The website's content is protected by copyright laws, and no part of it may be reproduced, distributed, or transmitted without the prior written permission of the website owner. Unauthorized use may result in legal action. The information provided on the website is for informational purposes only and is not a substitute for professional advice. By using the website, you agree to comply with the terms and conditions.
Using this content in other sites and social media platform without our approval will be strictly punished.
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
नमुना प्रश्न पत्र समाधान SET 1
NEB BOARD EXAM
BY BEING SOCIAL
समूह क
तलका प्रश्नको धेरै छोटो उत्तर दिनुहोस् (११×१=११)
१. सामाजिक अध्ययन विषय सर्वप्रथम कुन देशमा कहिले पठनपाठन गर्न सुरु गरिएको हो ?
उत्तर:- सामाजिक अध्ययन विषय सर्वप्रथम सन् १८२० मा बेलायतबाट पठनपाठन गर्न सुरु गरिएको हो।
२.समानुभूति भनेको के हो ?
उत्तर:- कुनै व्यक्तीलाई परेको समस्या अथवा उसको अवस्थाबारे आफुले समान भाव राखेर गरिने सकारात्मक व्यवहारलाई समानुभुती भनिन्छ।
३.माइक्रोसफ्ट एक्सल कस्तो सफ्टवेयर हो ?
उत्तर:- तथ्यांक विश्लेषणका लागि आवश्यक माइक्रोसफ्ट एक्सल एक Spreadsheet सफ्टवेयर हो।
४.कथानक विश्लेषण भनेको के हो ?
उत्तर:- दृश्य र श्रव्य काव्य (नाटक,
उपन्यास, कथा ) मा पाइने घटनाको अध्ययन र विषयवस्तु केलाउने प्रक्रियालाई कथानक विश्लेषण भनिन्छ।
५.सांस्कृतिक विविधताको महत्त्व एक वाक्यमा लेख्नुहोस्।
उत्तर:- सांस्कृतिक विविधताले विभिन्न जातजातिको अनुपम पहिचानलाई दर्साउन मद्दत गर्छ।
६.जि.पि.एस. (GPS) प्रविधिवाट गर्न सकिने कुनै एक कार्य लेख्नुहोस् ।
उत्तर:- GPS को माध्यमबाट कुनै ठाउँको नक्साङ्कन सहजै गर्न सकिन्छ।
७.नागरिक हक भनेको के हो ?
उत्तर:- कुनै व्यक्ति एउटा राष्ट्रको नागरिक भएको आधारमा पाउनुपर्ने सुविधा र अधिकारलाई नागरिक हक भनिन्छ। उदाहरण:- स्वतन्त्रताको हक,
नागरिकताको हक आदि।
८.निरपेक्ष र सापेक्षित गरिवीका विचको कुनै एक फरक बताउनुहोस् ।
उत्तर:- आधारभुत आवश्यकता पूरा नभई जिवनयापन गर्न नसकेको अवस्थालाई निरपेक्ष गरिबी भनिन्छ भने आधारभुत आवश्यकता पूरा भएको तर अरु व्यक्ति र मुलुकको तुलनामा आम्दानी कम भएको अवस्थालाई सापेक्ष गरिबी भनिन्छ।
९.किशोरकिशोरीहरूले समाजप्रति गर्नुपर्ने कुनै दुईओटा कर्तव्य उल्लेख गर्नुहोस् ।
