What's New

Class 12 Social Studies|| Unit 3 || Lesson 5 and 6 Complete Solution||

 


 

           एकाइ :- जिवनोपयोगी शिक्षा

पाठ :- आत्मबोध

 

() आत्मबोध भनेको के हो ?

उत्तर:- आफैमा ध्यान दिई आफ्ना विचार,भावना तथा कार्यहरु आफ्ना आन्तरिक मुल्य मान्यताहरुसङ्ग मिल्दा छन कि छैनन्  भन्ने विषयमा मुल्यांकन गर्नु नै आत्मबोध हो।

 

() आत्मबोधको महत्व दुई बुँदामा लेख्नुहोस्

उत्तर:-आत्मबोधका मतत्त्वहरु निम्न छन:-

)आफ्नो कार्यलाई आफ्नो आदर्शसङ्ग मिलाएर खुसी जीवन बिताउन सकिन्छ,

)आफ्ना सहकर्मीको आफुप्रतिको दृष्टिकोण थाहा पाई असल नेतृत्वकर्ता बन्न सकिन्छ।

 

)आत्ममूल्याङ्कन भन्नाले के बुझिन्छ, लेख्नुहोस्

उत्तर:-आफ्नो व्यक्तिगत कार्य तिनको परिणामलाई व्यस्थित रुपले अवलोकन विश्लेषण  गरेर मूल्य दिने कार्यलाई आत्ममुल्याङकन भनिन्छ।

() आत्मबोधका तरिकाहरूबारे छोटकरीमा लेख्नुहोस्

उत्तर:-आतम्बोधका तरिकाहरु निम्न प्रकारका रहेका छन:-

() ध्यान गर्ने

योगाभ्यास तथा ध्यान गर्दा मानिसले आफैले आफूलाई मूल्याङ्कन गर्ने मौका पाउँछ। दैनिक रूपमा केही समय ध्यान गर्ने वा एकान्तमा बस्ने गर्दा लक्ष्य प्राप्तिमा सहयोग मिल्छ   आत्मबोध गर्न सजिलो हुन्छ

 

() लेख्ने

आफ्ना मुख्य मुख्य योजनाहरू प्राथमिकताहरू एउटा डायरीमा लेख्ने तथा समय समयमा त्यसलाई समीक्षा गर्ने गनाले आफ्ना सवल पक्ष कमजोर पक्ष पत्ता लगाउन सकिन्छ

 

() मनोमापन परीक्षण गर्ने

आफ्नो आत्मबोधको स्तर नाप्नका लागि सङ्ख्यात्मक तर्क शाब्दिक तर्क जस्ता मनोमापन परीक्षण गराउँदा आफ्नो आत्मबोधको स्तर पत्ता लगाई सुधार गर्ने मौका पाइन्छ

 

() विश्वासिलो साथीहरुलाई सोध्ने:-

आफ्ना  कमीकमजोरीहरू पत्ताआफ्ना विश्वासिला साथीहरू तथा आफूभन्दा वरिष्ठ व्यक्तिबाट पृष्ठपोषण लिनुपर्छ

 

() कार्यस्थलमा पुष्ठपोषण लिने

अनौपचारिक रूपमा परिवारका सदस्य, साथीहरू तथा आफूभन्दा वरिष्ठ व्यक्तिबाट पृष्ठपोषण लिनुका अतिरिक्त औपचारिक रूपमा कार्यस्थलमा सबैको पृष्ठपोषण लिन सकिन्छ

 

 

)आत्ममूल्याङ्कनको महत्त्व कुनै पाँच बुँदामा लेख्नुहोस्।

उत्तर:-आत्ममूल्याङ्कनको महत्त्वलाई निम्न बुदामार्फत प्रस्तुत गरिएको छ।

() आफूले के के राम्ररी गर्न सकिन्छ के के सुधार गर्न आवश्यक पत्ता लगाई आफ्नो सिप सुधार गर्न

() आफ्नो विचार कार्यलाई आफ्नो आदर्शसँग मिलाएर खुसी जीवन जिउन

 () व्यक्तिलाई आफूलाई मूल्याङ्कन गर्ने व्यक्ति आफैँ भएको अनुभूति गराउन मनोबलको वृद्धि गराउन

() आफ्नो कार्यक्षमता वृद्धि गर्न व्यक्तिगत सम्बन्ध बलियो बनाउनु तथा संवेग व्यवस्थापन गर्न

() आफ्ना संवेग पहिचान गर्न तथा आफूलाई कम मन पर्ने कामहरू कम नगरी तनाव कम गर्न

 

 () आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी सहयोग पुर्याउँछ

 उत्तर:-आत्ममुल्याङ्कन मार्फत व्यक्ती आफू भित्रका गुण पक्षहरु अवस्थालाई आफैले बुझेर मुल्यांकन गर्न सक्षम बन्दछ।आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन निकै मद्दत पुर्याउछ।त्यसैगरी व्यक्तिको कार्यदक्षतामा सुधार गर्न विगतमा भएका गल्तिहरुबाट सिकेर सृजनात्मक बन्न व्यक्तीलाई प्रोत्साहन पनि मिल्दछ।आफुमा भएको कमिकमजोरीलाई बेलैमा अरुले आउला ठड्याउनु अघि नै सुधार्ने अवसर मिल्दछ।आफ्नो कार्यक्षमता वृद्धि गर्न व्यक्तिगत सम्बन्ध बलियो बनाउनु तथा संवेग व्यवस्थापन गर्न पनि आत्ममुल्याङकबाट सिक्न सकिन्छ।व्यक्तीलाई उसको अवस्था क्षमता  बुझेर मात्र महत्त्वाकांक्षा राख्न सबल बनाएर संवेग व्यवस्थापनमा पनि भुमिका राख्दछ।यसरी निष्कर्षमा आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा  सहयोग पुर्याउँछ  भन्ने कुर स्पष्ट रहन्छ।



पाठ :- संवेग व्यवस्थापन

 

() संवेग भन्नाले के बुझिन्छ ?

उत्तर:-मानिसको मन मष्तिषकमा उत्पन्न हुने विभिन्न भावना,उत्तेजना ,उत्साह ,जोसहोस आदिको समष्टिगत रुपलाई नै संवेग भनिन्छ।

 

() संवेग व्यवस्थापन भनेको के हो ?

उत्तर:- सकारात्मक नकारात्मक दुवै प्रकारका संवेगप्रती सचेत रहने तथा तिनिलाइ रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ।

 

() किशोरावस्थामा किन सहपाठी समूह महत्त्वपूर्ण हुन्छ ?

उत्तर:- किशोरावस्थामा विभिन्न संवेग उत्पन्न हुने भएकाले सो भावनालाई बुझेर उपयुक्त सल्लाह सुझाव दिन त्यो अवस्थामा विभिन्न रचनात्मक ज्ञानका कुराबारे जानकारी प्रदान गर्न सहपाठी समूह महत्त्वपूर्ण हुन्छ।

 

() योगाभ्यासमा के के पर्छन् ?

उत्तर:-योगाभ्यासमा दैनिक रुपमा गरिने विभिन्न योग आसन ,प्रणायम,शारीरिक आध्यात्मिक अभ्यास आराम पर्ने गर्दछन।

 

()संवेग व्यवस्थापन गर्ने कुनै पाँचओटा उपाय लेख्नुहोस्

उत्तर:- संवेग व्यवस्थापन गर्ने उपायहरु निम्न प्रस्तुत गरिएका छन:-

*अरूले आफूप्रति गरेको कुनै पनि राम्रो कार्यका लागि कृतज्ञता व्यक्त गर्ने   अरुप्रति माया दयाभाव राख्ने

*आफ्नो जीवनमा आएका नकारात्मक कुराभन्दा सकारात्मक कुरामा ध्यान दिने

 

*नकारात्मक संवेगबाट बच्न तथा त्यसलाई कम गर्न उक्त परिस्थितिभन्दा बाहिर जाने वा कुनै मन पर्ने वा रमाइलो क्रियाकलापमा संलग्न हुने

* एकान्तमा बसिरहनुको सट्टा मन मिल्ने व्यक्तिसँग कुराकानी गर्ने समूहमा रमाउन सिक्ने

*सम्भव हुने महत्त्वाकाक्षा मात्र राख्ने त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्ने तर अति महत्वाकाङ्क्षा नराख्ने

 

 

() किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास शीर्षकमा एक सम्पादकीय लेख्नुहोस्

उत्तर:- सम्पादकीय

 

                 "किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास"

 

 किशोरावस्थामा एकाएक विभिन्न संवेगहरु उत्पन्न हुन थाल्दछन अनि किशोरावस्था त्यति परिपक्व अवस्था पनि नभएकाले नकारात्मक संवेगले गर्दा विभिन्न समस्याहरु उत्पन्न हुनसक्छ।त्यसैले किशोरावस्थामा संवेग नियन्त्रणका विशेष ध्यान पुर्याउनु पर्छ त्यसका लागि योगाभ्यास राम्रो विकल्प हुनसक्छ।ध्यान तथा योगाभ्यासले कुनै वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ ।त्यसैगरी किशोरकिशोरीहरुको शारीरिक तथा मानसिक सचेतना बढाउँछ  चिन्ता, रिस जस्ता नकारात्मक संवेगलाई कम गराउँछ ।उनिहरुको दिमागलाई शान्त बनाई स्मरणशक्ति बनाउनुका साथसाथै अनुशासित नम्र पनि बनाउँछ

अत:योगाभ्यासबात आत्मबोध गर्ने क्षमता वृद्धि गराएर रचनात्मक कार्यहरुमा सहजै संलग्न पनि हुनसकिन्छ।यसर्थ किशोरावस्था संवेग व्यवस्थापनका निम्ति योगाभ्यास निकै फाइदाजनक हुने भएकाले किशोरकिशोरीहरुलाई यश विषयमा जानकारी हौसला प्रदान गर्नुपर्दछ।

 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.