The website's content is protected by copyright laws, and no part of it may be reproduced, distributed, or transmitted without the prior written permission of the website owner. Unauthorized use may result in legal action. The information provided on the website is for informational purposes only and is not a substitute for professional advice. By using the website, you agree to comply with the terms and conditions.
Using this content in other sites and social media platform without our approval will be strictly punished.
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
नमुना प्रश्न पत्र समाधान SET 3
NEB BOARD EXAM
BY BEING SOCIAL
समूह क
तलका प्रश्नको धेरै छोटो उत्तर दिनुहोस् : (११×१=११)
१. अनुभवजन्य अनुसन्धान भनेको के हो ?
उत्तर:- भोगाइ,
चेताइ र मानसिक बोधकोमार्फत कुनै विषयसङ्ग सम्बन्धि तथ्यांक र तथ्य प्राप्त गर्ने प्रक्रियालाई अनुभवजन्य अनुसन्धान भनिन्छ।
२. समालोचनात्मक चिन्तनका लागि अति आवश्यक एउटा पक्ष लेख्नुहोस् ।
उत्तर:- समालोचनात्मक चिन्तनका लागि कुनै विषयले पार्ने सकारात्मक र नकारात्मक असरको विश्लेषण गर्नु एक आवश्यक पक्ष हो।
३. रिस कस्तो खालको संवेग हो ?
उत्तर:- रिस नकारात्मक संवेग हो।
४ मध्यक भनेको के हो ?
उत्तर:- तथ्यांकलाई बढ्दो वा घट्दो क्रममा राख्दा आउने बिचको मानलाई मध्यक (median) भनिन्छ।
५. कुनै दुई वाइसे राज्यको नाम लेख्नुहोस् ।
उत्तर:- बाजुरा, जाजरकोट
६. सामाजिक रुपान्तरण भनेको के हो?
उत्तर:- समाजमा रहेका विकृती र विसङ्गतीलाई हटाएर सामाजिक एकता,
सहिष्णुता र उत्थान गर्ने प्रक्रियालाई सामाजिक रुपान्तरण भनिन्छ।
७. असंलग्नताको अर्थ बताउनुहोस् ।
उत्तर:- कुनै पक्षमा पनि सम्बन्ध नराख्ने र कुनै राष्ट्रको राजनीतिको अनुसरण नगर्ने वैदेशिक नीतिलाई असंलग्नता भनिन्छ।
८. मानव संशाधन विकास भन्नाले के बुझिन्छ ?
उत्तर:- सामान्य तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्नका लागि तालिम,
सीप र प्रशिक्षण प्रदान गर्नुलाई मानव संशाधन विकास भनिन्छ।
९. व्यक्तिले गर्नुपर्ने कुनै दुई सदाचारमूलक व्यवहार उल्लेख गर्नुहोस् ।
उत्तर:- अनुशासनमा रहि आफ्नो कर्तव्य इमानदारीसाथ गर्नु,
पेसागत कार्य गर्दा राजनीतिक तटस्थता कायम गर्ने।
१०. शिक्षाले सामाजिक जीवनमा पार्ने कुनै दुई प्रभावहरू उल्लेख गर्नुहोस् ।
उत्तर:- लोकतान्त्रिक समाज निर्माण
असमानता तथा द्वन्द्व न्यूनीकरण
११. नेपालको वैदेशिक व्यापार घाटालाई कम गर्ने कुनै दुई उपायहरूको सूची बनाउनुहोस् ।
उत्तर:- नेपाली मौलिक वस्तु र सेवासुविधाको उत्पादन र उपभोगलाई प्रोत्साहन गर्ने,
अनावश्यक सामाग्रीहरुको बढ्दो आयत नियन्त्रण गर्ने।
समूह ख
तलका प्रश्नको छोटो उत्तर दिनुहोस् : (८*५=४०)