उत्तर:- क) समाजमा रहेका विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने र जनचेतना फैलाउने
ख) सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने
१०.आर्थिक विकास र आर्थिक वृद्धिविचको कुनै एक भिन्नता लेख्नुहोस् ।
उत्तर:- वास्तविक राष्ट्रिय आय दीर्घकालसम्म बढ्दै जानूलाई आर्थिक वृद्धि भनिन्छ भने आम्दानी बढ्नुका साथै गरिबी,
असमानता, बेरोजगारी न्यून भइ सामाजिक विकास हुनुलाई आर्थिक विकास भनिन्छ।
११.साफ्टाका कुनै दुई उद्देश्यहरू लेख्नुहोस् ।
उत्तर :-
(क) सदस्य राष्ट्रहरूबिच वस्तुको अन्तरसीमा आवागमनमा अवरोध हटाएर सरलीकरण गर्ने
(ख) स्वतन्त्र व्यापार क्षेत्रमा स्वच्छ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने
समूह ख
तलका प्रश्नको छोटो उत्तर दिनुहोस्
१२. १.तपाई आफ्नो स्थानीय तहमा रहेको कुनै औद्योगिक क्षेत्रको बारेमा आवश्यक तथ्याङ्क सङ्कलन गर्न अनुसन्धान गर्न जाँद हुनुहुन्छ । उक्त कार्यमा अपनाउने सकिने विभिन्न अध्ययन विधिको उदाहरणसहित व्याख्या गर्नुहोस् ।
उत्तर:-आफ्नो स्थानीय तहमा रहेको कुनै औद्योगिक क्षेत्रको बारेमा आवश्यक तथ्याङ्कन सङ्कलन गर्न जाँदा निम्न अध्ययनका विधि मैले आवश्यकता अनुसार प्रयोग गर्न सक्छु ।
क) अवलोकन विधि:- यस विधि अन्तर्गत उक्त औद्योगिक क्षेत्रको स्थलमा नै पगेर,
त्यहाँको अवस्थाको बारेमा प्रयोगात्मक ज्ञान हासिल गरिन्छ ।
(ख) सर्वेक्षण विधि :- उक्त औद्योगिक क्षेत्रमा रहेको कुनै एक खण्डको बारेमा मात्र प्रश्नावली तयार पारेर आवश्यक तथ्याङ्क सङ्कलन गर्न सकिन्छ । त्यसरी प्राप्त भएको सूचनालाई विश्लेषण गरी नतिजा प्राप्त गरिन्छ।
ग) अन्तर्वार्ता :- औद्योगिक क्षेत्रका संस्थापक कर्मचारी र अरू सम्बन्धित निकायहरूसंग संरचित र औपचारिक अन्तर्वार्ता लिएर त्यस क्षेत्रको लगानी,
उत्पादन र प्रभावको बारेमा जानकारी लिन सकिन्छ ।
घ)समस्या समाधान विधि:- यस विधि अन्तर्गत मैले त्यस औद्योगिक क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याहरू निर्माण गर्छु जस्तै:- सिमेन्ट उद्योगबाट वातावरणमा परेको प्रभाव विषयलाई समस्या बनाएर अनुसन्धान गरेको खण्डमा पनि आवश्यक तथ्याङ्क सकिन्छ गरिन्छ।
ङ) द्वितीय श्रोताहरूको प्रयोग :- सिमेन्ट औद्योगिक क्षेत्रकबाट उत्पादित वस्तु र सेवाको बारेमा पूर्व प्रकाशित प्रतिवेदनेहरू अध्ययन गरेर पनि आवश्यक तथ्याङ्क सङ्कलन गर्न सकिन्छ ।
अथवा
अन्तर्वार्ताका फाइदा र बेफाइदाहरू उल्लेख गर्नुहोस् ।
Try Yourself
१३.दैनिक जीवनका समस्या समाधान गर्न दर्शनले कसरी भूमिका खेल्न सक्छ ?
