What's New

Class 12 Social Old Is Gold 2079 Set Solution| Set 2| NEB Board Exam|



 The website's content is protected by copyright laws, and no part of it may be reproduced, distributed, or transmitted without the prior written permission of the website owner. Unauthorized use may result in legal action. The information provided on the website is for informational purposes only and is not a substitute for professional advice. By using the website, you agree to comply with the terms and conditions.


Using this content in other sites and social media platform without our approval will be strictly punished.

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

नमुना प्रश्न पत्र समाधान SET 2

NEB BOARD EXAM

BY BEING SOCIAL

 

 

समूह

 

तलका प्रश्नको धेरै छोटो उत्तर दिनुहोस्                                           (११×=११)

 

. सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाका कुनै दुई साझा सिपहरू उल्लेख गर्नुहोस्

उत्तर:- सृजनात्मक सीप समस्या समाधान सीप

 

.समालोचनात्मक चिन्तन भनेको के हो?

उत्तर:- कुनै पनि विषयवस्तु वा कुराको राम्रो तथा नराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने  कार्यलाई समालोचनात्मक चिन्तन भनिन्छ।

 

३.आत्मबोधको एउटा महत्त्व उल्लेख गर्नुहोस्

उत्तर:- आत्मबोधले व्यक्तिले उसको सबल दुर्बल पक्ष पहिचान गरि स्वरुपान्तरणका लागि प्रेरित गर्छ।

 

४.छोटो रुपको सूची कहाँ राखिन्छ ?

उत्तर:- छोटो रुपको सूचीलाई तालिकाहरुको सुची चित्रको सुची छन् पनि यी दुवैको पछाडी राख्नु पर्छ छैनन् भने विषयसुची पछाडी राख्निन्छ|

 

५.नेपाललाई कतिओटा स्थानीय तहमा विभाजन गरिएको ?

उत्तर:- 753 स्थानीयताहरु ( महानगरपालिका, ११ उप महानगरपालिका, २७६ नगरपालिका ४६० गाउपालिका ) रहेका छन्|

 

६.यौनिक अल्पसङ्ख्यक भनेको के हो ?

उत्तर:- लैंगगिक हिसाबले समाजमा थोरै जनसंख्या नगन्य पहिचान बोकेका LGBTQ समुदायलाई यौनिक अल्पसङ्ख्यक भनिन्छ|

 

७.सहरीकरण भन्नाले के बुझ्नुहुन्छ ?

उत्तर:- उच्च आर्थिक क्रियाकलाप केन्द्रिय सेवा सुविधाको उपलब्धतासहित सहर निर्माण गर्ने प्रक्रियालाई सहरीकरण भनिन्छ।

 

८.संविधानले शिक्षा रोजगारीलाई कुन हकमा राखेको ?

उत्तर:- संविधानले शिक्षा धारा ३१ रोजगारीलाई dhaaraa 33मौलिक हकअन्तर्गत  मा राखेको छ।

 

.जन्म दर्ता कहाँ गरिन्छ ? लेख्नुहोस्

उत्तर:- अहिके जन्मदर्ता स्थानीय तहको पञ्चिकरण विभाग बाट गरिन्छ।

 

 १०. शिक्षाको विकासमा समुदायको सहभागिताको कुनै दुई महत्त्व लेख्नुहोस्

उत्तर:-)शिक्षालयको भौतिक,शैक्षिक तथा व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्ने

)शिक्षालयको सिकाइलाई सहयोग पुऱ्याउने गरी घरको वातावरण बनाउन अभिभावकहरूलाई सचेतना सहयोग दिने

 

११. नेपालमा गरिबी निवारणका कुनै दुईओटा उपायहरू बताउनुहोस्

उत्तर:- ) रोजगारिका अवसरहरु सृजना गर्ने

)कृषिमा आधुनिकिकरण व्यवसायीकरण

 

समूह

 

तलका प्रश्नको छोटो उत्तर दिनुहोस्                                             (x=४०)

 

 

१२.अनुसन्धानका विशेषताहरू उल्लेख गर्नुहोस्

TRY YOYRSELF

अथवा

संवेग व्यवस्थापनका उपायहरू उल्लेख गर्नुहोस्

उत्तर:- संवेग व्यवस्थापनका लागि मुख्यतः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेग निम्तिन सक्ने परिस्थिति वा वातावरणलाई नियन्त्रण गर्ने गर्नुपर्छ। यसका लागि निम्नलिखित उपाय अपनाउन सकिन्छ:

() कसैले कुनै नराम्रो काम गर्न दबाब दिएमा त्यसलाई सम्मानपुर्ण भाषामा अस्विकार गर्ने

() आफुले अनुभव गरिरहेको संवेग पहिचान गर्ने त्यसलाई नियन्त्रण गर्न शारीरिक अभ्यास योग गर्ने,

() आफ्नो संवेगलाई शान्त पार्न लामो लामो श्वास लिने, पानी पिउने जस्ता वैकल्पिक क्रियाकलापहरु गर्ने

() आफूमा नकारात्मक सोचाइ आएमा त्यसलाई चुनौती दिने वा प्रमाण खोज्ने

() आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा सलग्न हुने

) नकारात्मक संवेगबाट बच्न तथा त्यसलाई कम गर्न उक्त परिस्थितिभन्दा बाहिर जाने वा कुनै मन पर्ने वा रमाइलो क्रियाकलापमा संलग्न हुने

 

१३. विविधताको समन्वय भन्नाले के भन्नुहुन्छ ? विविधताका समन्वय गर्न अपनाउनुपर्ने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस्

उत्तर:- उत्तर:-विश्वका धर्म, संस्कृति, भाषा कलाका साथसाथै अन्य धेरै आयाममा विविधता रहेको अवस्थामा समुदायहरुबिच सहकार्य सद्भाव कायम गर्नुलाई विविधताको समन्वय भनिन्छ। विविधताको समन्वय गर्नका लागि निम्न उपायहरु अपनाउन सकिन्छ:-

     --समाजमा धर्म, जात लिङ्गका आधारमा हुने विभेद अन्त्य गर्नुपर्छ।

     --सबै वर्ग सम्प्रदायका व्यक्तिहरुलाई सम्मानपुर्ण जीवन जिउने वातावरण सृजना गर्नुपर्छ।

   -- कुनै एक समुदायलाई विपत परेको बेला सबैले मिलेर भाइचारा देखाउदै सहयोग गर्नुपर्छ।

  -- एकअर्काको चाडपर्व, परम्परा रितिरिवाजमा उत्साहजनक सम्मानपुर्ण सहभागिता जनाउनु पर्छ।

--समाजमा हुने कार्यमा सबै वर्गका व्यक्तिहरूको समानुपातिक समावेशिताको पहल गर्नुपर्छ

 

१४. विपत्को पूर्वजानकारीले विपत् व्यवस्थापनमा कसरी मद्दत पुऱ्याउँछ ? आफ्नो विचारबाट प्रस्ट पार्नुहोस्

उत्तर:- सम्भावित विपत घट्नु अगावै त्यससम्बन्धी जानकारी प्राप्त गर्नुलाई विपतको पुर्वजानकारी भनिन्छ। विपत्को पूर्वजानकारीले विपत् व्यवस्थापनमा निम्नानुसार मद्दत गर्छ:-

)विपतका घटना अगावै विपत प्रतिकार्यका लागि भौतिक संरचना, मेसिन औजार , जनचेतना सीप विकास गर्न सहयोग हुन्छ।

) विपतसङ्ग कसरी प्रतीकार्य गर्ने भन्ने योजना जस्तै: तयारी योजना, आपतकालीन व्यवस्थापन तालिम एवं जोखिमसम्बन्धि चेतावनी दिन सकिन्छ।

) विपतको जोखिममा रहेका वस्तीहरुलाई समयमा नै स्थान्तरण गरेर हुन सक्ने धनजनको क्षतीलाई न्युनीकरण गर्न मद्दत हुन्छ।

) सम्भावित विपतको पुर्व जानकारी भएको खण्डमा भवन निर्माण आचारसंहितालाई पालना गर्दै पुर्वाधारको विकास गर्न, विपत नक्साङ्कन जोखिम विश्लेषण गर्न सहज हुन्छ।

) विपत्को पूर्वजानकारीले विपत घटिसकेपछी गर्ने खोज, उद्धार, आपतकालीन राहत वितरण, अस्थायी आवास चिकित्सक सेवा प्रदान गर्ने प्रक्रियालाई सरल बनाउछ।

 

 

१५.प्रथम जनआन्दोलनपछि घटेका महत्त्वपूर्ण घटनाहरूको सुची बनाउनुहोस् तिनले पारेका प्रभावहरू उल्लेख गर्नुहोस् .

