What's New

Complete Information About All Seven Provinces Of Nepal| Class 12 Social Studies| Unit 5| Revision Series|

 

       Revision Series For Social Studies By Being Social

 

Group 'B' Units

 

.समाजको विकास दर्शन

.भूगोल सामाजिक जीवन

. नेपालको इतिहास

.सामाजिक पहिचान विविधता

 

अति छोटो - ( ज्ञान प्रयोग तथा सिप)

छोटो प्रश्न - (ज्ञान, बोध, प्रयोग उच्च दक्षता)

लामो प्रश्न - बोध - Option In Question No. 24

 

Total marks = 20+ 2 +8 = 30.

 

 

 

 

 

एकाइ :- भुगोल सामाजिक जिवन

                            सम्पुर्ण प्रदेशको परिचय सामान्य जानकारी


    प्रदेश नं.

-यस प्रदेशले पूर्वी नेपालको हिमाल, पहाड तराई भूभागलाई समेटेको

-यस प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत कन्जनजङ्घा, मकालु, चोयु आदि अग्ला शिखरहरू रहेका छन्

-सगरमाथा तथा मकालु वरुण राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्छन्

-यसले नेपालको कुल भूभागको करिब १८ प्रतिशत (क्षेत्रफल २५,९०५ वर्ग कि.मि.) हिस्सा ओगटेको

- जन गणना २०७८ अनुसार करिब ४९ लाख जनसङ्ख्या (१७.०३%) यस प्रदेशमा बसोबास गर्छन्

-यस प्रदेशमा राई, लिम्बु, लेप्चा, राजवंशी, कोचे, मेचे, बाहुन, क्षेत्री, शेर्पा आदि बसोबास गर्दछन्

-वराह क्षेत्र, पाथिभरा, हलेसी महादेव, छिन्ताङ देवी मन्दिर यहाँका प्रमुख धार्मिक स्थलहरू हुन्

-यहाँ धान, मकै गहु, खाद्य बालीका रूपमा जुट, चिया, उखु, सुर्ती आदि नगदे बालीका रूपमा लगाइन्छ

-यहाँ जुट मिल, चिनी कारखाना, सुती कपडा उद्योग, चिया उद्योग स्थापना भई सञ्चालित छन्

-धेरै कृषि क्षेत्र रहनु, कृषिबाट क्षेत्रगत कुल गार्हस्थ उत्पादनमा बढी योगदान हुनु, धेरै साक्षर जनसङ्ख्या हुनु आदि यस प्रदेशको मुख्य विशेषताहरू हुन्

 

 

 

 

 

  मधेस प्रदेश

- नेपालको मध्य तराईका आठ जिल्लाहरू यस प्रदेशमा पर्छन्

-यस प्रदेशमा पर्सादेखि सप्तरीसम्मको समथर भूभाग रहेको

-यस प्रदेशले कुल भूभागको करिब प्रतिशत (९६६१ वर्ग कि.मि.)

-त्यसैगरी यस प्रदेशमा करिब ६१ लाख मानिसहरू बसोबास गर्छन्, जुन नपालका कुल जनसङ्ख्याको २०.९९ प्रतिशत हो

-यस प्रदेशमा मुख्य जातिका रूपमा यादव, थारु, दलित, मुस्लिम आदि समुदायका मानिसहरू छन्

-यस प्रदेशका सबै जिल्लामा मधेसी समुदायका मानिसहरूको बाहुल्यता रहेको छ।

-पूर्व पश्चिम राजमार्ग हुलाकी राजमार्ग यस प्रदेश भएर जाने मुख्य सडकहरू हुन्

 -अधिकांश उद्योगधन्दा यस प्रदेशमा रहेकाले अन्य प्रदेशको तुलनामा यसलाई विकसित प्रदेशका रूपमा लिन सकिन्छ