१२.गुणात्मक तथा परिमाणात्मक तथ्याङ्कविच फरक लेख्नुहोस।
अथवा
आत्मबोध सिप विकास गर्ने कुनै पांच उपायहरू उल्लेख गर्नुहोस् ।
उत्तर:- आत्मबोधको सीप विकास गर्ने उपायहरू निम्न छन्:-
क) ध्यान गर्ने :-योगाभ्यास तथा ध्यान गर्दा मानिसले आफैले आफूलाई मूल्याङ्कन गर्ने मौका पाउँछ। दैनिक रूपमा केही समय ध्यान गर्ने वा एकान्तमा बस्ने गर्दा लक्ष्य प्राप्तिमा सहयोग मिल्छ र आत्मबोध गर्न सजिलो हुन्छ ।
ख) लेख्ने :- आफ्ना मुख्य मुख्य योजनाहरू र प्राथमिकताहरू एउटा डायरीमा लेखे तथा समय समयमा त्यसलाई समीक्षा गर्ने गनाले आफ्ना सवल पक्ष र कमजोर पक्ष पता लगाउन सकिन्छ ।
(ग) मनोमापन परीक्षण गर्ने:- आफ्नो आत्मबोधको स्तर नाप्नका लागि सङ्ख्यात्मक तर्क र शाब्दिक जस्ता मनोमापन परीक्षण गराउँदा आफ्नो आत्मबोधको स्तर पत्ता लगाई सुधार गर्ने मौका पाइन्छ ।
(घ) विश्वासिलो साथीहरुलाई सोध्ने:- आफ्ना कमीकमजोरीहरू पताआफ्ना विश्वासिलासाथीहरू तथा आफूभन्दा वरिष्ठ व्यक्तिबाट पृष्ठपोषण लिनुपर्छ ।
ङ) कार्यस्थलमा पुष्ठपोषण लिने अनौपचारिक रूपमा परिवारका सदस्य,
साथीहरू तथा आफूभन्दा वरिष्ठ
व्यक्तिबाट पृष्ठपोषण लिनुका अतिरिक्त औपचारिक रूपमा कार्यस्थलमा सबैको पृष्ठपोषण लिन सकिन्छ
१३. समतामूलक समाज निर्माणका आधारहरू उल्लेख गर्नुहोस् र कुनै २ ओटाको वर्णन गर्नुहोस् ।
उत्तर:- समतामूलक समाजमा सबै नागरिकहरुलाई समान पहुँचको व्यवस्था हुने गर्छ।समतामूलक समाज निर्माणका आधारहरू निम्न छन्:-
क)सशक्तीकरण
ख)मुल प्रवाहिकरण
ग)हस्तक्षेपकारी नीति
घ)रोजगारमुलक लक्षित कार्यक्रम
ङ)सहज र न्यायोचित पहुँचको सुनिश्चितता
च) सुशासन
छ) समावेशीकरण
१.सशक्तीकरण : समतामूलक समाज निर्माणका लागि पिछडिएका र अवसरबाट वञ्चित नागरिहकहरूलाई सर्वसुलभ शिक्षा, साक्षरता, सिपमूलक तालिम, सहुलियतपूर्ण वा निर्व्याजी पुँजीको उपलब्धतालगायतका सशक्तीकरणका उपायहरू अवलम्बन गर्छ ।
२.रोजगारमूलक लक्षित कार्यक्रम पिछडिएका क्षेत्र,
जाति, लिंग र आर्थिक पछौटेपन भएका वर्गका लागि रोजगारमूलक लक्षित कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसले उनीहरूको आर्थिक अवस्थामा सुधार आई तीकरणमा मदत पुग्छ ।
१४.नेपालको सातओटा प्रदेशहरुको जनसङ्ख्यालाई वृत्तचित्रमा देखाउनुहोस् ।
१५. लिच्छविकालीन अर्थव्यवस्था छोटकरीमा वर्णन गर्नुहोस् ।
उत्तर:- → लिच्छविकालमा तत्कालीन नेपाली समाज आर्थिक दृष्टिले समुन्नत एवम् समृद्धशाली थियो । नेपालमा पशुपालन खेतीपाती,
उद्योग र व्यापारको राम्रो विकास भएको थियो। भौगोलिक अवस्थितिका आधारमा नेपाल उपत्यका अर्न्तराष्ट्रिय व्यापारिक केन्द्र रहेकोले तत्कालीन नेपाली अर्थव्यवस्थाको महत्वपूर्ण पक्ष व्यापार रहन पुगेको थियो ।
दैनिक उपभोगका लागि अन्न फलफूल,
