिर गतेका दिन नेकपा माओवादी सात संसदीय राजनीतिक दलबीच १२ बुँदे समझदारी गरेर राजतन्त्र विरुद्धमा आन्दोलन गर्ने घोषणा गरी गरियो परिणाम स्वरूप २०६२/६३ सालको दोस्रो जन आन्दोलनका कारण २४० वर्षे राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो

 

 

१९. समतामूलक समाजको निर्माणका लागि तपाईले खेल्ने भूमिकाको सूची तयार पार्नुहोस्

उत्तर:- उत्तर:- समतामूलक समाज निर्माणमा हामीले विद्यार्थीको स्थानबाट निम्न भूमिका निर्वाह गर्न सक्छौं :- -वर्ग, लिङ्ग जातको आधारमा हुने नकारात्मक विभेद विरुद्ध आवाज उठाउने सामाजिक न्यायका लागि पहल गर्थे

 

- आरक्षणको व्यवस्था न्यायोचित तवरले कार्यन्वयन भए, नभएको जानकारी लिन्थे केही समस्या भएमा सम्बन्धित पक्षलाई जानकार गराउँथे

 

-समाजमा वञ्चितिकरणको सिकार बनेका समूहको हकमा स्थानीय सरकारको सहकार्यमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ

 

--समाजमा हुने कार्यमा सबै वर्गका व्यक्तिहरूको समानुपातिक समावेशिताका लागि पहल गर्थे

 

-विद्यालयमा पिछिडिएका समूहअन्तर्गत पर्ने विद्यार्थीका लागि विशेष सेवासुविधा छात्रवृतिको व्यवस्था गर्न विद्यालय प्रशासनलाई आकार गराउथे

 

अथवा

 

सहरीकरण भनेको के हो ? सहरीकरणले ल्याएका कुनै दुई अवसर चुनौतिहरू के के हुन् ? लेख्नुहोस्

उत्तर:- उच्च आर्थिक क्रियाकलाप केन्द्रिय सेवा सुविधाको उपलब्धतासहित सहर निर्माण गर्ने प्रक्रियालाई सहरीकरण भनिन्छ। सहरिकरणका अवसरहरु:-

.सहरीकरणले मानव संसाधन (human resource) लाई एकीकृत हुने अवसर प्रदान गर्दछ। फलस्वरुप विकासका नवीनतम सोंच, प्रविधि एवम् स्रोतको परिचालन गर्न सकिन्छ

.सहरमा जनसङ्ख्याको चाप सँगसँगै विकासका पूर्वाधारहरुको पनि निर्माण हुन्छ स्वास्थ्य शिक्षा, यातायात, सञ्चार, सामाजिक सेवा तथा सांस्कृतिक गतिविधिहरुको विकास हुने भएकोले सहरका बासिन्दाहरुले सहज जीवनयापन गर्न सक्दछन्

 सहरीकरणले उब्जाउने केही मुख्य चुनौती एवम् समस्याहरु यसप्रकार उल्लेख गर्न सकिन्छ।

--खुल्ला स्थानको अतिक्रमण,हरियाली पार्कको अभाव ,सागुरो संरचना ऐतिहासिक महत्त्व जोगाउनु मुख्य चुनैती हो।

--सहरमा सुरक्षा प्रावधानको व्यवस्था चुनौतीपूर्ण मान्न सकिन्छ

--भिडभाड सामाजिक अपराध न्यूनीकरण पनि अर्को चुनौती हो

 

 

समूह

 

तलका प्रश्नको लामो उत्तर दिनुहोस्                                        (*=२४)

 

२०. संवेग व्यवस्थापन भनेको के हो ? किशोरावस्थामा उत्पन्न हुने संवेगहरू के के हुन् ? यी संवेगहरूको कसरी उचित तरिकाले व्यवस्थापन गर्न सकिन्छ ? लेख्नुहोस्