उत्तर:-

)२०४६ चैत २६ गते प्रथम जनाअन्दोलन अन्त्य हुनु:- वि.सं २०१७ सालमा गुमेको प्रजातन्त्र पुनर्स्थापना भयो निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य भयो।

) वि.सं २०४७ कात्तिक २३ मा नेपालको अधिराज्यको संविधान २०४७ जारी हुनु:- नेपालमा सक्रिय राजतन्त्रबाट संवैधानिक राजतन्त्रात्मक व्यवस्था लागू भयो।

) वि.सं २०५२ फागुन बाट माओवादी सशस्त्र सुरु हुनु:- हिंसात्मक गतिविधिले देश अक्रान्त भयो राजनीतिक अवस्था झनै अस्थिर भयो।

) वि.सं २०५८ जेठ १९ गते नारायणहिटि दरबार हत्याकाण्ड हुनु :- राजा विरेन्द्र उनको सम्पुर्ण परिवारको हत्या भयो अनि ज्ञानेन्द्र राजा भए।

)२०६२ मङ्सिर गते १२ बुदेँ सम्झौता हुनु :- दोस्रो जनआन्दोलन भयो नेपालमा सङ्घिय लोकतान्त्रिक शासन पद्धति लागू भयो।

 

१६. जि.आइ.एस. (GIS) प्रविधिको प्रयोगबाट के कस्ता कार्यहरू गर्न सकिन्छ ?

उत्तर:-

क)   GIS डेटाबेसमा डाटा भण्डारण गर्छ त्यसपछि यसलाई म्याप गरिएको ढाँचामा दृश्यात्मक रूपमा प्रतिनिधित्व गर्दछ। विभिन्न पेशाका मानिसहरूले सञ्चार गर्न नक्सा प्रयोग गर्छन्। नक्सा बनाउन दक्ष कार्टोग्राफर हुनु आवश्यक छैन। गुगल नक्सा, बिंग नक्सा, याहू नक्सा वेब आधारित जीआईएस म्यापिङ समाधानका लागि उत्कृष्ट उदाहरण हुन्।

ख)  GIS प्रविधि सहरी विकास यसको विस्तारको दिशा विश्लेषण गर्न थप सहरी विकासको लागि उपयुक्त साइटहरू खोज्न प्रयोग गरिन्छ।

ग)   प्रभावकारी खेती प्रविधिहरू सिर्जना गर्न GIS प्रयोग गर्न सकिन्छ। यसले माटो डेटाको विश्लेषण गर्न निर्धारण गर्न सक्छ: रोप्नको लागि उत्तम बाली के हो?, तिनीहरू कहाँ जानुपर्छ? बिरुवाको लागि उत्तम फसलको लागि पोषण स्तर कसरी कायम राख्ने? सम्बन्धमा जानकारी दिन्छ

घ)   भूवैज्ञानिकहरूले विभिन्न अनुप्रयोगहरूमा GIS प्रयोग गर्छन्। GIS ले भौगोलिक विशेषताहरू अध्ययन गर्न, माटो स्तरहरूको विश्लेषण गर्न, भूकंपीय जानकारीको मूल्याङ्कन गर्न, वा भौगोलिक विशेषताहरूको त्रि-आयामी (3D) प्रदर्शनहरू सिर्जना गर्न प्रयोग गरिन्छ।

ङ)    GIS स्थानमा आधारित व्यापार जानकारी व्यवस्थापन गर्न प्रयोग गरिन्छ। GIS ले ग्राहकहरू कहाँ छन् भन्ने ट्र्याक राख्न सक्छ, साइट व्यवसाय, लक्षित मार्केटिङ अभियानहरू, बिक्री क्षेत्रहरू मोडेल खुद्रा खर्च ढाँचाहरू अनुकूलन गर्न सक्छ।

 

१७.सङ्घीय सरकारको गठन प्रक्रिया उल्लेख गर्नुहोस्

उत्तर:-  

 