सागसब्जी, माछा, मासु, भाडाकुँडा, लत्ताकपडा इत्यादि वस्तुहरू आन्तरिक रूपले देशभित्रकै बजारमा बिक्री वितरण गरिन्थे । तत्कालीन सरकारले उत्पादित वस्तुबाट हुने मुनाफामा कर लगाई राज्यकोष बढाउँदथ्यो ।
तिब्बती बजारमा नेपालबाट निर्यात हुने वस्तुहरूमा अन्न,
फलफूल, मसला, लत्ताकपडा, ऊनी लुगा कपडा, जडिबुटी र धातुका हतियारहरू पर्दथे । तत्कालिन नेपालमा दास प्रथा नभएकोले देवस्थलहरूको सरसफाइ गर्ने कामको निमित्त देवदाश तथा देवदाशी र खेती व्यापारको लागि आवश्यक मजदुरहरूको प्रयोजन भएको पाइन्छ । यस किसिमको ज्याला मजदुरीको लागि धान तथा नगद पैसा दिइन्थ्यो । लिच्छविकालमा मानाङ्ग, गुणाङ्क, पशुपति, जिष्णु गुप्ता र वृष नामाङ्कित मुद्राहरू प्रचलनमा थिए ।
कर प्रणाली राज्यको आम्दानीको मूल आधार बनेको थियो ।
१६. सामाजिक रुपान्तरणका विशेषता उल्लेख गर्नुहोस् ।
उत्तर:- सामाजिक रुपान्तरणका विशेषताहरु निम्न छन:-
क) सामाजिक रुपान्तरण विश्वव्यापी प्रक्रिया हो र यसको स्वरुपहरु समाजको प्रकृतीअनुसार फरक हुन सक्छन्।
ख)सामाजिक रुपान्तरणको गति कहिले तिव्र त कहिले सुस्त हुन्छ।
ग) सामाजिक रुपान्तरण निरन्तर चलिरहने प्रक्रिया हो। यो प्रक्रिया तबसम्म चलिरहन्छ जबसम्म पूरा समाजमा पछाडि परेकाहरुले रुपान्तरणको अनुभुती गर्दैनन्।
घ)समाजमा न्यून वर्ग र वञ्चितिकरणमा परेका वर्गको उत्थान नगरेसम्म समाज विकास हुदैन भन्ने सामाजिक रुपान्तरणको अवधारणा हो।
ङ)सामाजिक रुपान्तरणले कुनै एक पक्षलाई मात्र नभएर आर्थिक,
सामाजिक र सांस्कृतिक पक्षलाई एकैसाथ सम्बोधन गरेको हुन्छ।
१७ नेपालको सूचनाको हकको कार्यान्वयनका लागि भएका प्रयासहरूको समीक्षा गर्नुहोस् ।
उत्तर:- प्रजातान्त्रिक मुलुकमा हरेक नागरिकलाई सार्वजनिक महत्त्वको सुचना वा जानकारी माग गर्ने हक अधिकार हुन्छ जसलाई सुचनाको हक भनिन्छ। नेपालको सूचनाको हकको कार्यान्वयनका लागि निम्न प्रयासहरू भएको पाइन्छ:-
क)संविधानको धारा २७ मा मौलिक हकअन्तर्गत सूचनाको हकको व्यवस्था गरिएको छ जसमार्फत प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको सूचना पाउने हक हुने छ।
ख)सूचनाको हकको प्रत्याभूति गर्न र सूचनामा नागरिकको पहुँच सहज बनाउन सूचनाको हकसम्बन्धी ऐन,
२०६४ जारी गरिएको छ।
ग) सार्वजनिक निकायले सुचना सार्वजनिक,
प्रकाशन वा प्रसारण गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आमसञ्चारका माध्यमबाट गर्ने व्यवस्था छ।
घ)नेपालमा सुचनाको हकको कार्यान्वयन र संरक्षणका लागि राष्ट्रिय सूचना आयोगको व्यवस्था गरिएको छ जहाँ जनताले आफ्नो हकको सुचना नपाएमा उजुरी दिने सक्ने व्यवस्था छ।
ङ)जनतालाई सूचनाको हकको प्रत्याभूति गराउन सरकारी कार्यलयहरुमा सुचनापाटिमा सुचना टास्ने साथै विभिन्न वेबसाइट र अनलाइन पोर्टलबाट सहजै सुचना सम्प्रेषण गर्ने व्यवस्था छ।