-वीरगन्ज, लाहान, राजविराज, हरिऔन, चन्द्रनिगाहापुर, सिमरा जनकपुर यहाका मुख्य व्यापारिक केन्द्र हुन् यहाँ धेरै औदयोगिक क्षेत्रहरू छन्

-रामजानकी मन्दिर, छिन्नमस्ता मन्दिर, गढीमाई मन्दिर आदि यहाँका प्रमुख धार्मिक स्थल हुन्

-नेपालमा विदेशबाट हुने अधिकांश व्यापार यसै प्रदेशको वीरगञ्ज नाकाबाट हुने गर्छ

-यस प्रदेशको उत्तरमा पर्ने चुरेक्षेत्रमा घना चारकोशे झाडी रहेको

-यस प्रदेशमा अधिकांश भूभाग समथर छ।

- यहाँ धेरै जनसङ्ख्या उच्च प्रतिव्यक्ति आय हुनाका साथै क्षेत्रफलको तुलनामा प्रशस्त खेतीयोग्य जमिन

-यस प्रदेशमा देशको कुल ग्रार्हस्थ उत्पादनमा कृषि, मत्स्य पालन उद्योगको क्षेत्रगत योगदान बढी मैथिली, बज्जिका, भोजपुरी, नेपाली आदि भाषाहरू यहाँ बोलिने मुख्य भाषाहरू हुन्

 

 

 बाग्मती प्रदेश

- नेपालको राजधानी काठमाडौँ रहेको यस प्रदेशको अधिकांश भूबनोट हिमाली पहाडी छ।

-यस प्रदेशमा गणेश, लाङटाङ, जुगल गौरीशङ्कर आदि हिमाल पर्छन्

-क्षेत्रफलको हिसाबले यो प्रदेशले नेपालको १४ प्रतिशत (२०,३०० वर्ग किलोमिटर) भूभाग ओगटेको

-जन गणना २०७८ अनुसार यहाँको जनसङ्ख्या करिब ६० लाख , जुन नेपालको कुल जनसङ्ख्याको २०.८४ प्रतिशत हुन आउँछ

-यस प्रदेशको हिमाली क्षेत्रमा शेर्पा भोटे जातका मानिसहरू बस्छन् उपत्यकामा नेवारहरूको बाहुल्यता रहेको

-यस प्रदेशका अन्य मुख्य जनजातिमा जिरेल, तामाङ, मगर, थारु आदि छन् बाहुन, क्षेत्री, दशनामी, दलित आदि जाति प्रदेशभरि छरिएर रहेका छन्

-काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, चितवन धुलिखेल यहाँका मुख्य सहरहरू हुन्। हेटौँडा, पाटन, बालाजु आदि औद्योगिक क्षेत्रहरू यस प्रदेशमा छन्

-गोसाइँकुण्ड, पशुपतिनाथ, स्वयम्भू, बुढानीलकण्ठ, बौद्धनाथ स्तुपा, दोलखा भिमेश्वर, दक्षिणकाली, पलाञ्चोक भगवती आदि यहाँका प्रमुख धार्मिक स्थल हुन्

-यस प्रदेशमा युवाको जनसङ्ख्या धेरै यहाँ जल विद्युत्, खानेपानी, शिक्षा, सडकलगायत विकासका विविध संरचना तथा जल विद्युत् धेरै छन्  

-बागमती प्रदेश शिक्षाको पूर्वाधारमा अग्रणी, खानी उत्खननलगायत कुल गार्हस्थ उत्पादनमा योगदान गर्ने क्षेत्रहरूमा अगाडि रहेको

 

गण्डकी प्रदेश

-धवलागिरी, अन्नपूर्ण, मनास्लु हिमचुली पर्वत शृङ्खला यस प्रदेशमा पर्छन्

-वेगनास ताल, रूपा ताल, फेवाताल तिलिचो ताल यस क्षेत्रका प्रमुख तालहरू हुन्

- मनाङ मुस्ताङ जस्ता हिमाली उपत्यकाले यस प्रदेश प्राकृतिक रूपमा समृद्ध मानिन्छ। सेती, कालीगण्डकी, मर्स्याङ्दी जस्ता नदीहरूले यस प्रदेशलाई समृद्ध बनाएका छन्