उत्तर:- दैनिक जीवनका समस्या समाधान गर्न दर्शनले निर्वाह गर्ने भुमिकालाई निम्न बुदाहरुबाट प्रष्ट पारिएको छ।
•दर्शनशास्त्रको अध्ययनले मानिसलाई साँचो कुरा बुझ्न र सही दृष्टिकोणको निर्माण गर्नमा महत्वपूर्ण सहयोग गर्दछ । दर्शनले मानिसको दैनिक जीवन पद्धतिलाई पनि निर्धारण गरिदिन्छ । उदाहरण : बौद्ध दार्शनिक दृष्टिकोण भएको व्यक्तिले शाहाकारी जीवनशैली अवलम्बन गरेको हुन्छ र,
आफ्नो दैनिक जीवनमा योग र ध्यानको अभ्यास गर्छ।
• दर्शनको अनुशीलनले तथ्यको पहिचान,
तर्कको प्रयोग, समालोचनात्मक विचार र विभिन्न मानवीय क्रियाकलापमा नैतिकताको विकास हुन्छ ।
•दैनिक जीवनमा विभिन्न सवालमा ठिक र बेठिक,
सही र गलतको निर्णय गर्नका लागि दृष्टिकोणको निर्माण आफ्नो मार्गनिर्देशक दर्शन अनुसार नै हुने गर्दछ ।
•दैनिक जीवनमा दर्शनको उपयोगिता मुख्यतया समस्या समाधानमा यसबाट प्राप्त हुने,
ज्ञान तथा सिपसँग जोडिएको छ । कुनै पनि सन्दर्भमा रहेको असङ्गतिलाई खुट्याउने क्षमताको विकास र समस्याको कारण र असरहरू विश्लेषण गर्ने क्षमताको वृद्धि दर्शनले गराउँछ । •व्यवहारिक क्षेत्रहरू अन्तर्गत सञ्चार दक्षता, अभिप्रेरणात्मक क्षमता र लेखन दक्षता पनि दर्शनका कारणले अभिवृद्धि हुन्छ।
१४. नेपालका प्रदेशहरूमा एक मात्र भौगोलिक क्षेत्र भएको प्रदेश कुन हो ? यो प्रदेशका सबल तथा दुर्बल पक्षहरू लेख्नुहोस् ।
उत्तर:- नेपालका प्रदेशहरूमा एक मात्र भौगोलिक क्षेत्र भएको प्रदेश मधेस प्रदेश हो।
सबल पक्षहरु:-
*उपोष्ण हावापानी,
ग्रीष्ममा मनसुनको प्रभाव र उब्जाउशील माटो रहेकाले यहाँ व्यवसायिक कृषिको सम्भावना छ ।
*त्यसैगरी माछा पालन,
पर्यटन र उद्योग व्यापारको विकास जस्ता अवसरहरु मधेस प्रदेशमा छन।
*देशको कुल ग्राहस्थ उत्पादन र भारतबाट गरिने वैदेशिक व्यापारका लागि पनि यस प्रदेशले योगदान पुर्याएको छ।
* यहाँ उद्योग विभागबाट दर्ता गरिएका ५२२ उद्योगहरु यहाँ सञ्चालनमा छन साथै मधेस प्रदेशमा नगदे बाली;
सुर्ती,जुट,तोरि,
उखु आदि उत्पादन गरिन्छ।
दुर्बल पक्षहरु:-
*मधेस प्रदेशको साक्षरता दर अरु प्रदेसको तुलनामा कम छ।
*यहाँ सामाजिक विकृति र कु-प्रथा जस्तै दाइजो प्रथा,
छुवाछूत, लैङ्गकि विभेद प्रचलनमा छन।
*गर्मीमा उच्च तपक्रमले गर्दा जीवन कष्टकर हुन्छ।
१५. मध्यकालमा काठमाडौं उपत्यकामा कस्तो शासन प्रणाली कायम थियो ? चर्चा गर्नुहोस् ।
उत्तर:- राघवदेवले वि.सं ९३६ मा शासन सुरु गरेदेखि वि.सं १८२५ मा पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय नगरुन्जेल सम्मको ८८८ वर्षलाई नेपालको इतिहासको मध्यकाल मानिन्छ ।मध्यकालमा काठमाडौ उपत्यका कायम रहेको शासन प्रणाली निम्न प्रस्तुत गरिएको छ।