१८. बसाइँसराइले आर्थिक सामाजिक उन्न्यन मात्र नगरी सामाजिक विकृति समेत बढाएको छ भन्ने पक्षमा आफ्ना विचारहरु प्रस्तुत गर्नुहोस।
उत्तर:- बसाइँसराइका कारण समाजमा दुवै सकारात्मक र नकारात्मक परिवर्तनहरु देखा पर्छन।एकातर्फ आर्थिक सामाजिक उन्नति प्राप्त हुन्छ भने अर्कोतर्फ विभिन्न सामाजिक विकृति र विसङ्गतीहरुले पनि ठाउँ पाउँछन्।आप्रवासीले पठाएको विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरेर सामाजिक विकासलाई अघि बढाउन सकिन्छ।विकसित मुलुकको सकारात्मक जिवनशैलिलाई अनुसरण गरेर सामाजिक चेतनामा वृद्धि हुन्छ र रुढीबादी परम्पराहरु कम हुँदै जान्छन्।पुरुषको अभावमा महिलाहरुमा आत्मनिर्भरता र आत्मविश्वासको विकास हुन्छ।बसाइँसराइले व्यक्तिको सामाजिक जीवन सुधार गर्न मद्दत गर्छ किनकी उनिहरुले नया संस्कृति,चलन र भाषाहरु सिक्छन।यसले भाइचारा सम्बन्ध,समानता,सहिष्णुता जस्ता मानवीय मुल्य मान्यतालाई बढाउन सहयोग गर्छ।
बसाइँसराइका कारण गाउ-घर रित्तिने अवस्था पनि सृजना हुन्छ।त्यसैगरी कर्मठ,क्षमतावान,एवम् बुद्धिजीवी विदेश पलायन हुदा मानव संसाधनको कमि हुनगइ देशले दृघकालिन घाटा व्यहोर्नुपर्दछ।लामो समयसम्म प्रदेशमा रहदा गलत बुझाइका कारण धेरै दाम्पत्य जीवन बिग्रेको पनि धेरै उदाहरण छन।सहरमा आवास,रोजगारी,पानी,सडक,आदिमा जनभार बढदै जान्च र सहरमा बेरोजगारी,भिडभाड र खानेपानीको अभाव हुँदै जान्छ।यसका साथै गन्तव्य स्थानमा अशान्ति,होहल्ला,विसङ्गती र विकृति उत्पन्न भइ मानिसले आफ्नो मौलिक पहिचान र संस्कृति गुमाउदै जान्छ।
यसर्थ बसाइँसराइको नकारात्मक असरलाई जतिसक्दो न्यूनीकरण गर्न र यसको सकारात्मक पक्षको समाज विकास गर्न सबै अग्रसर हुनुपर्छ।
१९. नेपालका परराष्ट्र नीतिका आधारहरूको सूची बनाउनुहोस् ।
उत्तर:- संविधानमा उल्लिखित विषयवस्तुका आधारमा नेपाल सरकारले तय गरेका परराष्ट्र नितिहरु निम्न छन:-
क)सबैको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने
ख)कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
ग)समानता र पारस्परिक हितका आधारमा नयाँ सन्धि सम्झौताहरू गर्ने
घ)पारस्परिक समानताको सम्मान गर्ने
ङ)विवादको शान्तिपूर्ण निरुपण गर्ने
च)पारस्परिक लाभका आधारमा व्यवहार गर्ने
छ)संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्ध हुने
ज)पञ्चशीलको सिद्धान्तका आधारमा व्यवहार गर्ने
झ)विश्वशान्तिको मान्यतालाई अङ्गीकार गर्ने
अथवा
शिक्षाले सांस्कृतिक क्षेत्रमा पार्ने प्रभावहरू समेटी सूची तयार गर्नुहोस् ।
उत्तर:- शिक्षाले सामाजिक र सांस्कृतिक विकास एवम प्रगतिका लागि प्रमुख साधनको रुपमा काम गर्छ।शिक्षाले हाम्रा मौलिक संस्कृतिलाई निरन्तरता दिन र आवश्यकता अनुसार पुराना संस्कृतिलाई परिमार्जन तथा नयाँ संस्कृतिको स्थापना गर्न प्रोत्साहन गर्छ।
