What's New

Class 12 Social Studies| Unit 5 | Geography |lesson 1 and 3|Provinces of Nepal | Complete Solution

 


                     एकाइ ५ भूगोल र सामाजिक जीवन


Copyright:- Being Social

Using This content In Any Other sites without our permission is strictly prohibited and such acts shall be punishable by law.

पाठ १:- नेपालका प्रशासनिक प्रदेशहरु

 

 (क) अपि हिमाल कुन प्रदेशमा पर्छ।

उत्तर:- अपि हिमाल सुदुरपश्चिम प्रदेशमा पर्छ।

 

(ख) गण्डकी प्रदेशको सबैभन्दा होचो भूमि कुन हो ?

उत्तर:-गण्डकी प्रदेशको सबैभन्दा होचो भुमी दाना गल्छी हो।

 

(ग) प्रदेश १ र प्रदेश २ बिचको भौगोलिक विशेषताहरू बिचको समानता र भिन्नता उल्लेख गर्नुहोस् ।

उत्तर:- भौगोलिक विशेषताहरुको समानता:-

क)दुबै प्रदेशमा  तराईको समथर र मलिलो जमिन रहेको।

ख)दुबै प्रदेशको दक्षिणी सिमानामा भारतको बिहार राज्य रहेको

ग)दुबै प्रदेशमा उतोष्ण हावापानी र मनसुनी वर्षा हुने

घ)दुबै प्रदेशको दक्षिणी भुभागमा चारकोसे र सदाबहार घना जङ्गल रहेको

 

भौगोलिक विषेशताहरुको भिन्नता:-

प्रदेश नं २

*तराईको भुभाग मात्र रहेको

*दक्षिणसङ्गसङ्गै पुर्वमा भारत र उत्तरमा तिब्बतसङ्ग सिमाना रहेको

*केवल दक्षिणमा मात्र भारतसङ्ग सिमाना जोडिएको

*प्रायः सबै क्षेत्रमा उतोष्ण हावापानी मात्र पाइने

*घना सदाबहार जङ्गल मात्र पाइने

प्रदेश नं १

*पुर्वी नेपालको हिमाल,पहाड र तराईको भुभाग रहेको

*दक्षिणसङ्गसङ्गै पुर्वमा भारत र उत्तरमा तिब्बतसङ्ग सिमाना रहेको

*उच्च हिमाली क्षेत्रमा टुन्ड्रा (Tundra)हावापानी,मध्य पहाडमा  समोशितोष्ण हावापनी र तराईमा उतोष्ण हावापानी पाइने

*पतझड,कोणधारी र सदाबहार सबै किसिमका वनस्पति पाइने

 

(घ) कर्नाली प्रदेशको सभ्यता नदीको सभ्यतासङ्ग जोडिएको छ, पुष्टि गर्नुहोस् ।

उत्तर:- कर्णाली प्रदेशको नामाकरण कर्णाली नदिको नामबाट नै गरिएको छ।नेपालको इतिहासमा कर्णाली क्षेत्र 'खस राज्य'को एउटा भुभाग थियो जहाँको सभ्यतालाई कर्णाली लगायताका अन्य थुप्रै नदिहरुले बढाएका थिए।खस राज्यको राजधानी सिन्जा उपत्यका(अहिलेको जुम्ला) र विभिन्न बाइसे राज्यहरुमा ठुली भेरी,सानी भेर,हुम्ला कर्णाली,मुगु कर्णाली जस्ता नदिहरुको(वर्तमानमा नामाकरण गरिएको)बाहुल्यता बढी नै थियो।तिब्बतमा उद्गम स्थल रहेका ती नदिहरुले कर्णाली क्षेत्रको विकास र त्यहाँका वासिन्दाहरुको दैनिक जिवनमा धेरै सहयोग पुर्याएको थियो।त्यसकारणले मानव वस्तीहरु नदिको छेउछाउमा विकास भएका थिए र  नदिको विकास र परिवर्तन सङ्गसङ्गै  कर्णाली प्रदेशको जनजीवनमा पनि परिवर्तन आउदै गरे र सभ्यताको विकास हुने थाल्यो।अहिलेको वर्तमान परिस्थितिमा पनि कर्णाली प्रदेशको विकासका निम्ति त्यहाँका विभिन्न नदिहरुको अपरिहार्य भुमिका रहेको कुरा घामजस्तै छर्लङ्ग नै छ।यसर्थ कर्नाली प्रदेशको सभ्यता नदीको सभ्यतासङ्ग जोडिएको छ, भन्ने तथ्य पुष्टि हुन्छ।