-क्षेत्रफलको हिसाबले यो प्रदेशले नेपालको १४ प्रतिशत (२१,५०४ वर्ग किलोमिटर) भूभाग ओगटेको ।-जन गणना २०७८ अनुसार यहाँको जनसङ्ख्या करिब २४ लाख , जुन नेपालको कुल जनसङ्ख्याको .४९ प्रतिशत हुन आउँछ।

-काली गण्डकी मर्स्याङ्दी नदीमा ठुला विद्युत् केन्द्र रहेका छन्

-पोखरा, बन्दीपुर, मुक्तिनाथ, गोरखा मनकामना यस क्षेत्रका पर्यटकीय केन्द्र हुन् पोखरा विश्व विद्यालय पनि यसै क्षेत्रमा पर्दछ

-यहाँ मगर, गुरुङ, बाहुन, क्षेत्री, थकाली, दुरा आदि जातिका

मानिसहरूको बसोबास रहेको

-मनकामना, विन्द्यवासिनी, ऋषिकेश मन्दिर, मुक्तिनाथ, बाग्लुङ कालिका, गलेश्वर आदि यहाँका प्रमुख धार्मिक स्थल हुन्

 -यस प्रदेशमा भूमिको तुलनामा न्यून जनसङ्ख्या रहेको

- यस प्रदेशमा उच्च साक्षरता, प्रचुर विद्युत् सम्भावना, सरसफाइ खानेपानीमा उच्च पहुँच रहेको यहाँका धेरै भाग हिउँले ढाकिएका, कम कृषि क्षेत्र सडक, कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रहरूको योगदान कमजोर रहेकाले विकासमा कठिनाइ देखिएको

 

 लुम्बिनी प्रदेश

- यो धेरै भूभाग तराई बाँकी पहाडी क्षेत्र रहेको प्रदेश हो

-यस प्रदेशमा हिम शृङ्खला छैनन्

-राप्ती, तिनाउ बढीगाड नदी तथा सत्यवती, बारकुने, जगदीशपुर जस्ता ताल यस क्षेत्रमा पर्छन्

-यहाँ दाङ, देउखुरी, रामपुर, माडी आदि ठुला उपत्यकाहरू छन्

-क्षेत्रफलको हिसाबले यस प्रदेशले नेपालको १५ प्रतिशत (२२,२८८ वर्ग किलोमिटर) भूभाग ओगटेको

- जन गणना २०७८ अनुसार यहाँको जनसङ्ख्या करिब ५१ लाख , जुन नेपालको कुल जनसङ्ख्याको १७.५५ प्रतिशत हुन आउँछ

-झिमरुक जल विद्युत् केन्द्र यसै प्रदेशमा रहेको

-यस प्रदेशका मुख्य व्यापारिक केन्द्रहरूमा बुटवल, भैरहवा, कृष्णनगर, तानसेन, लमही, नेपालगन्ज, कोहलपुर, राजापुर बिजुवार हुन्

 

 

 

कर्णाली प्रदेश

-देशको मध्य पश्चिमी भूभागमा पर्ने यो प्रदेश हिमाली पहाडी क्षेत्रमा अवस्थित

-यहाको हावापानी ठन्डा सुख्खा

-यहाँ काञ्जीरोवा, पातारासी आदि हिमाल पर्छन्

-रारा फोक्सुन्डो दुई ठुला तथा सुन्दर तालहरू यस प्रदेशमा पर्छन्

-क्षेत्रफलको हिसाबले यस प्रदेशले नेपालको करिब २० प्रतिशत   (२९,९८४ वर्ग किलोमिटर) भूभाग ओगटेको

-जन गणना २०७८ अनुसार यहाँको जनसङ्ख्या करिब १६ लाख , जुन नेपालको कुल जनसङ्ख्याको .८१ प्रतिशत हुन आउँछ

