Revision Series For Social Studies By Being Social
Group 'B' Units
४.समाजको विकास र दर्शन
५.भूगोल र सामाजिक जीवन
६. नेपालको इतिहास
७.सामाजिक पहिचान र विविधता
एकाइ -४
"समाजको विकास र दर्शन"
अति छोटो - २(१ ज्ञान १ प्रयोग तथा सिप)
छोटो प्रश्न - ४ (ज्ञान, बोध, प्रयोग र उच्च दक्षता)
लामो प्रश्न - १ बोध - Option In Question No. 24
Total
marks = 20+ 2 +8 = 30.
क)अति छोटो प्रश्नउत्तर : 9*1=9
१. वर्तमान विश्वका कुनै दुई सामाजिक विशेषता लेख्नुहोस।
उत्तर-जलवायु परिवर्तनको बढ्दो प्रभाव, सामाजिक विविधता र बहुसांस्कृतिकता वर्तमान विश्वका सामाजिक विशेषता रहेका छन् ।
२. सूचना समाज भन्नाले के बुझिन्छ ?
उत्तर:- मिडिया, सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत समुदायमा समाचार, विचार र मनोरन्जनका सामाग्रीहरु सम्प्रेषण गर्ने समाजलाई सूचना समाज भनिन्छ।
अर्को शब्दमा, सूचना र तथ्यमा आधारित भएर सामाजिक रूपान्तरणका लागि अग्रसर रहेको समाजलाई सूचना समाज भनिन्छ ।
३. तपाईको दैनिक जीवनमा दर्शनको उपयोगिता के कस्तो छ ?
उत्तर:-मेरो दैनिक जीवनमा दर्शन
विशेष गरी तथ्य, तर्क र विचारको प्रयोगका विधिहरू सिकाउन,समस्या समाधान र निर्णय निर्माण विकास गर्न अनि सञ्चार दक्षता र लेखन दक्षता वृद्धि गर्न उपयोगी भएको छ ।
४. समतामूलक विश्व दृष्टिकोण भन्नाले के बुझिन्छ ?
उत्तर :-कुनै पनि व्यक्ति, जाति, समुदाय र सम्प्रदाय आदिलाई जाति, धर्म, लिङ्ग आदिका कारणले नकारात्मक भेदभाव नगरी समानताको लक्ष्य प्राप्तिका लागि आवश्यक पर्ने दृष्टिकोण,नीति र व्यवहारलाई नै समतामूलक विश्व दृष्टिकोण भनेर बुझिन्छ ।
५. तपाई बस्ने स्थानीय तहमा भएका सामाजिक रूपान्तरणका कुनै दुई कार्यहरु उल्लेख गर्नुहोस ।
उत्तर:-विज्ञान र प्रविधिको विस्तार, शिक्षा र जनचेतनाको विकासले रुढीवादी परम्परा कमी आउनु जस्ता सामाजिक रूपान्तरण मेरा स्थानीय तहमा देखा परेका छन्।
६.सामाजिक सम्बन्धले सामाजिक अन्तरनिर्भरता वृद्धि गरेको एक उदाहरण लेख्नुहोस।
उत्तर: वर्तमान युगमा विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय सामाजिक सम्बन्धको कारण अन्तर्राष्ट्रिय व्यापार, पर्यटन, लगानी र अनुदान, वैदेशिक रोजगारी जस्ता पारस्परिक निर्भरताका कार्य बढ्नु सामाजिक सम्बन्धले वृद्धि गरेको सामाजिक अन्तर्निर्भरताको उदाहरण हो ।
७.वैदिक परम्पराका प्राचीन दर्शनहरुको नाम उल्लेख गर्नुहास।
उत्तर:-
साङ्ख्य, योग न्याय, वैशेषिक, मीमांसा र
वेदान्त वैदिक परम्पराका प्राचीन दर्शनहरू
हुन्।
ख)छोटो प्रश्नउत्तर:
८.दैनिक जीवनमा दर्शनको उपयोगिताबारे उदाहरणसहित
विश्लेषण गर्नुहोस् ।
उत्तर : दर्शनको उपयोगिता वौद्धिक विचार,विमर्श एवम् प्राज्ञिक चिन्तनका साथै व्यवहारिक जीवनमा पनि रहेको हुन्छ । सांसारिक वा बाहिरी सत्यतता बुझ्न सजिलो हुन सक्छ तर भित्री सत्यता बुझ्नलाई दर्शनको उपयोग हुन्छ । दैनिक जीवनमा दर्शनको उपयोगिता बारे निम्न बुदामा विश्लेषण गरिएको छ:
•दर्शनशास्त्रको अध्ययनले मानिसलाई साँचो कुरा बुझ्न र सही दृष्टिकोणको निर्माण गर्नमा महत्वपूर्ण सहयोग गर्दछ । दर्शनले मानिसको दैनिक जीवन पद्धतिलाई पनि निर्धारण गरिदिन्छ । उदाहरण : बौद्ध दार्शनिक दृष्टिकोण भएको व्यक्तिले शाहाकारी जीवनशैली अवलम्बन गरेको हुन्छ र, आफ्नो दैनिक जीवनमा योग
र ध्यानको अभ्यास गर्छ।
•
दर्शनको अनुशीलनले तथ्यको पहिचान, तर्कको प्रयोग, समालोचनात्मक विचार र विभिन्न मानवीय क्रियाकलापमा नैतिकताको विकास हुन्छ ।
•दैनिक
जीवनमा विभिन्न सवालमा ठिक र बेठिक, सही र गलतको निर्णय गर्नका लागि दृष्टिकोणको निर्माण आफ्नो मार्गनिर्देशक दर्शन अनुसार नै हुने गर्दछ ।
•दैनिक
जीवनमा दर्शनको उपयोगिता मुख्यतया समस्या समाधानमा यसबाट प्राप्त हुने, ज्ञान तथा सिपसँग जोडिएको छ । कुनै पनि सन्दर्भमा रहेको असङ्गतिलाई खुट्याउने क्षमताको विकास र समस्याको कारण र असरहरू विश्लेषण गर्ने क्षमताको वृद्धि दर्शनले गराउँछ ।
•व्यवहारिक क्षेत्रहरू अन्तर्गत सञ्चार दक्षता, अभिप्रेरणात्मक क्षमता र लेखन दक्षता पनि दर्शनका कारणले अभिवृद्धि हुन्छ।
९.व्यवहारिक जीवनमा सामाजिक सम्बन्ध र सामाजिक अन्तरनिर्भरताको महत्वलाई बुंदागत रूपमा उल्लेख गर्नुहोस्।
उत्तर:-व्यावहारिक जीवनमा सामाजिक सम्बन्ध वा अन्तरनिर्भरता महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसलाई निम्न बुँदामा प्रस्तुत गर्न सकिन्छ :
१.सामाजिक सम्बन्धले मानिसको शारीरिक, मानसिक एवम् भौतिक आवश्यकता प्राप्त गर्न सहयोग गर्दछ ।
२. यसले कुनै पनि समस्याको हल गर्न मद्दत पुग्ने विभिन्न विचार एवम् युक्ति, ज्ञान र सीप आदानप्रदान गर्न सहयोग गर्दछ ।
३. सामुदायिक कार्यमा सहभागितामूलक बनाउन मद्दत गर्दछ ।
४. दैनिक जीवनमा गरिने लेनदेन, घुलमिल, सहकार्य जस्ता गतिविधि गर्न सजिलो हुन्छ ।
५. मानिसलाई एकलोपनको महसुस हुन दिँदैन ।
६.सामाजका सम्बन्धले नै मानिसलाई सामाजिक प्राणीको परिचय दिन्छ ।
७. सामाजिक सम्बन्धले सामाजिक विकासका लागि मार्ग दर्शन गर्दछ ।
१०.जीवन दर्शन र मानवीय मूल्य मान्यताहरू कसरी निर्माण हुन्छन् ? व्याख्या गर्नुहोस।