हामी संस्कृतिबिनाको समाज कल्पना पनि गर्न सक्दैनौ।एक पुस्ताबाट अर्को पुस्तामा संस्कृतिको हस्तान्तरण हस्तान्तरण गर्ने कार्य शिक्षाबाट मात्र सम्भव हुन्छ।यसरी विभिन्न पुस्तामा संस्कृतिको विकास गर्ने कार्य शिक्षाले पुरा गर्दछ। औपचारिक तथा अनौपचारिक शिक्षाले समाजमा भएका परम्परा,रितिरिवाज,मूल्य,मान्यता,कला,नैतिकता आदिलाई सिकारुको मस्तिष्कमा विकास गरिदिने गर्दछ।शिक्षाले संस्कृतिको संरक्षण र प्रसारण गर्नुका साथै परिवर्तित परिस्थितिअनुसार संस्कृतिमा परिवर्तन र सुधार पनि ल्याउछ।पुराना असान्दर्भिक सांस्कृतिक मुल्य र मान्यताहरुलाई विस्थापित गर्ने वा सुधार गर्ने कार्य शिक्षाले नै गर्दछ।शिक्षाले नै वर्तमान पुस्तामा हाम्रो बेग्लै सांस्कृतिक पहिचान बोकेका परम्परा,लोककला,लोकगित,लोकनृत्य र लोकबाजाको बारेमा ज्ञान प्रदान गर्छ र संरक्षणका लागि पहल पनि गर्दछ।यसले विभिन्न सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्न र भावी पुस्तालाई हस्तान्तरण गर्न पनि सहयोग पुर्याउछ।यसर्थ संस्कृतिको विकास र प्रवर्द्धनमा शिक्षाको निकै महत्त्वपूर्ण भुमिका रहेको पाइन्छ।
समूह ग (३ x८ = २४)
तलका प्रश्नको लामो उत्तर दिनुहोस्
२०.सामाजिक विकासमा 'गैरसरकारी संस्थाको भूमिका' शीर्षकमा अनुसन्धान गर्नका लागि अध्ययनको समस्या पत्ता लगाउनुहोस् ।
उत्तर:-Please Visit
YouTube Channel For This
२१. नेपालका प्रदेशहरूविचको सामाजिक तथा सांस्कृतिक अन्तरसम्बन्ध बारेमा प्रष्ट पार्नुहोस् ।
उत्तर:- प्रदेश प्रदेशबिच रहेको अन्तरनिर्भरता र आपसी सम्बन्धलाई नै अन्तरप्रदेशको अवधारणाले समावेश गरेको हुन्छ। नेपालको संविधानको धारा २३३ ले प्रदेश-प्रदेश बिचको सम्बन्धमा कानुनी व्यवस्था गरेको छ।
अन्तरप्रादेशिक सम्बन्धको एक महत्वपूर्ण आयाम सामाजिक तथा सांस्कृतिक सम्बन्ध हो। उदाहरणको लागि बाग्मति प्रदेशमा रहेको हिन्दुहरुको पवित्र स्थल पशुपतिनाथले अन्य प्रदेश हिन्दुहरुलाई धार्मिक तथा सांस्कृतिक हिसाबले जोडेको छ भने लुम्बिनी प्रदेशमा रहेको धर्मालम्बीहरुको पवित्र स्थल भगवान् गौमम बुद्ध जन्मेको स्थल लुम्बिनीले अन्य प्रदेशमा रहेका बौद्ध समुदायका मानिसहरुलाई समेटेको छ।
कनै पनि प्रदेशका नागरिक अर्को प्रदेशमा विना रोकटोक आवातजावत गर्न सक्ने र उसलाई स्थायी वा अस्थायी बसोबासमा कुनै रोकावट गर्ने पाइने छैन । यस्तै एक प्रदेशको मानिसले अर्को प्रदेशमा बिहेवारी गरी घरजम बसाउने सक्ने र यस्ता कार्यमा कुनै पनि अवरोध र बाधा व्यवधान आउन दिनुहुँदैन। धार्मिक संरक्षणमा एक प्रदेशले अर्को प्रदेशलाई सहयोग गर्न सधामिक सांस्कृतिक सम्पदाको सांस्कृतिक गतिविधिमा विना अवरोध मानिसहरूको सहभागितालाई विदेश पीडितहरूलाई अर्को प्रदेशका गरेका हुन्छन । राष्ट्रिय विपत्का घटनामा एक प्रदेशकोविपत सरकार र नागरिक स्तरबाट सहयोग,