-वीरेन्द्रनगर, छिन्च, दैलेख, सल्ली बजार जुम्ला यहाका मुख्य व्यापारिक केन्द्रहरू हुन्

-यहाँ यार्सागुम्बा, स्याउ, ओखर, जडीबुटी आदि पाइन्छ रत्न राजमार्ग, कर्णाली राजमार्ग छिन्चु जाजरकोट सडक यहाँका मुख्य सडक पूर्वाधार हुन्

-यहाँ देउती बज्यै, चन्दननाथ, शे गुम्बा, काँक्रे विहारलगायतका धार्मिक स्थलहरू रहेका छन्

-यस प्रदेशमा ठकुरी, क्षेत्री, बाहुन, दलितलगायतका जातिको बाहुल्यता रहेको

-यहाँ पशु पालन जडीबुटीका लागि उपयुक्त ठुला घाँसे मैदान क्षेत्रहरू छन्

धेरै क्षेत्रफल वनक्षेत्र रहनु यस प्रदेशका विशेषताहरू हुन्

-यस प्रदेशमा तिला, भेरी, सानी भेरी, हुम्ला कर्णाली, मुगु कणाली आदि स्थायी प्रकृतिका नदीहरू रहेकाले जल विद्युत् उत्पादनको अधिक सम्भावना रहेको

 

 

 

 

सुदुरपश्चिम प्रदेश :

-यो प्रदेश देशको सुदूर पश्चिममा अवस्थित

-यसमा शुक्लाफाँट वन्यजन्तु आरक्षण, खप्तड राष्ट्रिय निकुञ्ज, अपि सैपाल हिमाल पर्छन्

 


-क्षेत्रफलको हिसाबले यस प्रदेशले नेपालको करिब १३ प्रतिशत (१९,५३९ वर्ग किलोमिटर) भूभाग ओगटेको

-जन गणना २०७८ अनुसार यहाँको जनसङ्ख्या करिब २७ लाख , जुन नेपालको कुल जनसङ्ख्याको .२९ प्रतिशत हुन आउँछ

-टनकपुर ब्यारेज, पञ्चेश्वर बहु उद्देश्यीय आयोजना, पश्चिम सेती जस्ता आयोजना यस प्रदेशको विकासका उच्च सम्भावना बोकेका विकास आयोजनाहरू हुन्

-भीमदत्त नगर, धनगढी, सिलगढी, अत्तरिया, टिकापुर, साँफेबगर डँडेल्धुरा आदि यस प्रदेशका मुख्य व्यापारिक केन्द्र हुन्

-यहाँ धान, गहुँ, कोदो, जौ, मकै तेलहन बाली मुख्य रूपमा उत्पादन गरिन्छ

-यहाँ बाहुन, ठकुरी, क्षेत्री, थारु, दलितलगायतका विभिन्न जातजातिको , बाहुल्यता रहेको

-उग्रतारा, शैलेश्वरी, बढिमालिका आदि यहाँका मुख्य धार्मिक स्थल हुन् यस प्रदेशका धेरै मानिसहरू रोजगारका लागि भारततिर जान्छन्

-तराईका जिल्लामा सडकको सञ्जाल रहेको, भारतसँग सहज आवागमन रहेको भेग मिल्दो पुग्दो खाद्यान्न उत्पादन हुने यस प्रदेशका प्रमुख विशेषता हुन्

 

 

 

 

 

वार्षिक बोर्ड परिक्षाका लागि महत्त्वपूर्ण केही नमुना प्रश्न उत्तरहरु

 

.जिपिएसको महत्त्व एक वाक्यमा लेख्नुहोस।

उत्तर:- कुनै स्थानको अवस्थिती पहिचान गरि एक स्थानदेखि अर्को स्थानमा पुग्न जिपिएस उपयोगी हुन्छ।

 

.दुर संवेदन भनेको के हो?