उत्तर:-

सकारात्मक नकारात्मक दुवै प्रकारका संवेगप्रती सचेत रहने तथा तिनिलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ।

      किशोरावस्थामा उत्पन्न हुने संवेगहरु निम्न छन् :-

      . नयाँ काम गर्ने जोस आउनु

      . आफुले गरेको कामको प्रशंसा अपेक्षा गर्नु

      . अरुको नक्कल गर्न चासो राख्नु

      . विपरीत लिङ्गप्रतिको आकर्षण बढ्नु

      . आफ्नो पहिचान आत्मसम्मान बलियो बनाउने      सोच आउनु

      . आफुमा देखिएका शारीरिक परिवर्तनबारे कहिले डराउनु कहिले उत्सुक हुनु

      . मनस्थिति परिवर्तन भइराख्नु

      . छिटो रिस उठ्नु तनाव लिनु

      . लाज, ईष्र्याजस्ता संवेग उत्पन्न हुनु

 

संवेग व्यवस्थापनका लागि मुख्यतः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेग निम्तिन सक्ने परिस्थिति वा वातावरणलाई नियन्त्रण गर्ने गर्नुपर्छ। यसका लागि निम्नलिखित उपाय अपनाउन सकिन्छ:

() कसैले कुनै नराम्रो काम गर्न दबाब दिएमा त्यसलाई सम्मानपुर्ण भाषामा अस्विकार गर्ने

() आफुले अनुभव गरिरहेको संवेग पहिचान गर्ने त्यसलाई नियन्त्रण गर्ने

() आफ्नो संवेगलाई शान्त पार्न लामो लामो श्वास लिने, पानी पिउने जस्ता वैकल्पिक क्रियाकलापहरु गर्ने

() आफूमा नकारात्मक सोचाइ आएमा त्यसलाई चुनौती दिने वा प्रमाण खोज्ने

() आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा सलग्न हुने

() आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक मानेर स्वीकार गर्ने

() आफ्नो जीवनमा आएका नकारात्मक कुराभन्दा सकारात्मक कुरामा ध्यान दिने

() नकारात्मक संवेगबाट बच्न तथा त्यसलाई कम गर्न उक्त परिस्थितिभन्दा बाहिर जाने वा कुनै मन पर्ने वा रमाइलो क्रियाकलापमा संलग्न हुने

() नियमित रूपमा शारीरिक व्यायाम योगअभ्यास गर्ने

() एकान्तमा बसिरहनुको सट्टा मन मिल्ने व्यक्तिसँग कुराकानी गर्ने समूहमा रमाउन सिक्ने

() कोठा वा घरभित्र बसिरहनुको सट्टा केही समय बाहिर बिताउने बानी बसाल्ने सम्भव हुने महत्त्वाकाङ्क्षा मात्र राख्ने त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्ने तर अति महत्त्वकाङ्क्षा नराख्ने।

 

 

२१. वि. सं. २००७ देखि २०१७ सालसम्मको राजनीतिक अस्थिरताको सन्दर्भलाई जोड्दै नेपालममा पञ्चायती शासन व्यवस्था उदय हुनुका कारणहरु, त्यतिबेलाको राजनीतिक अवस्था पञ्चायती शासनकालको अन्त्य हुनुको विभिन्न राजनीतिक पृष्ठभूमिको चर्चा गर्नुहोस्

उत्तर :