उत्तर:-जीवन दर्शन र मानवीय मूल्य मान्यताहरू मानवको जीवन भोगाइबाट नै निर्माण भएको हो। सामान्य दैनिक जीवनमा आवश्यक विषयवस्तुलाई केन्द्रमा राख्दै समाज कल्याणतर्फ अग्रसर हुने तबरले समुदायमा विभिन्न मानवीय मूल्य मान्यताहरू निर्माण भएका हुन् । संसार कस्तो छ र कस्तो हुनुपर्ने हो भन्ने जस्ता सवालमा आधारित मानिसहरुको आ-आफ्नो दृष्टिकोणले जीवन दर्शनलाई निर्धारण गरेको हुन्छ ।
जीवनको मार्गनिर्देशक दर्शनका रूपमा कुनै दर्शन, विशेषलाई अवलम्बन गरियो भने त्यो नै जीवन दर्शन बन्छ। मानिसले जानेर वा नजानेर आफ्नो जीवनलाई मार्गदर्शन गर्ने व्यवहार, उपदेश, नीति तथा सिद्धान्तलाई जीवन दर्शनको रूपमा निर्माण र प्रयोग गरिरहेको हुन्छ । व्यक्तिको मानसिकता, दैनिक जीवनमा उसले गर्न खोजेको कार्य, उसको लक्ष्य र जीवन र जगतलाई बुझ्ने उसको दोष्टिकोणको आधारमा नै जीवन दर्शन स्वत: प्रयोगमा आएको हुन्छ । त्यसैगरी जीवन दर्शनको निर्माणमा वरिपरिको सामाजिक परिस्थिति र पारिवारिक मूल्य मान्यताहरूले पनि प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । उदाहरणका लागि एक हिन्दु धर्म मान्ने परिवारमा जन्मिएको बालकले परिवारमा कायम रहेको परम्परा र सामाजिक व्यवहारसँग अनुकूल हुने गरी विभिन्न कार्यमा संलग्न हुन्छ । यसरी उसको जीवनलाई हिन्द्य परम्परामा आधारित दर्शनले मार्गदर्शन गरेको हुन्छ । अर्कोतर्फ सामाजमा स्थापित मानवीय मूल्य मान्यताहरू पनि मानव जीवनको सकारात्मक दैनिक गतिविधिका देन हुन् । धर्म, शिक्षा र समुदायमा कायम चनचेतनाले नै विभिन्न सामाजिक मूल्य मान्यताहरूको प्रकृतिलाई प्रत्यक्ष रूपमा निर्धारण गरेको हुन्छ । समाजको अवस्था,सामाजिकीकरणको प्रक्रिया र भावी पुस्तालाई आवश्यक पर्ने दृष्टिकोण जस्ता यावत विषयलाई प्रथामिकतामा राख्दै सामाजिक न्याय र उत्थान अनुरूप नै आवश्यक मूल्य मान्यताहरू निर्माण भएका हुन् । मानिस समूहमा रहेर जीवनयापन गरिरहदा पारस्परिक निर्भरता र सामूहिक कल्याण वृद्धि गर्ने हेतुले इमानदारिता सत्य, निष्ठा,करुणा जस्ता मानवीय मूल्य मान्यताहरु निर्माण भएका हुन्।
यसरी दैनिक जीवनका विभिन्न क्रियाकलाप र बासस्थानको परिस्थिति अनुसार जीवनलाई मार्गदर्शन गर्ने
हिसाबले जीवन दर्शन निर्माण हुन्छ अनि सामाजिक प्रगतिलाई मध्यनजर गर्दै सामाजिक नीति, सिद्धान्त र कानुनमा आधारित भएर मानवीय मूल्य मान्यताहरू निर्माण भएका हुन्छन्।
११. "वर्तमान विश्व एउटा विविधतापूर्ण समाज हो।" यस