क)मध्यकालिन नेपालमा राजतन्त्रात्मक शासन पद्धतिको काल थियो । न्याय,
सेना तथा प्रशासन प्रमुख राजा नै हुन्थे । यसकालमा राजा सर्वेसर्वा हुन्थे ।
ख)राजाहरूले आफ्नो राजकाजमा सहयोग गर्न केन्द्रमा मन्त्रिपरिषद् बनाउँथे । मन्त्रीपरिषद्द्मा प्रायःगरी पाँच सदस्य मन्त्रीमण्डल हुन्थे ती मध्ये १ जना चौतारा (मुख्य मन्त्री) हुन्थे ।
ग)स्थानीय प्रशासन चलाउन 'परमान' (बडा हाकिम) नियुक्त गरिन्थ्यो । स-साना बस्तीको प्रशासन चलाउन भने 'द्वारे नियुक्त गरिन्थे ।
घ)स्थानीय प्रशासन कार्यलाई सहयोगका साथै पाटी पौवा,
बाटोघाटो, मन्दिर, पूल, फड्के आदि निर्माण गर्ने र धर्म तथा संस्कृति सम्बन्धी काम गर्न पञ्चायतको व्यवस्था गरिएको थियो ।
१६. सङ्घीय व्यवस्था कार्यान्वयनमा आइसकेपछि प्रदेश र स्थानीय तहले कस्तो भूमिका निर्वाह गरेका छन् ? उदाहरणसहित कुनै चार बुँदामा मूल्याङ्कन गर्नुहोस् ।
उत्तर:- नेपालमा सङ्घियता कार्यान्वयनमा आइसकेपछि प्रदेश सरकार र स्थानीय तहहरुले संवैधानिक व्यवस्था अनुसार आ-आफ्नो एकल अधिकारहरु पाइसकेका छन। पक्कै पनि सङ्घीय व्यवस्था लागू भएपछी प्रदेश र स्थानीय तह आफ्नो भुमिकामा बाधिन पुगेका छन।
क) सबै प्रदेशहरुले सम्बन्धित भुगोल र समाजलाई सम्बोधन हुने गरि प्रदेशगत निति,
नियम र कार्यक्रम सञ्चालन ल्याएका छन।
ख) स्थानीय तहहरुले आफ्नो क्षेत्रमा प्रचलनमा रहेका स्थानीय र मौलिक भाषा,
संस्कृति र उत्पादनको प्रवर्द्धनमा अघि बढेका छन्।
ग)सङ्घबाट प्रदान गरिने सेवासुविधाहरु आजकल आवश्यकताको गम्भीरतालाई मध्यनजर गर्दै प्रदेश र स्थानीय तहबाट नै प्रदान गर्न थालिएका छन।
घ) प्रदेशहरुले प्रदेश लोकसेवाको व्यवस्था ल्याएका छन जसमार्फत प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको पुर्ती सहजै हुन थालेको छ।
ङ) सङ्घीय व्यवस्था कार्यान्वयन भएसङ्गै उपलब्ध प्राकृति स्रोत र साधनहरु परिचालनमा आउन थालेका छन,
मानव संसाधन विकासका लागि प्रदेश र स्थानीय तहहरुले विभिन्न सिपमुलक र रोजगारीमुलुक कार्यक्रमहरु सञ्चालनमा ल्याउन सफक भएका छन।
१७. नेपालको संविधानमा नागरिकले पालना गर्नुपर्ने मुख्य दुई कर्तव्य लेख्नुहोस् ।
१८.सहरीकरणको विश्वव्यापी प्रवृत्ति कस्तो छ ? यसलाई व्यवस्थित गर्नलाई चाल्नुपर्ने कदमहरू लेख्नुहोस् ।
उत्तर:-
अठारौँ शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तिले आधुनिक सहरको जग बसालेको थियो । सन् १९६० पछि उन्नत पुँजीवादी अर्थतन्त्रको विकास, पुँजीको एकत्रीकरण, बहुराष्ट्रिय कम्पनीको लगानी, उत्पादन र बजारीकरणले नयाँ नयाँ ठाउँमा सहरीकरण दरले तीव्रता पाएको थियो । सन् १९६० मा विश्वको कुल जनसङ्ख्याको ३४ प्रतिशत मात्र सहरी जनसङ्ख्या रहेको थियो । भने सन् २०१४ मा सहरी जनमङ्ख्या ५४% रहेको छ । सन् १९५० देखि वृद्धि हुन थालेको सहरीकरण सन् २०५० सम्मा उच्च विन्दुमा गईपुग्ने अनुमान गरिएको छ । पहिलो पटक सन् २००७ देखि सन् २००८ मा सहरी जनसङ्ख्याले ग्रामीण जनसङ्ख्यालाई उछिनेको तथ्य पनि रहेको छ।