नेपालको इतिहासको विभिन्न कालखण्डमा धेरै उतारचढाव भएको पाइन्छ वि.सं २००७ सालको क्रान्ति पछिको राजनीतिक घटनाक्रमले नेपालको इतिहासमा अमिट छाप छोडेको १०४ वर्षे लामो निरङ्कश राणा शासनको अन्त्य गरेर देशमा प्रजातन्त्रको आगमन भएको थियो जनताहरुले समृद्धिका आकाङ्क्षाहरू पूरा हुने वातावरण पाएको अनुभव गर्दै थियो परन्तु उक्त परिवेश नेपाली समाजमा धेरै समयसम्म जीवन्त रहन सकेन नयाँ प्रजातान्त्रिक शासन व्यवस्थामा विभिन्न राजनीतिक  दलहरूको सक्षम नेतृत्वको अभावमा राजनीतिक अस्थिरताको भयावह रूप देखा परेको थियो क्रान्तिको समाप्ति पछि गठन भएको राणा नेपाली काङ्ग्रेसको संयुक्त सरकारले आन्तरिक द्वन्द्वका कारण प्रभावकारी काम गर्न असक्षम भयो संयुक्त सरकारको विघटन पश्चात् शासन सत्ता सम्हाल्ने हातहरू फेरिए तर देशको मुहारमा खासै परिवर्तन आएन।वि.सं २००८ सालमा राजा त्रिभुवनले नेपाली काङ्ग्रेसको नेतृत्वमा एकल दलीय मन्त्रीमण्डल घोषणा गरे तर फेरि २००९ सालमा उनले परामर्श दातृहरूको सल्लाह लिएर आफ्नो प्रत्यक्ष शासन सुरु गरे राजा त्रिभुवनको मृत्युपछि पनि मातृका प्रसाद कोइराला,टंक प्रसाद आचार्य, डा.के आइ सिंह सुवर्ण शमशेरको नेतृत्वमा विभिन्न सरकारहरू गठन भए। वि.सं २०१५ सालको आम निर्वाचनमा विश्वेश्वर प्रसाद कोइराला जन निर्वाचीत भई प्रधानमन्त्री बनेका थिए यसरी वि.सं २००७ - २०१७ को  सङ्क्रमणकालीन अवधिमा कायम रहेको अस्थिर असक्षम राजनीतिक पृष्ठभूमिको साहारा लिदै राजा महेन्द्रले लोकतान्त्रिक भावनाको विपरीत गई २०११ पौस गते प्रजातन्त्र अन्त्य गरे एकदलीय पञ्चायती व्यवस्था लागु गरे

 

नेपालमा पन्चायती शासन व्यवस्था सुरु हुनुका कारणहरू )राजनीतिक दलहरूमा प्रजातान्त्रिक व्यवस्था सम्बन्धी ज्ञान अनुभवको कमी हुनु,

)संविधान सभाबाट संविधान ल्याउन असक्षम हुनु दिल्ली सम्झौताका बुदाहरू कार्यन्वयन हुन नसक्नु,

) जनातालाई भ्रममा राखेर सम्पूर्ण शासनसत्ता आफ्नो नियन्त्रणमा लिन खोज्ने राजाहरूको प्रवृत्ति,

)प्रशासनमा ढिलासुस्ती, वैदेशिक चासो हस्तक्षेप, भ्रष्टचार, राजनीतिक समूहविच एकता नहुनु अनि जनतामा राजनीतिक सचेतनाको अज्ञानता हुनु पञ्चायती शासन व्यवस्था उदयका मुख्य कारणहरू थिए

 