 १८.वैदेशिक रोजगारीबाट हुने फाइदाहरू लेख्नुहोस्

उत्तर:- रोजगारी पैसा कमाउन एक देशबाट अर्को देश जानेलाई वैदेशिक रोजगारी भनिन्छ। नेपालीहरु रोजगारी कमाईका लागि विश्वका विभिन्न देशमा जाने गरेका छन् यसले जनताको जीवनस्तर माथि उठाउँछ विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बनेको

वैदेशिक रोजगारीबाट हुने फाइदाहरू निम्न बुदामा प्रस्तुत गरिएको :-

)रेमिट्यान्सको रूपमा देशले धेरै विदेशी मुद्रा प्राप्त गर्न सक्छ जुन देशमा उद्योग स्थापना गर्न प्रयोग गर्न सकिन्छ। यस्ता उद्योगले देशमा रोजगारीको अवसर प्रदान गर्छ

)वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले विभिन्न सीप प्रविधिहरू सिक्न सक्छन् जुन हाम्रो आफ्नै देशको विकासको लागि लाभदायक हुन सक्छ।

)वैदेशिक रोजगारीले देशको बेरोजगारी समस्या कम गर्छ

)देशले अन्य देशसँग श्रम सम्झौता गर्नुपर्ने त्यहाँ दूतावास स्थापना गर्नुपर्ने भएकाले अन्य मुलुकसँग अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सहयोग पुग्न सक्छ

) त्यसैगरी अन्य स्थानीय चलन चीजहरू गर्ने तरिकाहरूको ज्ञान प्राप्त हुने , विदेशी भाषा कौशल, संसार यसका मानिसहरू संस्कृतिहरूको विविधताको जागरूकता पनि हुने गर्दछ|

 

 

१९.नेपालको वैदेशिक व्यापार घाटाका कारणहरूको सक्षिप्त व्याख्या गर्नुहोस्

उत्तर:-

 )भूपरिवेष्ठित भूगोलका कारण सिमित संख्यामा मात्रै वस्तु निर्यात गर्न सकेको भने आयात भने धेरै यो सामुद्रिक मार्गसँग सीधै जोडिएको नभएका कारण यसले व्यापारिक अवरोधको सामना गर्नु पर्ने भएकाले समग्र विकास बाह्य व्यापारमा सामुद्रिक छिमेकीभन्दा पछाडि परेको महँगो ढुवानी ढुवानी लागतका कारण आयात लागत पनि उच्च देखिन्छ भूपरिवेष्ठितताका कारण विश्व बजारमा कम व्यापारका कारण नेपाल नाजुक अवस्थामा

) स्रोतसाधनको अभाव नेपालले सामग्री, पूँजी, मेसिनरी आदि जस्ता विभिन्न स्रोतसाधनको अभाव झेल्नु परेको छ। उपलब्ध स्रोतसाधनले नेपालले आफ्नो सम्पूर्ण जनसङ्ख्यालाई सेवा दिन सक्ने वस्तु उत्पादन गर्न सक्दैन। त्यसैले आवश्यकताभन्दा बढी आयात गर्नुपर्छ

)नेपालमा अर्धदक्ष उच्च दक्ष जनशक्तिको पनि अभाव जसले रिकभरी बृद्धिको गतिलाई बाधा पु¥याउँछ स्रोतसाधन अभावले स्वदेशमै पर्याप्त मात्रामा वस्तु उत्पादन हुन नसक्दा बाह्य व्यापारमा जानुपर्ने बाध्यताले व्यापार घाटा निम्त्याएको

) नेपालको सन्दर्भमा यसमा मार्केटिङ, प्रचार विज्ञापनको अभाव ।नेपालले आफ्ना उत्पादनको विशेषता, गुणस्तर, मूल्य आदिको अन्तर्राष्ट्रिय बजारमा विज्ञापन गर्दैन जसका कारण त्यस्ता वस्तुको निर्यात न्यून

)  राष्ट्रको मुद्राको अवमूल्यनले व्यापारमा नकारात्मक असर पार्छ। यसले निर्यात सस्तो आयात अपेक्षाकृत महँगो बनाउँछ। आयात निर्यातको स्थिर मागले अवमूल्यनका कारण व्यापार घाटा थप बढाउनेछ। यदि घरेलु मुद्राको मूल्य घट्यो भने आयातको मूल्य बढ्छ त्यो देशको व्यापार सन्तुलनका लागि ठूलो भार हुनेछ। यसबाहेक, आन्तरिक मुद्राको अवमूल्यनले विदेशबाट वस्तु सेवाहरू खरिद गर्न उच्च लागत निम्त्याउँछ। सरल रूपमा, हामी भन्न सक्छौं, घरेलु मुद्राको मूल्य घट्दा व्यापार घाटा बढ्छ।

 

अथवा

 

विद्यालय शिक्षामा के कस्तो पहुँचको अवस्था रहेको ?