(क)खुला स्थानको अतिक्रमण रोक्ने,
हरियालीपार्कको स्थापना गर्ने,जलाधर क्षेत्रमा वृक्ष रोपण गर्ने र हरियाली स्वच्छ वातावरण कायम राख्ने कुरामा पनि ध्यान पुर्याउनु पर्छ ।
(ख)सहरी विकास प्राधिकरणको मापदण्ड अनुसार मात्र जग्गा खण्डीकरण गर्ने आचार संहिता अनुसार व्यवस्थित र योजनाकृत सहर निर्माण गर्ने र बसाइँसराइलाई व्यवस्थित गर्ने विषयमा सुधार ल्याउनुपर्छ।
(ग) शान्ति सुरक्षा,
मनोरञ्जन र रोजगारीको अवसरमा वृद्धि ल्याएर पनि स्मार्ट सिटीको अवधारणा अनुरूप विकास गर्न सकिन्छ ।
१९ विश्व व्यापार सङ्गठनका उद्देश्य के के हुन् ?
उत्तर:- उत्तर:-विश्व व्यापार सङ्गठनका उद्देश्यहरू
१. जनताको जीवनस्तर अभिवृद्धि गर्ने
२. पूर्णरोजगार तथा उच्च एवम् स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने
३. प्रभावकारी माग एवम् वस्तु तथा सेवाको उत्पादन तथा बिक्री विस्तार गर्ने
४. दिगो विकास गर्ने लक्ष्यअनुसार विश्वमा उपलब्ध साधन र स्रोतको सर्वोत्तम प्रयोग गर्न दिँदा वातावरणको रक्षा तथा संरक्षणतर्फ विशेष ध्यान दिने
५. विकासशील राष्ट्रहरू त्यसमा पनि खास गरी अतिकम विकसित राष्ट्रहरूबिच तिनीहरूको आर्थिक विकासको आवश्यकताअनुसार अन्तर्राष्ट्रिय व्यापारमा सहभागिता बढाउने
६. उपर्युक्त उद्देश्यहरू हासिल गर्न एकीकृत व्यावहारिक तथा निस्वार्थ बहुपक्षीय व्यापार प्रणाली विकास गर्ने
अथवा
"शिक्षाविना रोजगारीका अवसर प्राप्त हुन सक्दैन ।" चित्रण गर्नुहोस् ।
समूह ग
तलका प्रश्नको लामो उत्तर दिनुहोस्
(३*८-२४)
२०.आत्मालोचना र आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी परिवर्तन ल्याउन सहयोग गर्दछ ? व्याख्या गर्नुहोस् ।
उत्तर:- मानव जीवनलाई सार्थक,
सफल र सुखमय बनाउनका निम्ति सर्वप्रथम व्यक्तिले आफ्नो अस्तित्वलाई बुझ्नु पर्छ,
आफूमा अन्तरनिहीत विभिन्न कमीकमजोरीको पहिचान गरी त्यसप्रति आफूलाई नै प्रश्न गर्न सक्षम बन्नुपर्छ र आफूमा सुधार गर्न आवश्यक विचार, कार्य र व्यवहारमा आफै परिवर्तन ल्याउन सक्नुपर्छ । यसै सन्दर्भ अनुसार नै असल व्यक्तित्वको निर्माण र व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकारात्मक आत्मआलोचना र व्यवहारिक आत्ममुल्याङ्कन सिपले अपरिहार्य भूमिका निर्वाह गर्ने तथ्य घामजस्तै छर्लङ हुन्छ ।
आत्मालोचनाले व्यक्तिलाई अझ बढी असल,