वि.सं. २०१७ सालमा पञ्चायतकाल सुरु भएपछि जनताहरुको विभिन्न मानव अधिकारको हनन् भएको थियो उनीहरू दमन शोषणको सिकार बनाइएका थिए त्यही समयमा विभिन्न राजा पञ्चायती शासन विरोधी कार्यहरू जस्तै जनकपुर बम काण्ड झापा विद्रोह जस्ता कार्यहरू भएका थिए राजाको विरुद्धमा उभिएका जनतालाई फासी दिएर वा विभिन्न हत्याकाण्ड रचेर दबाउन प्रयास गरिन्थ्यो राजनीतिक दलले पञ्चायती व्यवस्थाको विरोध गरिरहे यसैबीच २०६६ सालमा विद्यार्थी आन्दोलन भयो उक्त आन्दोलनले उग्र रूप लिएपछि राज वीरेन्द्रले जनमत सङ्ग्रह घोषणा गरे वि सं २०३७ वैशाख २० गते सुधारिको फचायती व्यवस्था वा बहुदलीय व्यवस्था भन्ने विषयमा सम्पन्न भएको जनमत सङ्ग्रहमा पञ्चायती व्यवस्थाले जितेको थियो वि.सं २०४२ सालमा नेपाली काङ्ग्रेसले पञ्चायती व्यवस्था विरुद्धमा अहिंसात्मक आन्दोलन सुरु गर्यो तर उक्त सत्याग्रह विभिन्न कारणले स्थगन भयो पछि फागुन २०४६ सालमा नेपाली कांग्रेस, संयुक्त बाम मोर्चाद्वारा संयुक्त रूपमा पञ्चायती व्यवस्थाको बिरुद्धमा पहिलो जनआन्दोलन सुरु गरियो जसको परिणाम -स्वरूप २६ चैत्र २०४६ सालमा ३० वर्ष एकदलीय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था पुनः स्थापना भयो

 

 

पञ्चायती शासनकाल अन्त्य हुनुका कारणहरू:-

)पञ्चायती शासन व्यवस्था निरङ्कुश,पूर्ण केन्द्रिकृत अलोकतान्त्रिक हुनु,

)जनताहरु आफ्ना मौलिक हक अधिकार स्वतन्त्रताबाट बञ्चित हुनु,

)पञ्चायती शासन विरुद्ध जनतामा रहेको असन्तुष्टिका कारण २०४६ सालको जन आन्दोलनमा जनताले राजनीतिक दललाई समर्थन गर्नु,

)पञ्चायत शासन विरुद्ध आह्वान गरिएको वि.सं २०४६ को प्रथम जन आन्दोलनका कारण यसले पारेको प्रभावले गर्दा राजा विरेन्द्रले २०४६ साल चैत्र २६ साल राति ११ बजे पञ्चायती व्यवस्थाको अन्त्य भएको घोषणा गर्नु

 

                                    अथवा

वर्तमान समयमा नेपालको अव्यवस्थित सहरीकरण तीव्र विरोधीले गर्दा वातावरण प्रदूषण प्रकृतिको विनाश नियुक्ति जमिन मासिने क्रम बढ्दो छ। यस समस्यालाई समाधान गर्न कुरामा ध्यान दिनुपर्छ आफ्नो राय प्रस्तुत गर्नुहोस्

उत्तर:-

) विकास निर्माणका कार्य सञ्चालन गर्दा वातावरण-मैत्री हुनुपर्छ कुनै पनि किसिमको प्रदूषण सिर्जना हुनु हुँदैन।

() विज्ञान प्रविधिको अधिकतम सदुपयोग गरेर विभिन्न आवश्यक तथ्याङ्कहरू सङ्कलन गर्ने व्यवस्था हुनुपर्छ।

()खुला स्थानको अतिक्रमण रोक्ने, हरियालीपार्कको स्थापना गर्ने,जलाधर क्षेत्रमा वृक्ष रोपण गर्ने हरियाली स्वच्छ वातावरण कायम राख्ने कुरामा पनि ध्यान पुर्याउनु पर्छ

()सहरी विकास प्राधिकरणको मापदण्ड अनुसार मात्र जग्गा खण्डीकरण गर्ने आचार संहिता अनुसार व्यवस्थित योजनाकृत सहर निर्माण गर्ने बसाइँसराइलाई व्यवस्थित गर्ने विषयमा सुधार ल्याउनुपर्छ।

() शान्ति सुरक्षा, मनोरञ्जन रोजगारीको अवसरमा वृद्धि  ल्याएर पनि स्मार्ट सिटीको अवधारणा अनुरूप विकास गर्न सकिन्छ