उत्तर:- टाढाका घटनाहरुका गतिविधिहरुलाई विद्दुत चुम्बकीय विकिरणको सहायताले अवलोकन, अभिलेख गर्ने अनि बुझ्ने कार्यलाई दुर संवेदन भनिन्छ।

 

.तपाईंको कक्षामा १५ जना छात्रा १२ जना छात्र छन।  चक्र चित्रमा प्रस्तुत गर्नका लागि यो तथ्याङ्कलाई डिग्रीमा परिवर्तन गर्नुहोस्

समाधान :

जम्मा विद्यार्थी: १५+१२=२७

आवश्यक डिग्रीको मान (छात्रा) = (१५/२७)x३६० =२००°  आवश्यक डिग्रीको मान(छात्र) = (१२/२७)x६०° = १६०°

 

.सम्भावित विपद्बाट बच्न आफ्नो पूर्वतयारी कसरी गर्नुहुन्छ ? कुनै दुई उपायहरु लेख्नुहोस्

उत्तर:- सम्भावित विपत्बाट बाच्न आफ्नो पूर्वतयारी निम्न तरिकाले गर्न सकिन्छ :

> विपत् प्रतिरोधात्मक पूर्वाधारहरू निर्माण गर्न प्रोत्साहन गर्ने

 विपतको समयमा आवश्यक पर्ने सामाग्रीहरू व्यवस्था गर्न

 

.विपत व्यवस्थापनका चरणहरु उल्लेख गर्नुहोस।

उत्तर:- अल्पिकरण , तयारी ,प्रतिकार्य पुर्नप्राप्ती विपत व्यवस्थापनका चरणहरु हुन।

 

.नेपालमा अन्तर प्रादेशिक सम्बन्ध सुदृढ पार्न के गर्नुपर्छ?

उत्तर:- अन्तर प्रादेशिक सम्बन्ध सुदृढ बनाउन एक प्रदेशले अर्को प्रदेशको कानुनी, सामाजिक सांस्कृतिक पहिचानलाई सम्मान गर्न जरुरी हुन्छ।

 

. विपतलाई एक वाक्यमा परिभाषित गर्नुहोस्।

उत्तर:-प्राकृतिक वा कृत्रिम तवरले सृजित भएका प्रक्रोपहरुले ल्याउने मानवीय धन सम्पत्तिको क्षती हुने दुखद अवस्था नै विपद हो।

 

 

 

.अन्तरप्रादेशिक सम्बन्धको सामाजिक तथा सांस्कृतिक आयामको व्याख्या गर्नुहोस्।

प्रदेश प्रदेशबिच रहेको अन्तरनिर्भरता आपसी  सम्बन्धलाई नै अन्तरप्रदेशको अवधारणाले समावेश गरेको हुन्छ।नेपालको संविधानको धारा २३३ ले प्रदेश- प्रदेश बिचको सम्बन्धमा कानुनी व्यवस्था गरेको छ।

  कनै पनि प्रदेशका नागरिक अर्को प्रदेशमा विना रोकटोक आवातजावत गर्न सक्ने उसलाई स्थायी वा अस्थायी बसोबासमा कुनै रोकावट गर्न पाइने छैन यस्तै एक प्रदेशका मानिसले अर्को प्रदेशमा बिहेवारी गरी घरजम बसाउन सक्ने यस्ता कार्यमा कुनै पनि अवरोध बाधा व्यवधान आउन दिनुहुँदैन। धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणमा एक प्रदेशले अर्को प्रदेशलाई सहयोग गर्न सक्छ धार्मिक सांस्कृतिक गतिविधिमा विना अवरोध मानिसहरूको सहभागितालाई प्रदेशहरूले सुनिश्चितता प्रदान गरेका हुन्छन् राष्ट्रिय विपत्का घटनामा एक प्रदेशका