राहत र पुनउत्थानका कार्यक्रम सञ्चालनमा सहकार्य रहन सक्छ । यसले अन्तर प्रादेशिक सम्बन्धको सामाजिक सांस्कृतिक, दायरालाई अझ प्रगाढ़ र दूरों बनाउन मदत पुग्छ । उदाहरणको लागि बाग्मति प्रदेशमा रहेको हिन्दुहरुको पवित्र स्थल पशुपतिनाथले अन्य प्रदेशहरूका हिन्दूहरुलाई धार्मिक तथा सांस्कृतिक हिसाबले जोडेको छ भने लुम्बिनी प्रदेशमा रहेको बुद्ध धर्मालम्बीहरुको पवित्र स्थल भगवान गौमम बुद्ध जन्मेको स्थल लुम्बिनीले अन्य प्रदेशमा रहेका बौद्ध समुदायका मानिसहरुलाई समेटेको छ ।
केही वर्ष अघिसम्म मात्र दक्षिणमा रहेको पूर्वी एवम् मध्य तराईमा मात्र सीमित छठ पर्व हिजोआज पर्यटन पहाडमा समेत मनाएको पाइन्छ । त्यसैगरी होली पर्व पहाडी तथा तराई दुवै क्षेत्रमा मनाइने हुनाने प्रदेशहरुबीच सांस्कृतिक सम्बन्ध रहेको हुन्छ।
यसरी एक प्रदेशदेखि अर्को प्रदेश सहजै आवतजावत गर्न सकिने, एकअर्काको संस्कृति र सामाजिक अवस्थालाई सम्मान गर्ने प्रवृति, आपतविपतमा एक प्रदेशले अर्को प्रदेशपर्ती र सहानुभूति देखाउदै सर्हयोग गर्नेजस्ता विविध पक्षलाई अन्तरप्रदेशको सामाजिक-सांस्कृतिक अवधारणासङ्ग जोड्न सकिन्छ।
अथवा
राणाकालीन सामाजिक, प्रशासनिक, आर्थिक परिवेश तथा अन्तर्राष्ट्रिय सम्बन्धका वारेमा एक राष्ट्रिय दैनिक पत्रिकाको लागि लेख तयार गर्नुहोस् ।
उत्तर:-
राणाकालिन सामाजिक अवस्था
असोज २,
१९०३ मा कोतपर्वपछि नेपालमा राणा शासनको उदय भएको थियो। राणा शासनको उदय सङ्गसङ्गै नेपालको सामाजिक, आर्थिक र प्रशासनिक परिवेशमा परिवर्तन देखापरेका थिए।
विसं १९१० मा बेलायतबाट फर्किएपछि जंगबहादुरले राजा सुरेन्द्रविक्रमको नाममा ‘मुलुकी ऐन’ नामक भूमिको पहिलो कानुन प्रकाशित गरी देशको प्रशासनलाई आधुनिकीकरण गरी सुदृढ र सक्षम बनाउने प्रयास गरेका थिए। यस प्रशासनलाई थप प्रभावकारी बनाउन उनले मुलुकी अड्डालाई दुई भागमा विभाजन गरे।
वीर शमशेरले देशको भूभागलाई 35 इकाइहरूमा विभाजन गरे,
जसलाई तिनीहरूको सहज र बलियो प्रशासनको लागि तहसिल भनिन्छ। वीरशम्शेरले सरकारी कामकाजको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तोकेका थिए जुन भीमशमशेरको प्रधानमन्त्री हुँदा १० बजेदेखि साँझ ४ बजेसम्म परिवर्तन गरिएको थियो।
त्यसैगरी विभिन्न प्रधानमन्त्रीले आ–आफ्नो समयमा विभिन्न किसिमले सुधारका लागि योगदान दिए । देव शमशेरले संसदीय शासन व्यवस्था ल्याउने प्रयास गरे जसलाई उनले प्रतिनिधि परिषद् भनिने र सुझाव बाकस स्थापना गरे। भीम शमशेरले विद्रोह बाहेक मृत्युदण्डको सजायलाई सीमित गरे। जुद्धशमशेरले निजामती कर्मचारीलाई निवृत्तिभरण दिने प्रणाली ल्याए र मानिसको जन्म मृत्युको अभिलेख राख्न कार्यालय खोलेका थिए । पद्मशमशेरले जनतालाई नयाँ संविधान र मोहन शमशेरले २००७ सालमा दिल्ली सम्झौतामा हस्ताक्षर गरे ।