 

 

 

 

 

 

पाठ ३:- नेपालको प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता

प्रदेश नं १

क)जातजाती:-आदिवासी जनजाती(थारु,राइ ,लिम्बू,तामाङ,मगर,शेर्पा आदि)

सिमान्तिकृत(राजवंशी,धिमाल,सन्थाल)

लोपोन्मुख(मेछे,कोचे,लेप्चा)

ख)धर्मावलम्बी:-हिन्दु,किरात,बौद्ध,इस्लाम,इसाई र प्रकृति धर्मावलम्बी

ग)भाषा:-नेपाली,मैथिली,लिम्बू,थारु,खाम,उर्दु

घ)पर्वहरु:-ल्होसार,उधौली उभौली,दशैतिहार

ङ)धार्मिक स्थल:-पाथिभरा,हलेसी महादेव,बराह क्षेत्र,बुढासुब्बा

 

प्रदेश नं २

क)जातजाती:-यादव,मुस्लिम,थारु,पहाडेब्राह्मण ,क्षेत्री र तामाङ

ख)धर्मावलम्बी:-ईस्लाम,बौद्ध,हिन्दु र इसाई

ग)भाषा:-मैथिली,नेपाली,भोजपुरी,हिन्दी

घ)पर्वहरु:-छठ,इद,होलि,दुर्गापुजा,विवाह पञ्चमी,रामनवमी

ङ)धार्मिक स्थल:-

गढिमाइ,रामजानकी मन्दिर,छिन्नमस्ता,धनुषाधाम र मस्जिद

 

बाग्मती प्रदेश

क)जातजाती:-तामाङ,नेवार,दलित,मगर,शेर्पा,ब्राह्मण,क्षेत्री

ख)धर्मावलम्बी:-बौद्ध,किराँत,हुन्दु,इस्लाम र इसाई

ग)भाषा:-नेपाली,तामाङ,नेवारी,थारु,चेपाङ

घ)पर्वहरु:-ल्होसार,दशै तिहार,शिवरात्री,गाइजात्रा,इन्द्रजात्रा,बिस्केट जात्रा(भक्तपुर),काक्तिक नाच(ललितपुर)

ङ)धार्मिक स्थल:-पशुपतिनाथ,बौद्धनाथ,जामे मस्जीद,भिमेश्वर दोलखा,गोसाइँकुण्ड,एजम्प्सन चर्च

 

गण्डकी प्रदेश

क)जातजाती:-क्षेत्री,ठकुरि,दलित,बाहुन,नेवार,मगर,माझी,थकाली,गुरुङ

ख)धर्मावलम्बी:-हिन्दु,बौद्ध,इसाई,इस्लाम,प्रकृति

ग)भाषा:-मगर,नेपाली,गुरुङ,नेवार,तामाङ,थारु

घ)पर्वहरु:-ल्होसार,दशै तिहार

ङ)धार्मिकस्थल:-मनकामना,मुक्तिनाथ,विन्ध्यवासिनी,बाग्लुङ कालिका।गुरुङको रोदि संस्कृती,कौरा र सोरठी नृत्य

 