"माथीका बुदाहरु आफ्नो सृजनात्मक सिपबाट उत्तर लेख्न आफै प्रयास गर्नुहोस।"

 

 २२. यदि तपाईं नेपालको अर्थमन्त्री भएको भए नेपालमा गरिबी चक्रको सम्बोधनका लागि के कस्ता नीति उपायहरू अवलम्बन गर्नुहुन्थ्यो? आफ्नो योजना प्रस्तुत गर्नुहोस्।

उत्तर:- गरिबी एउटा यस्तो तत्व हो जसले निरन्तर गरिबीभित्र नै परिक्रमा गरिरहन्छ।गरिबीको चक्रले एउटा व्यक्ति वा राष्ट्र गरिब भएका कारणले नै पुन: गरिबिमा पुग्छ भन्ने कुरा देखाउछ।नेपालमा आर्थिक विकासको अवरोधका रुपमा यश चक्रलाइ लिने गरिन्छ। यदि तपाईं नेपालको अर्थमन्त्री भएको भए नेपालमा गरिबी चक्रको सम्बोधनका लागि निम्न उपायहरूमार्फत मेरो योजना अघि बढाउथे।

. अल्पकालीन तथा दीर्घकालीन स्वरुपका आन्तरिक तथा बाह्य ऋण, सहयोग, अनुदान लगानीमा वृद्धि गर्ने त्यसबाट नेपालको गरिबी चक्र तोड्न मेरो पहल रहन्थ्यो।

.देशभित्र उपलब्ध विभिन्न आर्थिक समृधिका स्रोतहरु जस्तै जलविद्युत, उर्जा, जडिबुटी, वन जङ्गल आदिको प्रयोग सम्बन्धित मन्त्रालयसङ्ग समन्वय गरि गर्थे।

.नेपालमा रहेका विभिन्न मौलिक वस्तुहरु उत्पादनलाई प्रोत्साहन गर्दा तिनीहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन मेरो सक्दो प्रयास हुन्थ्यो।

.देशमा उद्योग, कलकारखानाको स्थापनाका लागि सरकारसमक्ष प्रस्ताव राख्थे जसबाट रोजगारीको सृजना हुन्छ, आम्दानीको वृद्धि हुन्छ गरिबी न्यून हुन्छ।

. नेपाल कृषिप्रधान मुलुक भएकाले कृषिमा आधुनिकीकरण व्यवसायीमुखी बनाउन कृषक वर्गलाई विशेष तालिम अनुदान प्रदान गरि किसानहरुको आम्दानीमा वृद्धि गर्ने मेरो प्रमुख योजना रहन्थ्यो।

.वास्तविक गरिब नेपालीहरुको पहिचान गरि उनिहरुलाई आम्दानी वृद्धिका गरिबी निवारण सम्बन्धि विभिन्न कार्यक्रमहरु गाउँगाउँ ल्याउथे।

. बजेटलाई सरकारी भत्ता अरु फजुल कुरामा खर्च गर्नुको सट्टा उत्पादनमुलुक क्षेत्रमा लगानी गर्ने त्यसको लाभबाट उद्द्मशिलताका परियोजनाहरु संचालनमा ल्याउथे।

. खाद्यान्नको मूल्य निर्धारण तथा वितरण नितिलाई जनकल्याणकारी बनाउने, मानव विकासमा लगानी गर्ने, विपन्न वर्गलाई सामाजिक सुरक्षाको व्यवस्था गर्ने जस्ता योजनालाई कार्यान्वयन मा ल्याएर मैले नेपाल नेपालीहरुलाई गरिबिको चक्रबाट उनमुक्त बनाउन सक्दो प्रयास गर्थे।


Post a Comment

2 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. sir pdf mildana ra

    ReplyDelete
  2. sir tesai ta nepali padhna na aauni jhanai kasto khathin word use garnu vako bujnai sakina sir

    ReplyDelete