राणाकालमा कृषि बालीमा विविधता ल्याउने प्रयास भएको थियो । जंगबहादुरले प्रधानमन्त्री हुँदा नेपालको व्यापार विकासका लागि तिब्बतसँग सन्धि पनि गरेका थिए । चन्द्रशमशेरको पालामा सप्तरीको त्रिजुगा नदीमा टाउको राखेर निर्माण गरिएको पहिलो ठूलो सिँचाइ नहर चन्द नहर हो। त्यसपछि प्रधानमन्त्री चन्द्रशमशेरको पालामा फर्पिङमा ५०० किलोवाट क्षमताको पहिलो विद्युत उत्पादन गृह निर्माण भएको थियो । त्यसपछि ९०० किलोवाट क्षमताको सुन्दरीजल विद्युत केन्द्र रहेको छ । चन्द्रशमशेरले ज्वाइन्ट स्टक कम्पनी स्थापना गरी राजस्व सङ्कलन बढाए पनि मदिरा आयातमा रोक लगाए । भीमशम्शेरले कपास खेतीलाई प्रोत्साहन दिँदै कपास र नुन आयातको चलन घटाउनुभयो ।
जुद्धशम्शेरको अवधि नेपालको उद्योग विकासका लागि महत्वपूर्ण मानिन्छ । नेपाल बैंक लिमिटेड,
विराटनगर जुट मिल, जुड्डा म्याच फ्याक्ट्री, गोरखा राइस, आयल मिल, वीरगन्ज कपास मिल, मोरङ हाइड्रो इलेक्ट्रिक सप्लाई कम्पनी, घरेलु इलाम प्रचार अड्डा (कपास उद्योगलाई प्रोत्साहन गर्ने कार्यालय),
कृषि तालिम केन्द्र, जनकपुर-जयनगर रेलमार्ग निर्माण गरिएको हो । उनको कार्यकालमा देशका विभिन्न भागमा सडक निर्माण भएको थियो । पद्मशमशेरले कपास, जुट र चिनी मिलहरू स्थापना गरे। राणाकालमा नेपालबाट काठ, छाला,
जडीबुटी र खाद्यान्न ठूलो परिमाणमा निकासी हुन्थ्यो । कोलकाता समुद्री बन्दरगाहबाट कच्चा पदार्थ युरोपमा समेत निकासी हुने गरेको छ ।
चन्द्रशमसेरले आफ्नो मृत श्रीमान्को शवलाई जलाइएकै आगोमा श्रीमति जिउँदै जलाउने प्रथा ‘सती प्रथा’ लाई निरुत्साहित गर्दै विसं १९७७ मा कानुनद्वारा खारेज गरे। देव शमशेरले आफ्नो इच्छाविपरीत कसैलाई दास बनाउन बाध्य पार्न र दाससँग अमानवीय व्यवहार गर्न नपाइने नियम बनाउनुभयो । पछि चन्द्रशमशेरले कानुनद्वारा दास प्रथाको अन्त्य गरे ।जंगबहादुरले सन् १९१० मा आफ्नै परिवारका छोराछोरीलाई अङ्ग्रेजी शिक्षा दिने उद्देश्यले थापाथलीमा दरबार स्कूल नामक सार्वजनिक विद्यालय खोलेका थिए। रणदीपले केही संस्कृत विद्यालय स्थापना गरे र पहिलो नेपाली क्यालेन्डर प्रकाशित गरे। वीरशमशेरले वीर अस्पताल, सिंहदरबार, वैद्य खाना, वीर पुस्तकालय र वीरधारा निर्माण गरेका थिए । देव शमशेरले गोरखापत्र र केही प्राथमिक विद्यालयको प्रकाशन जनतालाई दिए। उनले केटीहरूको लागि कन्या प्राथमिक विद्यालय स्थापना गरे। चन्द्रशमशेरको श्रेय सैनिक अस्पताल, भक्तपुर अस्पताल, टोखा अस्पताल र फर्पिङ पावर हाउस थियो ।
२२.सङ्घ, प्रदेश र स्थानीय तहका प्रमुख कार्यहरू समेटी चार्ट तयार गर्नुहोस् ।
उत्तर:- सङ्घीय सरकारको प्रमुख कार्यहरुको सूची (अनुसूची ५)
१. रक्षा र सेनासम्बन्धी (क) राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण (ख) राष्ट्रिय सुरक्षासम्बन्धी
२. युद्ध र प्रतिरक्षा
३. हातहतियार खरखजाना कारखाना तथा उत्पादनसम्बन्धी