लुम्बिनी प्रदेश

क)जातजाती:-थारु,दलित,मगर,ब्राह्मण,क्षेत्री,सन्यासी,मुसलमान,दमार

ख)धर्मावलम्बी:-इस्लाम,बौद्ध,हिन्दु,इसाई र प्रकृति

ग)भाषा:-थरु,नेपाली,भोजपुरि,खाम,उर्दु,अवधि

घ)पर्वहरु:-माघि,होलि,इद,तिज,दशै,तिहार

ङ)धार्मिक स्थल:-लुम्बिनी,स्वर्गद्वारी,सुप्पा देउराली,सहवावा मस्जिद नेपालगन्ज

 

कर्णाली प्रदेश

क)जातजाती:-मगर,थारु,राउटे,वादी,गुरुङ,ब्राह्मण,क्षेत्री

ख)धर्मावलम्बी:-बौद्ध,इसाई र हिन्दु

ग)भाषा:-नेपाली,खस,मगर भाषा

घ)पर्वहरु:-ल्होसार,जनैपूणिर्मा,साउने सक्रान्ती,दशैतिहार

ङ)धार्मिक स्थल:-देउती बज्यै,त्रिपुरासुन्दरि,शे गुम्बा

*डोल्पो जातिमा लासलाई काटेर गिद्दलाई खुवाउने परम्परा छ।

 

सुदुरपश्चिम प्रदेश

क)जातजाती:-क्षेत्री,ब्राह्मण,थारु,दलित

ख)धर्मावलम्बी:-बौद्ध,प्रकृति,इसाई र हिन्दु

ग)भाषा:-डोटेली,नेपाली,थारु,बैतडेली,अछामी,मगर

घ)पर्वहरु:-गौरापर्व,दशैतिहार

ङ)धार्मिक स्थल:-उग्रतारा,त्रिपुरासुन्दरी,बाडिमालिका।देउडा नाच प्रसिद्ध

 

१.बाग्मती प्रदेशका कुनै तीन सामाजिक विशेषता उल्लेख गर्नुहोस।

उत्तर:-बाग्मती प्रदेशका सामाजिक विशेषता निम्न रहेका छन:-

*बहुधार्मिक,बहुजातीय र बहुभाषिक समाज

*साक्षरता दर र मानव विकास सुचाङ्क उच्च रहेको प्रदेश

*उद्योग,पर्यटन ,व्यापारिक केन्द्र र बजार व्यवसायको समुचित विकास भएको प्रदेश

 

२.सुदुरपश्चिम प्रदेशका मुख्य मुख्य सामाजिक पहिचान उल्लेख गर्नुहोस।

उत्तर:- सुदुरपश्चिम प्रदेशका मुख्य मुख्य सामाजिक पहिचान निम्न रहेका छन:-

*विभिन्न स्थानीय भाषा जस्तै डोटेली,बैतडेली,अछामी बोलिने

*क्षेत्री,ब्राह्मण,ठकुरी,दलित,थारु लगायताका जातिहरुको बाक्लो वस्ती रहेको

*गौरा पर्व, देउडा नाच,उग्रतारा,बाडिमालिका आदि सुदुरपश्चिम प्रदेशको पहिचान रहेको

*प्रदेशगत हिसाबले  तेस्रो कम मानव विकास सुचाङ्क रहेको प्रदेश

 

३.बाग्मती प्रदेशका मुख्य जातिहरुको शुचि तयार पार्नुहोस।

उत्तर:-बाग्मती प्रदेशमा बसोबास गर्ने जातिहरु नेवार,क्षेत्री,ब्राह्मण,दलित,तामाङ,मगर,शेर्पा आदि रहेका छन।

 