विपत् पीडितहरूलाई अर्को प्रदेशका सरकार नागरिक स्तरबाट सहयोग, राहत पुनर्उत्थानका कार्यक्रम सञ्चालनमा सहकार्य रहन सक्छ यसले अन्तर प्रादेशिक सम्बन्धको सामाजिक सांस्कृतिक दायरालाई अझ प्रगाढ दरो बनाउन मदत पुग्छ ।उदाहरणको लागि बाग्मति प्रदेशमा रहेको हिन्दुहरुको पवित्र स्थल पशुपतिनाथले अन्य प्रदेशहरुका हिन्दुहरुलाई धार्मिक तथा सांस्कृतिक हिसाबले जोडेको भने लुम्बिनी प्रदेशमा रहेको बुद्ध धर्मालम्बीहरुको पवित्र स्थल भगवान् गौमम बुद्ध जन्मेको स्थल लुम्बिनीले अन्य प्रदेशमा रहेका बौद्ध समुदायका मानिसहरुलाई समेटेको छ।

यसरी एक प्रदेशदेखि अर्को प्रदेश सहजै आवतजावत गर्न सकिने,एकअर्काको संस्कृति सामाजिक अवस्थालाई सम्मान गर्ने प्रवृति,आपतविपतमा एक प्रदेशले अर्को प्रदेशपर्ती सहानुभूति देखाउदै सहयोग गर्नेजस्ता विविध पक्षलाई अन्तरप्रदेशको सामाजिक-सांस्कृतिक अवधारणासङ्ग जोड्न सकिन्छ।

 

 

.तपाईंले गुगल नक्सा प्रयोग गर्दा प्राप्त हुने कुनै पाँच फाइदाहरु लेख्नुहोस्

उत्तर:- गुगल नक्सा वर्तमान समयमा विज्ञानले नि प्रदान गरेको एक अनुपम प्रविधि हो जसको आवश्यकता एकदमै बढी नै रहेको छ। गुगल नक्सा प्रयोग गर्दा प्राप्त हुने फाइदा निम्न रहेका छन् :

 

() कुनै पनि ठाउँको स्थान सहजै नक्सा हेरेर नै पत्ता लगाउन सकिन्छ

 () अनुसन्धानको क्रममा कुनै वस्तु वा व्यक्तिको स्थान कहाँ भनेर ट्र्याकिङ गर्न सम्भव छ।

()विभिन्न क्षेत्र, स्थानीय तहहरू, प्रदेश जिल्ला आदिको नक्साङ्कन गर्न पनि गुगल नक्सा उपयोगी हुन्छ।

() एक ठाउँबाट अर्को ठाउँमा जाँदा उक्त स्थानको भौगोलिक अवस्था, वरिपरिको पूर्वाधार विकासको सुचना सहज सुलभ तरिकाले उपलब्ध हुन्छ।

() यात्राको क्रममा गुगल नक्सा प्रयोग गरी ट्राफिक अवस्था, सबैभन्दा उपयुक्त छोटो मार्गको दिशा पत्ता लगाउन सकिन्छ

 

१०.लुम्बिनी प्रदेशका सामाजिक विशेषताहरू प्रस्तुत गर्नुहोस्।

उत्तर:-लुम्बिनी प्रदेशका सामाजिक विशेषताहरू निम्न किसिमका छन:-

()थारु, मगर, वाङ्मण, क्षेत्री, जनजातिहरूको बाक्लो बस्ती रहेको

() धार्मिक विविधताले सम्पन्न यस प्रदेशमा हिन्दु, बौद्ध,

कृश्चियन इस्लाम धर्मावलम्बीहरूको बसोबास रहेको,

() सामाजिक अवस्थालाई हेर्दा यस प्रदेशका बासिन्दाहरु कृषि, व्यापार, वैदेशिक रोजगार, उद्योग पर्यटन जस्ता

गतिविधिहरूमा संलग्न भएका छन् जसले गर्दा सामाजिक

स्तरको अवस्था सन्तोषजनक पाइन्छ

()लुम्बिनी प्रदेशमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार खानेपानीको विकास भएको पाइन्छ तर सबै जिल्लाहरूमा