 

उत्तर:-शिक्षामा पहुँच भनेको 'लिङ्ग, सामाजिक वर्ग, जातीय पृष्ठभूमि, अपाङ्गता आदिका आधारमा कुनै भेदभाव बिना सबैले शिक्षा लिन सक्ने क्षमता अवसर प्राप्त गर्नु हो।विद्यालय शिक्षामा पहुँचको अवस्थालाई हेर्दा विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि छुट्टै विद्यालय वा छुटै कक्षाको व्यवस्था गरिएको , जस्तै बहिरा विद्यालय, महिला विद्यालय, कन्या विद्यालय आदि त्यस्तै केही विद्यालयमा एक प्रकारको अपाङ्गता भएका विद्यार्थीहरूलाई एउटा छुटै कक्षामा राखी उनीहरूको विशेष क्षमता आवश्यकताअनुसार शिक्षण गर्ने विशेष स्रोत कक्षाहरू सञ्चालन भइरहेका छन् यस विधिले पहुँच वृद्धिमा केही सहयोग पुन्याएकी भए तापनि विशेष आवश्यकता भएका सबै बालबालिकाहरूलाई समेट्न सकेको छैन ।दृष्टिविहीन विद्यार्थीका लागि बेल पाठ्यपुस्तक, ब्रेललिपिमा परीक्षा दिन पाउने व्यवस्था तथा ब्रेललिपि जान्ने सहयोगी शिक्षक उपलब्ध गराइएको हुन्छ भने सुस्तश्रवण तथा बहिरा विद्यार्थीहरूका लागि सामान्य कक्षामा शिक्षण गर्नुका अतिरिक्त साइकेतिक भाषा सिकाउने बुझाउने शिक्षकको व्यवस्था गरिएको हुन्छ त्यस्तै न्यून दृष्टि भएका बालबालिकाहरूलाई कक्षाको अगिल्लो स्थानमा बस्ने व्यवस्था गरिन्छ छात्राहरू अपाङ्गता भएका, पिछडिएको समूहका, इन्द्रपीडित आदि समूहका विद्यार्थीका लागि सरकारी तवरबाट छात्रवृत्तिको व्यवस्थासमेत गरिएको

 

यी प्रयासहरु भैराख्दा पनि शिक्षा क्षेत्रमा केही समस्याहरु यथावत छन्। आजपनी दुर्गम भेगका जिल्लाहरुमा शैक्षिक सत्रको अन्त्य हुदासम्म पाठ्यपुस्तक पुग्न सक्दैनन्। गरिबी असचेतना गर्दा कयौ अभिभावक आफ्ना बालबालिकाहरु विद्यालयको दैलोमा पुर्याउन सकिरहेका छैनन। समयको आवस्यकता अनुसार शिक्षण शैलीमा सुधार नहुनाले विशेष क्षमता भएका विद्यार्थी विद्यालय शिक्षाबाट वञ्चित बनेका पनि थुप्रै उदाहरणहरु छन।

 

 

 

 

समूह

 

तलका प्रश्नको लामो उत्तर दिनुहोस्                                                       (x-२४)

 

२०. "अनुसन्धान एक व्यवस्थित क्रमबद्ध अध्ययन हो।"

अनुसन्धानका चरणहरूलाई क्रमबद्ध रुपमा व्याख्या गर्नुहोस्

उत्तर:- कुनै विषय वा प्रसङ्गमाथी अध्ययन गरि सोसङ्ग सम्बन्धित नयाँ तथ्यको अन्वेषण प्रकाशन गर्ने चरणवद्ध प्रक्रियालाई अनुसन्धान भनिन्छ। अनुसन्धान गरिसके प्राप्त हुने सूचना तथ्यांक विश्वासिलो हितकारी हुनुपर्छ। उक्त अध्ययनले कुनै एक निश्चित समस्यालाई सम्बोधन गरेको हुनुपर्छ। त्यसैले अनुसन्धानलाई एक व्यवस्थित क्रमबद्ध अध्ययन भनिएको हो। अनुसन्धानलाई प्रभावकारी बनाउन यसका चरणहरुलाई क्रमबद्ध रुपमा प्रगोग गर्दै जानू पर्छ।