४.सामाजिक विविधता नेपालको पहिचान शिर्षकमा एक लेख तयार पार्नुहोस।

उत्तर:- नेपाल बहुसांस्कृतिक,बहुभाषिक र बहुधार्मिक राष्ट्र हो।धर्म र संस्कृतिसङ्ग रहेको विविधता नै नेपालको पहिचान बनेको छ।हरेक क्षेत्रमा विभिन्न जातजातीको बसोबास रहेको छ र ती जातिहरुको विविधपुर्ण चिन्तन,परम्परा अनि रितितिथी नै उक्त क्षेत्रको पहिचान बन्न पुगेको छ।भौगोलिक रुपमा सानो देश भए तापनी कुल १२५ जातजातिको बसोबास रहेकाले नेपालले आफ्नो छुट्टै पहिचान पाएको छ।यति सानो देशमा त्यती धेरै अनि फरक फरक परम्परा र संस्कृति भएका मानिसहरु एकैसाथ मिलेर बस्नु नै एउटा बलियो पक्ष रहेको छ र झर्लक्क एकपटक मनन गर्दा अनौठो मानिने यस्तो विविधता बिचको एकता नै नेपाल र नेपालिहरुको पहिचान बनेको छ।यहाँ धर्म र जातको नाउँमा कुनै द्वन्द्व झगडा हुदैन र त्यसले पनि नेपाली समाजको विविधताको बलियो पक्षलाई  उजागर गरेको छ।जस्तोसुकै विपद किन नाआओस हामी नेपालीहरु सर्वप्रथम आफ्नो जात र धर्मभन्दा समाज र राष्ट्रको कल्याणका लागि एकजुट भएर सहकार्य गर्छौ।आफ्नो संस्कृतिलाई जोगाउदै अरुक संस्कृतिलाई  रम्न र त्यसलाई सहजै बुझ्न सक्दछौ र विश्वसामु आफ्नो पहिचानलाई सुदृढ पार्न सफल भएका छौ।हामी चिनिन्छौ त केवल हाम्रो पृथक धर्मसंस्कृती र त्यसमा हामि सबै नेपालीहरुले देखाएको

 

एकता,सद्भाव ,भाइचारा र आपसी समझदारि।यसर्थ नेपाली समाजको विविधता नै नेपाल र नेपालीहरुको पहिचान हो भनेर पुष्टि गर्न सकिन्छ।

 

 

५.प्रदेश नं १का कुनै तिनओटा सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस।

उत्तर:- प्रदेश नं १ का सांस्कृतिक विशेषताहरु निम्न रहेका छन:-

*हिमाली क्षेत्रमा किराँत र बौद्ध ,पहाडमा हिन्दु र इसाई र तराईमा ईस्लाम धर्मावलम्बी रहेका

*ल्होसार,उधौली,उभौलीजस्ता चाडपर्वहरु मनाइने

*पाथीभरा,हलेसी महादेव,बराहक्षेत्र र बुढासुब्बा जस्ता धार्मिक र सांस्कृतिक स्थलहरु रहेको

 

६.गण्डकी प्रदेशका मुख्य मुख्य धार्मिक स्थलहरुको नाम लेखी छोटकरीमा व्याख्या गर्नुहोस।

उत्तर:-

क)मनकामना :- गण्डकी प्रदेश अन्तर्गत गोर्खा जिल्लाको  सहिद लखन गाउँपालिकामा प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मनकामना अवस्थित छ।मनकामना मन्दिरमा दशैको दुर्गा अष्टमी तिथीमा माता भगवतीको विशेष पुजाआजा गरिन्छ।

ख)मुक्तिनाथ :-दुवै हिन्दु र बौद्ध धर्मसङ्ग सम्बन्धि प्रसिद्ध धार्मिक स्थम मुक्तिनाथ मुस्ताङ जिल्लामा पर्दछ।विष्णु भगवानलाई पुजा गरिने यस मन्दिरमा सुनको मुर्ती रहेको छ।यस मन्दिर प्रतिको आस्थाले विभिन्न दुखकष्टबाट मुक्ती र मोक्ष प्राप्त गर्न सकिने जनविश्वास रहेको छ।

ग)विन्ध्यवासिनी मन्दिर:-पोखरामा रहेको  विन्ध्यवासिनी मन्दिर पोखराको सबैभन्दा पुरानो र प्रसिद्ध धार्मिक स्थल हो।

देवि 'कालिको' पुनर्जन्म मिनिने भगवती विन्ध्यवासिनीको पुजाका लागि देशविदेशका पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।

 

७.कुन कुन सामाजिक सांस्कृतिक गतिविधिहरुले तपाईंको प्रदेशको पहिचानलाई उचो बनाउन मद्दत गरेका छन?