समानुपातिक विकास चाहिँ भएको छैन।

( ) थारू समुदायको संस्कृति, मगर समुदायको विशिष्ट परम्परा, तरबार नाथू, सिँगार नाच जस्ता लोकसंस्कृति लुम्बिनी प्रदेशमा प्रचलनमा रहेको छ।

 

११.तपाईं स्थानीय तहको प्रमुख हुनुभयो भने विपद्को व्यवस्थापनकसरी गर्नुहुन्छ। सोका बारेमा आफ्नो विचार प्रस्तुत गर्नुहोस्

उत्तर:- यदि स्थानीय तहको प्रमुख भएको भए विपद व्यवस्थापनका निम्ति बोलीले मात्र भन्दापनी व्यावहारिक रुपमा नै सक्रिय भएर अघि बढ्थे।

--सर्वप्रथम विपतको उच्च जोखिममा रहेका वस्तीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्थे ता कि भविष्य आउने विपतको क्षती भोग्न नपरोस्।

--विभिन्न विकास निर्माणका कार्यहरु सञ्चालन गर्दा प्रकृतीलाइ कुनै हानी नहुने किसिमले विज्ञको सुझाव अनुसार वातावरणमैत्री आयोजना सञ्चालन गर्थे,

--स्रोतसाधनको अत्याधिक दोहन हरितगृह ग्यास निष्कासन गर्ने लापरबाहीका सबै कामहरुमा बन्देज लगाउथे।

 

१२.सुदुरपश्चिम प्रदेशका मुख्य मुख्य सामाजिक पहिचान उल्लेख गर्नुहोस।

उत्तर:- सुदुरपश्चिम प्रदेशका मुख्य मुख्य सामाजिक पहिचान निम्न रहेका छन:-

*विभिन्न स्थानीय भाषा जस्तै डोटेली,बैतडेली,अछामी भाषाहरु बोलिने

*क्षेत्री,ब्राह्मण,ठकुरी,दलित,थारु लगायताका जातिहरुको बाक्लो वस्ती रहेको

*गौरा पर्व, देउडा नाच,उग्रतारा,बाडिमालिका आदि सुदुरपश्चिम प्रदेशको पहिचान रहेको

*प्रदेशगत हिसाबले  तेस्रो कम मानव विकास सुचाङ्क रहेको प्रदेशका रुपमा सुदुरपश्चिम प्रदेश स्थापित भएको

*विकट दुर्गम भूगोल भएका काराण विकासका विभिन्न परियोजनाहरुले ठाउँ नपाउदा शिक्षा, स्वास्थ्य, यातायात सञ्चारजस्ता क्षेत्रको प्रगति नभएको प्रदेश।

 

 

१३.नेपालका सातओटै प्रदेशमा विकासका लागि  के कस्ता  अवसरहरू छन् ? तिनको उपयोग कसरी गर्न सकिन्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस्

उत्तर:- नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलक हो। नेपालको वर्तमान संविधान २०७२ का अनुसार नेपालमा सात ओटा प्रशासनिक प्रदेशहरु रहेका छन् संविधानसभाको लामो छलफल अधिकांश नेपाली जनताको चाहानालाई आत्मसात गरी आर्थिक सक्षमता, प्राकृतिक स्रोत साधनको, वितरण तथा पहिचानका आधारमा प्रदेशहरू विभाजन गरिएको हो भौगोलिक, सामाजिक सांस्कृतिक रूपमा विविधताले भरिपूर्ण प्रदेशहरूमा रहेका विकास एवम् विस्तारका अवसरहरू तिनीहरूको उपयोग गर्न सकिने तरिकालाई निम्नलिखित रूपमा प्रस्तुत गरिएको :-

 