उत्पादनमूलक र सफल बन्न सहयोग पुप्याउँछ । व्यक्तिले आफ्नो कमजोरीमाथि प्रश्न उठाउने एवम् सुधारतर्फ उन्मुख हुनुपर्ने सोच राख्ने प्रक्रियालाई आत्म्बोध भरिन्छ । आत्मालोचनाले व्यक्तिलाई आफ्ना गल्ति पहिचान गर्न, अर्काबाट सिक्न,व्यक्तिको आत्मसम्मान र आत्मविश्वास विकास गर्न मात्र नभई व्यक्तिलाई वास्तविकता,थर्थाय र तर्क अनुसारको व्यवहार प्रदर्शन गर्न प्रोत्साहन गर्छ । यसले गर्दा व्यक्तिले आफ्ना सबल पक्ष र कमजोर पक्षल केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गर्दछ । परिणामस्वरूप कुनै पनि कार्यक्षेत्रमा उसले अरु कसैको आलोचना र लाञ्छना सुन्नु पर्दैन । स्वाभिमान र सम्मानका साथ ऊ आफ्नो जीवनमा सहजै निरन्तर अघि बढ्न सक्छ ।उदाहरणका लागि आत्मालोचना सिप भएका व्यक्तिले नयाँ,
तर्कपूर्ण र स्पष्ट विचारधाराको निर्माण गर्छन र आफ्नो जीवनलाई सोअनुसार नै निर्देशन गर्छन् । त्यसैगरी यसले व्यक्तिलाई अरूको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न र सम्भावित विकल्पहरूको प्रयोग गर्न सिकाउने भएकाले आत्मसचेतनाको विकास गराउँछ अनि व्यक्ति बढी आत्मनिर्भर र स्वः निर्देशित पनि हुन्छन् ।
आत्मालोचनाले मात्र मानिसले सफलता प्राप्त गर्न सक्दैन।त्यसका लागि त आफ्ना कमजोरीलाई हटाइ आफू परिवर्तन हुनुपर्छ।आफ्ना व्यक्तिगत कार्य र तिनको परिणामलाई व्यवस्थित रुपले अवलोकन र विश्लेषण गरेर तिनलाई मुल्य दिने प्रक्रियालाई आत्ममुल्याङ्कन भनिन्छ।यसले व्यक्तिका कमिकमजोरी पत्ता लगाइ तिनलाई सुधार गर्ने भएकाले व्यक्तिको कार्यसम्पादन वृद्धि हुन्छ।त्यसैगरि व्यक्तिको कार्यदक्षतामा सुधार हुन्छ र व्यक्तिले आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गर्न सक्षम हुन्छ। आत्मविश्वास बढाउन र स्वतन्त्र चिन्तन विकास गर्नका लागि पनि आत्ममुल्यांकन महत्त्वपूर्ण हुन्छ।व्यवहारिक तरिकाले हामिले आफ्नो मुल्यांकन आफै गर्न सकेको खण्डमा वास्तविक लक्ष्य निर्धारण र जोखिम उठाउन तयार रहने बानिको विकास हुन्छ।उदाहरणका लागि कुनै व्यक्तिले आफुमा सुधार गर्न आवश्यक विचार,कार्य र व्यवहारमा आत्ममुल्याङ्कन मार्फत आफै परिवर्तन ल्याएर आफ्नो स्तर र व्यक्तित्वलाई उच्च बनाउन सकिन्छ। आत्मबोध र आत्ममुल्याङ्कनले व्यक्तिलाई आफ्नो सोचबारे निरन्तर नियमन र अनुगमन गर्ने बानीको विकास गराउँछ । खुला सोचाइ सिपको विकासले एक व्यक्तिले सहजै आफ्नो व्यक्तित्व र भूमिकाको प्रभाव समाजमा पार्न सक्छ ।उदाहरणका लागि अप्रत्यासित रूपमा आइलाग्ने समस्याहरुलाई बुद्धिमत्तापूर्ण ढङ्गले समाधान गरी विभिन्न प्रकारका द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमताको विकास पनि हुन्छ।