अनुसन्धानका विभिन्न चरणहरूलाई क्रमबद्ध रुपमा निम्न व्याख्या गरिएको :-

 

अनुसन्धानको विषय छनोट :- आफूलाई आवश्यक भएको तथ्याङ्क सङ्कलन हुने हेतुले सोही अनुसार नै समस्या निर्माण गर्ने अनुसन्धान कार्य सुरु गर्ने

 

अध्ययन प्रस्तावना तयार पार्ने:- आफुले अनुसन्धान गर्न गैरहेको क्षेत्रमा पुर्वप्रकाशित लेख अभिलेखहरुबाट जानकारी लिने मुलभुत आवस्यकताको विषयलाई उजागर गर्ने गरि आफ्नो पुर्व योजना निर्माण गर्ने।

 

त्यसपछी आवश्यकता अनुसार अध्ययनको पद्धतिको रोज्नुपर्छ। सङ्ख्यामा सूचनाहरु सङ्कलन गर्ने हो भने परिणामत्मक पद्धति, विचार व्यवहार जस्ता कुराहरुको सूचना लिने गो भने गुणात्मक पद्धति लिन सकिन्छ।

 

तथ्याङ्क सङ्कलनका लागि आवश्यकता अनुसार प्रश्नावली, अन्तर्वार्ता क्षेत्र अवलोकनजस्ता विधि अपनाउने प्राप्त तथ्याङ्कलाई गुगल फर्म वा सामाजिक सञ्जालको प्रयोग गरि व्यवस्थापन गर्ने

 

त्यसपछि परिणात्मक तथ्याङ् प्रशोधनका लागि MS-Excel को प्रयोग गरि Mean, Median, Mode, standard Deviation पत्ता लगाउने गुणात्मक सूचनाको लागि मानिसले आफ्नो विवेक बौद्धिकतालाई प्रयोग गरेर विश्लेषण गर्न सकिन्छ।

 

अन्तिमा प्राप्त सूचनालाई विश्लेषण गर्ने, भण्डारण गर्ने उपयुक्त नतिजालाई शाब्दिक वा चित्रात्मक प्रस्तुतीकरणको माध्यमबाट प्रस्तुत गर्ने

 

 

२१. लैगिक समावेशिता भनेको के हो ? समावेशीकरणको अभ्यासपछि लैगिक समावेशितामा नेपालमा के कस्ता परिवर्तनहरू आएका छन् ? सानो आलेख तयार पार्नुहोस्

उत्तर:- लैङ्गिक समावेशीता  भनेको लिङ्ग पहिचान अभिव्यक्तिलाई ध्यान नदिई सबैलाई सम्मानपूर्वक व्यवहार गर्न योग्य भनी स्वीकार गर्नु अनि प्रणाली प्रक्रियाहरूले सबै लिङ्गहरूलाई समान रूपमा व्यवहार गर्ने सुनिश्चित गर्नु हो।

नेपालमा विभिन्न पञ्चवर्षीय योजना मार्फत लैङ्ङ्गिक समानता, लेङ्गिक सशक्तिकरण समावेशीतालाई जोड दिएको ।महिला सशक्तिकरणका लागि महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयको स्थापना भएको अर्थ मन्त्रालयले अन्तरमन्त्रालय लैङ्गिक उत्तरदायी बजेट समिति स्थापना गरेको विसं २०६३ मा संशोधित नागरिक सेवा ऐनले पिछडिएका सामाजिक समूहलाई ४५ प्रतिशत आरक्षणको व्यवस्था गरेको जसमा महिलालाई ३३ प्रतिशत आक्षरण प्रदान गरिएको |

लैङ्गिक समावेशीकरणका प्रयासहरूका कारण

आएका परिवर्तनहरू निम्न छन् :-

- राज्य सञ्चालनको मूलधारमा महिलाहरूको पहुँच समावेशीतामा वृद्धि भएको |

महिला विरुद्ध हुने दाइजो प्रथा, छाउपडी, देउकी प्रधाजस्ता विसङ्गतिहरू न्यूनीकरण भएका छन्