उत्तर:-

*विभिन्न जातजातिले एकअर्का प्रती गर्ने सहयोग,सम्मान र सद्भाव

*धार्मिक विविधतामा पनि रहेको एकता र सहिष्णुता

*विभिन्न जातजातीहरुको आफ्नै मौलिक कला जस्तै थारु संसकृती,तरवार(सराए)नाच,सिङ्गारु नाच र तिनिहरुको प्रवर्द्धनका लागि गरिएको सामुहिक प्रयास

*विभिन्न धार्मिक स्थलको पहिचान,संरक्षण र प्रचारप्रसार

*विकास निर्माण र मौलिक कलाको संरक्षणका ललागी संचालनमा ल्याइएका कार्यक्रमहरु

 

८.नेपालको कर्णाली प्रदेश संस्कृतिमा धनी छ।यस विषयमा दुई साथिबिच संवाद तयार पार्नुहोस।

(मुना र अमित विद्यालयबाट फर्केर घर जाँदै छन।उनिहरु आज पढाइ भएको विषयमा कुराकानी गर्न थाल्छन।)

मुना: सुनन अमित!आज हामिले सामाजिक अध्धयन विषयमा प्रदेशहरुको सामाजिक र सांस्कृतिक अवस्थाको बारेमा अध्धयन गर्यौ नि!

अमित: हो नि मुना। आजको विषय त मलाई एकदमै रोमाञ्चक लाग्यो नि!तिमिलाइ कुनै समस्या भयो र?

मुना:हेर न अमित,सरले कर्णाली प्रदेश संस्कृतिमा धनी छ भन्नू भएको थियो तर मैले बुझ्नै सकिन नि!

अमित:ए!त्यसो पो।मैले बुझेको कुरा भनु त?

मुना: हुन्छ नि ...भन न।

अमित:- ल! सुन मुना। अरु प्रदेश जस्तै कर्णाली प्रदेशमा पनि मगर,थारु,राउटे,वादी,गुरुङ,ब्राह्मण,क्षेत्री जातका मानिसहरुको बसोबास रहेको छ।यसरी विभिन्न जातजातीहरुको आफ्नै मौलिक संस्कृति र परम्परा छ नि।त्यसैके गर्दा नै त्यहाँको संस्कृतिमा पनि विविधता रहेको छ।

मुना: ए त्यसो पो रहेछ।अनि अरु के के कुराले गर्दा सांस्कृतिक विविधता रहेको छ नि?

अमित:- विभिन्न जातजाती सङ्गसङ्गै विभिन्न धर्म मान्ने समुदाय रहेका छन अनि कर्णाली प्रदेशमा बोलिने भाषामा पनि धेरै विविधता रहेको छ नि।त्यस सङ्गसङ्गै ल्होसार,जनैपूणिर्मा,साउनेसक्रान्ती,दशैतिहार जस्ता फरक फरक पर्वहरु पनि मनाइने गरिन्छ।यसरी कर्णाली प्रदेशमा पनि सांस्कृतिक विविधता रहेछ भन्ने तथ्य पुष्टि हुन्छ नि।

मुना: ए! यसरी पो रहेछ।मैले सबै जानकारी बल्ल बुझे।तिमिलाई धेरै धेरै धन्यवाद अमित।

अमित:केही  छैन मुना।हामी साथीहरूले एकअर्काले नबुझेको कुरा सिक्ने सिकाउने त हो नि। ....हैन र?

मुना:हो हो ....तिमिले भनेको कुरा एकदमै सहि छ ।अमित!

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.