भनाइलाई विभिन्न उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर:-आजको वर्तमान परिवेशमा यो विश्व विभिन्न विविधतापुर्ण पक्षले घेरिएको छ।प्रायः हरेक मुलुकमा धर्म,जात र परम्पराको विविधता प्रचुर मात्रामा पाइन्छ।बसाइँसराइ र विश्वव्यापीकरणको उच्छ प्रवाहले गर्दा नै वर्तमान विश्व विविधतापुर्ण बनेको हो।वर्तमान विश्व विविधतापुर्ण छ भन्ने यथार्थलाई निम्न बुदामा प्रस्तुत गरिएको छ:-
१.कुल ७ अर्ब जनसंख्यामा विश्वभरी करिब ६५० विभिन्न जातिय समुदायहरु ,४३०० भिन्न-भिन्न धार्मिक आस्थाजन्य सम्प्रदायहरु र कुल ७१०० भाषाहरु अस्तित्वमा रहेको पाइन्छ।देश अनुसार भेष,चालचलन र समग्र जिवनशैली नै फरक फरक रहेको छ।
२.वर्तमान विश्वमा विकासको गति,अर्थतन्त्र,शासन प्राणाली र राजनीतिक सिद्धान्त आदिमा राष्ट्र अनुसार फरकपन देखिन्छ।उदाहरणका लागि अमेरिका र युरोपेली मुलुकहरुले पुजीवादी नीति अवलम्बन गरेका छन भने रुस,चीन,भियतनामजस्ता राष्ट्रले साम्यवादलाई अनुसरण गरेको छन र नेपाल, भारत जस्ता मुलुकले मिश्रित आर्थिक प्रणाली अवलम्बन गरेको पाइन्छ।
३.भौगोलिक बनोट र भु-धरातलका आधारमा विश्वमा सबैभन्दा होचो देखि सबैभन्दा अग्लो,सबैभन्दा तातो,चिसो,उर्वर तथा मरुभूमि क्षेत्र आदि जस्ता भौगोलिक र हावापानीको विविधता पाइन्छ।
४.कतै बौद्ध धर्म,हिन्दु धर्म त कतै इस्लाम अनि कृश्चियन धर्मको बाहुल्यता सङ्ग्सङ्गै जीवन दर्शन र मान्यताहरुमा पनि पृथकता रहेको पाइन्छ।युरोपेली मुलुकहरूमा पश्चिमेली दर्शनले दर्शाएका धर्मसंस्कृतिको अबलम्बन गरेको पाइन्छ त विभिन्न यसियाली मुलुकहरु पुर्वीया दर्शनलाई व्यवहारिकतामा देखिन्छ।
५.विश्वका मानिसहरूलाई मुल रुपमा युरोपेली गोरा,काला,मङ्गोल,अमेरिकन इन्डियन र अष्ट्रेलियालि आदिवासी गरि पाच जातमा वर्गीकरण गरिएको छ।त्यसैगरी विश्वमा विविध यौन झुकाव भएका मानिसहरु पनि बस्ने गर्छन।तसर्थ वर्तमान विश्वलाई अनेकन विविधताको सङ्गमको रुपमा लिन सकिन्छ।
लामो प्रश्नउत्तर -
१२.समतामूलक विश्व दृष्टिकोणको
बारेमा उदाहरण सहित वर्णन गर्दै वर्तमान विश्वमा यसको महत्वमाथि
प्रकाश पार्नुहोस् ।
उत्तर:-अवसर र लाभको आवश्यकता अनुसार गरिने निस्पक्ष वितरणलाई समता भनिन्छ । | समतामूलक दृष्टिकोण लोकतान्त्रिक मूल्य र मान्यताम आधारित एक विशिष्ट विचारधारा हो । विविध कारणले वर्षीदेखि पछाडि परेका र पारिएका सबै नागरिकलाईसमावेशी र सामाजिक न्यायको सिद्धान्तअनुसार विकास र राज्यप्रणालीको मूल धारमा समाहित गर्न समतामूलक दृष्टिकोण आवश्यक रहन्छ ।