-- निर्णय निर्माण प्रक्रियाको हरेक चरणमा अल्पसङ्ख्यक,

लैङ्गिक समूहलाई पनि सम्मिलित हुने अवसर बढेका छन् महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी सामाजिक सुरक्षमा सकारात्मक विभेदका आधारमा अवसर प्रदान गरिएकाले उनीहरूको व्यक्तित्व पनि विकास भएको

--> देशको आर्थिक वयवस्थामा सहयोग गर्नका लागि महिलाहरु आफ्नो दक्षत सीप अनुसार विभिन्न कार्यहरूमा संलग्न हुन पाएका छन।

-- आजकल स्थानीय तहदेखी सङ्घीय सरकारसम्म महिलाहरुले निर्णय निर्माण प्रक्रियामा आफ्नो सहभागीता जनाउदै आफ्ना आवश्यकता विचार प्रकट गर्न सक्षम छन।

-->पितृसत्तात्मक समाजमा महिलालाई चारकोठामा मात्र सिमित पार्ने, विभेद अन्यायको सिकार बनाइने जस्ता कार्यहरु आज महिलाकै आवाजले गर्दै हट्दै छन।

--> यौनिक अल्पसंख्यक व्यक्तिहरुले आफ्नो पहिचान पाएका छन समुदायमा उनीहरुको पनि सहभागिता सुनिश्चित गर्ने प्रयासहरु भैरहेका छन।

समतामूलक समाज विस्तारै निर्माण हुँदै

अथवा

 

सङ्घ, प्रदेश स्थानीय तहविचका कुनै पांच क्षेत्रक अन्तरसम्बन्धका बारेमा लेख्नुहोस्

उत्तर :- नेपालमा सङ्घ, प्रदेश स्थानीय तीनओटै तहका सरकारविचमा अन्तरसम्बन्ध रहेको छ। ती सरकार एकअर्कामा स्वायत्त रहे पनि तिनीहरूबिचमा सहकार्य, समन्वय सहको सम्बन्ध रहेको हुन्छ।तीनओटै सरकारको सहकार्य समन्वयबाट देशको सबै भागमा समानुपातिक विकास गर्ने जनतालाई सुविधाहरू उपलब्ध गराउने कार्य गर्नुपर्छ। कुनै एक तहले समन्वय नगर्दा जनतालाई मर्का पर्न सक्छ। यी तीनओटै तहहरू एक अर्काका परिपूरक हुन् ।सङ्घ, प्रदेश स्थानिय तहबिचको अन्तरसम्बन्धलाई निम्न बुदामार्फत प्रस्तुत गरिएको छ।

 () सङ्घ, प्रदेश स्थानीय तह बीचको सम्बन्ध सहकारिता सहअस्तित्व समन्वयको सिद्धान्तमा आधारित हुनेछ

() नेपाल सरकारले राष्ट्रिय महत्वका विषयमा प्रदेशहरू बीच समन्वय गर्नुपर्ने विषयमा प्रदेश मन्त्रिपरिषदलाई यो संविधान सङ्घीय कानून बमोजिम आवश्यक निर्देशन दिन सक्नेछ त्यस्तो निर्देशनको पालन गर्नु सम्बन्धित प्रदेश मन्त्रिपरिषदको कर्तव्य हुनेछ

)कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद प्रदेश सभालाई बढीमा महीनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ तर सङ्घीय संसदबाट अनुमोदन नभएमा त्यस्तो निलम्बन वा विघटन सम्बन्धी कार्य स्वतः निष्क्रिय हुनेछ

 

() उपधारा () बमोजिम गरिएको निलम्बन उपधारा () बमोजिम अनुमोदन भएमा त्यस्तो निलम्बनको अवधिभर उपधारा () बमोजिम प्रदेश सभाको निर्वाचन नभएसम्मका लागि त्यस्तो प्रदेशमा सङ्घीय शासन कायम रहनेछ

 

() सङ्घीय शासन कायम रहेको अवस्थामा सङ्घीय संसदले अनुसूची- बमोजिमको सूचीमा परेको विषयमा कानून बनाउन सक्नेछ त्यस्तो कानून सम्बन्धित प्रदेश सभाले अर्को कानून बनाई खारेज नगरेसम्म बहाल रहनेछ

 