४. केन्द्रीय प्रहरी,
सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, शान्ति सुरक्षा
५. केन्द्रीय योजना,
केन्द्रीय बैङ्क, वित्तीय नीति, मुद्रा र बैकिङ, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण
६. परराष्ट्र तथा कूटनीतिक मामिला,
अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसङ्घसम्बन्धी
७. अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता,
सुपुर्दगी, पारस्परिक कानूनी सहायता अन्तर्राष्ट्रिय सीमा,
अन्तर्राष्ट्रिय सीमा नदी
८. दूरसञ्चार,
रेडियो फ्रिक्वेन्सीको बांडफांट, रेडियो, टेलिभिजन र हुलाक
९.भन्सार,
अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना
१०. सङ्घीय निजामती सेवा,
न्याय सेवा र अन्य सरकारी सेवा
संविधानको अनुसूची ६ मा व्यवस्था भएको प्रदेशको प्रमुख कार्यहरुको सूची-
१. प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा
२. नेपाल राष्ट्र बैकको नीतिअनुरूप वित्तीय संस्थाहरूको सञ्चालन,
सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग
३. रेडियो,
एफ एम, टेलिभिजन सञ्चालन
४. घर जग्गा रजिस्ट्रेसन शुल्क,
सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर,
सेवा शुल्क दस्तुर, दण्ड जरिवाना
५. प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा
६. प्रदेश तथ्याङ्क
७. प्रदेश स्तरको विद्युत,
सिचाइ र खानेपानी सेवा, परिवहन
८ प्रदेश विश्वविद्यालय,
उच्च शिक्षा, पुस्तकालय, सङ्ग्रहालय
९. स्वास्थ्य सेवा
१०. प्रदेश सभा,
प्रदेश मन्त्रिपरिषद्सम्बन्धी
११. प्रदेशभित्रको व्यापार
१२. प्रदेश लोकमार्ग
१३. प्रदेश अनुसन्धान ब्युरो
संविधानको अनुसूची ८ मा व्यवस्था भएको स्थानीय तहको प्रमुख कार्यहरुको सूची
१.नगर प्रहरी
२.सहकारी संस्था
३.एफ. एम सन्चालन
४. स्थानीय कर (सम्पति कर,
घर बहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलन
५. स्थानीय सेवाको व्यवस्थापन
६. स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन
७.स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
८.आधारभूत र माध्यमिक शिक्षा
९.आधारभूत स्वास्थ्य र सरसफाइ
१०. स्थानीय बजार व्यवस्थापन वातावरण संरक्षण र जैविक विविधता
११. स्थानीय सडक,
ग्रामीण सडक, कृषि सडक, सिंचाइ
१२. गार्ड सभा,
नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
sir ,
ReplyDelete20. no. ko link.
send arrdinu nw
moile tw cannel ma vetiinw.
Set 2 ra 5 kata xa?
ReplyDeleteThis blog is really nice and informative blog, The explanation given is really comprehensive and informative. Join Ziyyara’s comprehensive online English tuition classes and unlock your full potential in the English language.
ReplyDeleteFor more info visit tuition for English