समता भनेको असमानताको स्थितिमा रहेकाहरुलाई अलग, व्यवहार र विशेष उपायको कार्यान्वयनबाट सबैलाई बराबरीमा ल्याइने प्रक्रिया हो । समताको नीतिमा विभिन्न सकारात्मक विभेदका प्रावधानहरु पनि राखिन्छन् । विश्वलाई अवलोकन र विश्लेषण गर्ने विभिन्न विश्व दृष्टिकोणमध्ये समतामूलक दृष्टिकोण अति नै आवश्यक रहन्छ। वर्ग, लिङ्ग र धर्मका आधारमा हुने विभेदका कारण समाज कहिल्यै प्रगतितर्फ अग्रसर नहुने र द्वन्द्वको दलदलमा फसिरहने अवस्था सिर्जना हुन्छ । तसर्थ अवसरबाट वञ्चित वर्गको समानुपातिक विकास गर्न, अवसर र न्यायबाट वञ्चित वर्गलाई थप अवसर, सुविधा, क्षमता अभिवृद्धि गराएर समानताको लक्ष्यमा पुग्ने प्रयासलाई समतामूलक दृष्टिकोणबाट सार्थक बनाउन सकिन्छ। सामाजिक, राजनीतिक, कानुनी तथा नीतिगत क्षेत्रहरूमा समतामूलक दृष्टिकोणलाई विशेष प्रधामिकतामा राखिएको हुन्छ। समतामुलक दृष्टिकोणको उदाहरणका लागि कुनै विपत घटेको क्षेत्रमा सबैलाई बराबर राहत बाढ्न्य समानतालाई दर्शाउँछ भन्ने उक्त विपतबाट सबैभन्दा धेरै प्रभावित घरपरिवारलाई प्रशस्त राहत प्रदान गरिन्छ भने, त्यो समता हो । तसर्थ
समता हुनुका लागि जो वञ्चित तथा उत्पीडित छ, त्यो व्यक्ति वा समुदायलाई विशेष व्यवस्था प्रदान गर्नुपर्छ। समग्र मानव जातिको कल्याणका लागि समतामूलक दृष्टिकोणको निर्माण र कार्यन्वयन अपरिहार्य छ।
वर्तमान विश्वमा समतामूलक दृष्टिकोणको आवश्यकतालाई निम्न बुँदामार्फत स्पष्ट पारिएको छ ।
१)वर्तमान विश्वमा सामाजिक विविधता प्रचुर छ। धर्म, वर्ग सम्प्रदाय र जातका आधारमा रहेको विविधतामा एकता कायम गर्न, मानव समुदायविच सौहार्दपूर्ण र सामञ्जस्य व्यवहार सिर्जना गर्न र वैश्विक शान्तिक प्रवर्धन गर्न समतामूलक दृष्टिकोण महत्त्वपूर्ण रहन्छ ।
२)समाजमा विभिन्न आधारमा वर्ग निर्माण हुने र एक वर्गले अर्को वर्गलाई शोषण गर्ने प्रवृत्तिको अन्त्य गरी सामाजिक न्याय र मानवताको संरक्षण गर्नका लागि पनि समताको अवधारणा आवश्यक छ।
३)समतामूलक व्यवहारको अभावमा सिर्जना हुनसक्ने विभिन्न सामाजिक विकृतिलाई समयमै नियन्त्रण गर्न र नकारात्मक भेदभावका कारणले सिर्जना हुनसक्ने सम्भावित विषम परिस्थितिलाई वर्तमान समयमा रोकी सारा जगतलाई लोक कल्याणमा तल्लीन हुने प्रेरणा प्रदान गर्न पनि समताको आवश्यकता रहेको छ।
४)समताले समाजमा
समानता ल्याउनका लागि आवश्यक सकारात्मक विभेदका नीति बनाई पिछडिएका वा वञ्चित वर्गको सामाजिक, आर्थिक तथा राजनीतिक विकासमा सघाउँछ ।
५)समाजमा रहेका सामाजिक तथा आर्थिक रूपले पछाडि परेका वर्गलाई मूल प्रवाहमा आउन नसक्नुका कारणहरू पत्ता लगाएर त्यस्ता समस्याहरुलाई हटाई ती वर्गहरुलाई सामाजिक, आर्थिक, राजनीतिक एवम विकासका कार्यमा सहभागी गराउन 'समतामूलक दृष्टिकोण आवश्यक हुन्छ ।
Keep
Learning! Be A Self- Creater.