() नेपाल सरकारले आफै वा प्रदेश सरकार मार्फत गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई यो संविधान सङ्घीय कानून बमोजिम आवश्यक सहयोग गर्न निर्देशन दिन सक्नेछ त्यस्तो निर्देशनको पालन गर्नु गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कर्तव्य हुनेछ ।सङ्घ, प्रदेश स्थानीय तह बीच समन्वय कायम गर्न सङ्घीय संसदले आवश्यक कानून बनाउनेछ

 

() प्रदेश, गाउँपालिका वा नगरपालिका बीच समन्वय कायम गर्न कुनै राजनीतिक विवाद उत्पन्न भएमा प्रदेश सभाले सम्बन्धित गाउँपालिका, नगरपालिका जिल्ला समन्वय समितिसँग समन्वय गरी त्यस्तो विवादको समाधान गर्न सक्नेछ

 

२२. धेरैजसो सहरहरूको विकास बृहत् गुरु योजनाको निर्माण नभइकन अव्यवस्थित सहरको रुपमा विकास भएको पाइन्छ। यसका कारणहरू पहिचान गरी लेख्नुहोस्

उत्तर:- धेरैजसो सहरहरूको विकास बृहत् गुरु योजनाको निर्माण नभइकन अव्यवस्थित सहरको रुपमा विकास भएको पाइन्छ। यसका कारणहरू निम्न छन्:-

)ग्रामीण-शहरी बसाइँसराइ: अनियोजित अव्यवस्थित सहरीकरणको एक महत्त्वपूर्ण कारण भनेको राम्रो आर्थिक अवसर उच्च जीवनस्तरको खोजीमा ग्रामीण क्षेत्रबाट शहरहरूमा बसाइँ सर्नु हो।

 

 ) मित्तावायी आवासको अभाव: सहरहरूले प्रायः किफायती आवासको अभावको सामना गर्छन्, जसले मानिसहरूलाई आधारभूत सुविधाहरू सेवाहरूको अभावमा अनौपचारिक बस्ती वा बस्तीहरूमा बस्न बाध्य पार्छ।

 

)कमजोर सहरी योजना: खराब योजना नीतिहरू, नियमहरूको अभाव, जोनिंग कानूनहरूको कमजोर कार्यान्वयनले अनियोजित सहरीकरणलाई निम्त्याउँछ, प्रायः अनौपचारिक बस्तीहरूको विकास फैलावटमा।

 

 ) अपर्याप्त पूर्वाधार: अपर्याप्त वा अविकसित पूर्वाधार, जस्तै खानेपानी, सरसफाइ, यातायात स्वास्थ्य सेवाले सहरी फैलावट अनियोजित विकास निम्त्याउन सक्छ।

 

)सीमित रोजगारीका अवसरहरू: ग्रामीण क्षेत्रहरूमा रोजगारीका अवसरहरूको अभाव वा बेरोजगारीले मानिसहरूलाई शहरी केन्द्रहरूमा बसाइँ सर्न बाध्य तुल्याउन सक्छ, जसले गर्दा भीडभाड अनियोजित सहरीकरण हुन्छ।

)आर्थिक वृद्धि भूमण्डलीकरण: तीव्र आर्थिक वृद्धि भूमण्डलीकरणले नयाँ सहरी केन्द्रहरूको विकास अवस्थितको विस्तारलाई अनियोजित सहरीकरणको नेतृत्व गर्न सक्छ।

 

  ) प्राकृतिक प्रकोप द्वन्द्वहरू: प्राकृतिक प्रकोप द्वन्द्वहरूले मानिसहरूलाई सहरी केन्द्रहरूमा बसाइँ सर्न बाध्य तुल्याउन सक्छ, जसले गर्दा अनियोजित सहरीकरणमा वृद्धि हुन्छ।

 

 ) भ्रष्टाचार कमजोर शासन: भ्रष्टाचार कमजोर शासनले सहरी योजनामा जवाफदेहिता पारदर्शिताको अभाव निम्त्याउन सक्छ, जसले गर्दा अव्यवस्थित अव्यवस्थित सहरीकरण हुन्छ।

 

 ) जनसङ्ख्या वृद्धि: तीव्र रूपमा बढ्दो जनसङ्ख्याले सहरी केन्द्रहरूलाई दबाब दिन सक्छ, फलस्वरूप अनौपचारिक बस्तीहरू अनियोजित सहरीकरणको विकास हुन्छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.