आत्मालोचना र आत्ममुल्याङ्कनले व्यक्तिलाई जोखिम उठाउन सिकाउँछ, नयाँ दृष्टिकोण र सकारात्मक मनोवृत्तिको विकास गराउँछ । यसै माध्यमबाट व्यक्तिको जीवनमा सकारात्मक परिवर्तनका चम्किला किरणहरूको आगमन हुन्छ । अतः आत्मबोध र व्यवहारिक आत्ममुल्याङ्कनले नै जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ भन्ने तथ्य पुष्टि हुन्छ।
२१. विभाजनपछिका काठमाडौं, भक्तपुर र ललितपुर राज्यहरूको विचको सङ्घर्ष र खिचातानीको विवेचना गर्नुहोस् ।
उत्तर:- पूर्वमध्यकालका एक प्रभावशाली र सुधारक राजाका रूपमा जयस्थिति मल्ललाई लिने गरिन्छ ।
--जयस्थिति मल्लको मृत्युपछि उनका छोराहरू धर्म मल्ल,
ज्योतिर्मल्ल र कीर्ति मल्लको संयुक्त शासन थियो ।
--त्यसपछि ज्योतिर्मल्लका छोरा यक्ष मल्लले नेपाल राज्य टुक्रयाएका थिए ।
* जेठो छोरो राय मललाई भक्तपुर
* माहिलो छोरो रणमल्ललाई बनेपा
* कान्छा छोरा रत्नमल्ललाई कान्तिपुर
* छोरी पट्टिका नाति रण मल्ललाई ललितपुर
--यसरी मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृत कहिले विखाडित भएको पाइन्छ ।
--उपत्यकाभित्र सबैभन्दा कमजोर पाटन राज्य थियो। भक्तपुरका राजा रणजीत मल्ल,
काठमाडाँका राजा जय प्रकाश मल्ल र पृथ्वीनारायण शाहका भाइ दलमर्दन शाह पाटनका राजा बनेका थिए ।
पछि नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा कान्तिपुर र ललितपुर माथी विजय अनि वि.सं. १८२६ मा भक्तपुरमाथी विजय हासिल गरेका थिए।
अथवा
विविधताको समन्वय भन्नाले के बुझ्नुहुन्छ ? विविधताको समन्वय गर्न अपनाउनुपर्ने उपायहरू विवेचना गर्नुहोस् ।
उत्तर:-विश्वका धर्म,
संस्कृति, भाषा र कलाका साथसाथै अन्य धेरै आयाममा विविधता रहेको अवस्थामा समुदायहरुबिच सहकार्य र सद्भाव कायम गर्नुलाई विविधताको समन्वय भनिन्छ।
सामाजिक विविधताको अवस्था जति बढ्छ उति नै विविधताको समन्वयको आवश्यकता पनि बढ्छ । विविधतालार्य समन्वय गर्न एवम् सामान्जस्य स्थापित गर्न नसकिएमा द्वन्द्व बढ्छ । फुटबल प्रतियोगिता हुँध फरक फरक क्लबका प्रशंसकहरूको द्वन्द्व भयो भने त समस्या पर्छ भने धर्म, संस्कृति जाति, भाषा, कला राष्ट्रियता जस्ता कुराहरू द्वन्द्वका बहाना बने भने धेरै जटिल समस्या आइपर्छ । द्वन्द्व व्यवस्थापन र शान्तिको प्रवर्धनका लागि विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने समुचित नीति नभई हुँदैन । विविधताको समन्वय गर्नका लागि निम्न उपायहरु अपनाउन सकिन्छ:-
--समाजमा धर्म, जात र लिङ्गका आधारमा हुने विभेद अन्त्य गर्नुपर्छ।
--सबै वर्ग र सम्प्रदायका व्यक्तिहरुलाई सम्मानपुर्ण जीवन जिउने वातावरण सृजना गर्नुपर्छ।
-- कुनै एक समुदायलाई विपत परेको बेला सबैले मिलेर भाइचारा देखाउदै सहयोग गर्नुपर्छ।
-- एकअर्काको चाडपर्व, परम्परा र रितिरिवाजमा उत्साहजनक र सम्मानपुर्ण सहभागिता जनाउनु पर्छ।
--समाजमा हुने कार्यमा सबै वर्गका व्यक्तिहरूको समानुपातिक समावेशिताको पहल गर्नुपर्छ ।
-- यदि कुनै समुदायलाई सामाजिक परिवेशमा समन्वय हुन कठिन बनेको अवस्थामा सहअस्तित्व र सहकार्यको भावना राख्नु पर्छ।
--राज्यबाट उपलब्ध गराइने सेवासुविधामा कुनै पनि नकारात्मक विभेद हुनु भएन र कुनै जाती वा वर्गलाई हानी हुने किसिमको नीति ल्याउनु भएन।
-- मानवता र नैतिकताका असल आचारहरुको विकास गर्दै सबै नागरिकहरु आपसी एकता र मेलमिलाप कायम गर्यौ भने विविधता समन्वय पक्कै सम्भव छ।
२२. नेपालको वैदेशिक रोजगार नीति र रणनीतिका बारेमा चर्चा गर्नुहोस् ।
वैदेशिक रोजगार रणनीति:-
१.नेपाली श्रमिकहरूको हकहितको संरक्षण र सामाजिक सुरक्षका लागि श्रम कूटनीति अवलम्बन गर्ने
२. विदेशमा रहेका सेवा प्रदायक संस्था, गैरआवासीय तथा प्रवासी नेपाली सङ्घ सङ्गठन र रोजगारदाता कम्पनीसँग समन्वय गरी कार्य गर्ने
३. वैदेशिक रोजगार परिषद्को स्थापना गरी प्रभावकारी कार्य गर्ने
४.भारतमा रोजगारीका लागि जाने कामदारलाई परिचयपत्र जारी गर्ने र बिमा कल्याणकारी कोषमा आवद्ध गराउने कानूनी व्यवस्थाको कार्यान्वयन गर्ने
५. वैदेशिक रोजगारका लागि जानेहरूको पूर्व अभिलेख राख्ने र सबैखाले विकृतिहरूको कडाइका साथ नियन्त्रण गर्ने
वैदेशिक रोजगार निति:-
१.नेपाल सरकारले वैदेशिक रोजगारमा जान पाउने मुलुक तोक्नुपर्ने र ती मुलुकसँग द्विपक्षीय सम्झौता गर्नुपर्ने छ ।
२. वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने र व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउनु पूर्व श्रम विभागबाट स्वीकृति लिनुपर्ने छ । साथै वैदेशिक रोजगारमा जाँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने छ ।
३.कामदार छनोट गर्दा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने र निवेदकको नाम सूचना पाटीमा प्रकाशन गर्नुपर्छ।
४. वैदेशिक रोजगारका लागि बिना लैंगिक विभेद आठार वर्ष उमेर पुगेकालाई खुला प्रतिस्पर्धाबाट छनोट धनुपर्ने छ।
५. वैदेशिक रोजगारमा जाने महिला,
दलित, आदिवासी जनजाति, उत्पीडित दैवीप्रकोप पीडित तथा दुर्गम क्षेत्रका व्यक्तिलाई नेपाल सरकाराले विशेष सुविधा प्रदान गर्न सक्ने छ ।
६.विभागबाट स्वीकृति लिई कुनै पनि व्यक्ति निजी प्रक्रियाबाट वैदेशिक रोजगारमा जान सक्ने छ ।
७.सम्झौता बमोजिम वैदेशिक रोजगारी नभएमा कामदारले विद्युतीय माध्यमबाट वा सोझै श्रम विभाग वा जिल्ला प्रशासन कार्यलयमा उजुरी गर्न सक्ने छ ।
८. विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिनसक्ने छ ।