. प्रदेश नं :- हिमाल, पहाड भित्रीमधेस तराईका भूमाग मिली बनेको यस प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा अनि चोओयू, कञ्चनजङ्गा, मकालु लगायतका हिमालहरू अनि कनकाई, अरुण, तमोर, मेची जस्ता नदीहरू, सगरमाथ बरुण राष्ट्रिय निकुञ्ज रहेका छन् तसर्थ पर्यटन व्यवसाय जलविद्युत उत्पादनको प्रशस्त सम्भावना रहेको यस प्रदेशको हिमाली क्षेत्रमा पशुपालन, जडीबुटी, मौसमी फलफूल खेतीको सम्भावना रहेको भने अन्य पहाडी तराईका जिल्लामा विभिन्न नगदे बाली खेतीको सम्भावना देखिन्छ यस्ता अवसरलाई उपयोग गर्न पर्यटनउद्योगमा लगानि विस्तार गर्नुपर्छ, जलविद्युत आयोजनाहरु सञ्चालन गर्नुपर्छ, खाद्यान्न नगदे बालीको बजारीकरण गर्नुपर्छ वातावरण संरक्षण तथा सरसफाइ जस्ता विषयमाथि नीति कार्यान्वयन गर्नुपर्छ।

 

.मधेस प्रदेश: - उपोष्ण हावापानी, ग्रीष्ममा मनसुनको प्रभाव   उब्जाउशील माटो रहेकाले व्यवसायिक कृषिको सम्भावना त्यसैगरी माछा पालन, पर्यटन उद्योग व्यापारको विकास जस्ता अवसरहरु उपयोग गर्न कृषिमा आधुनिकिकरण, औद्योगिकिकरण व्यवसायीकरणको नीति अबलम्वन गर्न सकिन्छ

 

 

.बाग्मती प्रदेश - बाग्मती प्रदेशमा फलफूल, तरकारी, मासु दुध उत्पादन कुखुरापालन व्यवसायको सम्भावना यसका साथै विभिन्न धार्मिक सम्पदा, देशको राजधानीसमेत भएका कारण पर्यटन उद्योग यो प्रदेशमा विद्युत उत्पादनको पनि प्रचुर सम्भावना छन् सडक हवाईमार्गको पुर्वाधार विकास, व्यवसायिक कृषिमा लगानी, जलविद्युत आयोजनाको स्थापना पर्यटकीय क्षेत्रमा सुधार गरी विभिन्न अवसरलाई उपयोग गर्न सकिन्छ।

 

.गण्डकी प्रदेश :- यस प्रदेशमा विकास समृद्धिका लागि कृषि, वन, ऊर्जा, जलविद्युत, पर्यटन, पशुपालन व्यवसाय, खनिज नाका व्यापारको क्षेत्रमा अवसर रहेका छन् ती अवसरहरूलाई उपयोग गर्न ठूला तथा साना जलविद्युत परियोजना स्थापना गर्ने, सडक विस्तार,पर्यटन पूर्वाधारको विकास, मौलिक वस्तु संस्कृतिको प्रचारप्रसार विभिन्न औद्योगिक केन्द्र स्थापना गरी उपयोग गर्न सकिन्छ।

 

.लुम्बिनी प्रदेश :- माछापालन, खाद्यन्न उत्पादन, व्यवसायिक फलफूल तरकारी खेती, विद्युत सिंचाइ, पर्यटन, व्यवसाय उद्योग यस प्रदेशमा विकासका लागि भएका अवसरहरू हुन् यसको उपयोगका लागि सडक सञ्जाल विस्तार गर्ने, सिचाइ विद्युत आयोजना सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रको विकास उपयुक्त ऊर्जा नीति अनुसरण गर्न सकिन्छ।

 

.कर्णाली प्रदेश :- विकासका लागि यस प्रदेशमा जलविद्युत, खानी,कृषि वन सम्पदा क्षेत्रमा राम्रो सम्भावना रहेको रारा ताल, सेफोक्सुन्डो ताल, कर्णाली नदी रहेको यस प्रदेशमा पर्यटन उद्योग व्यवसायिक पशुपालनको पनि सम्भावना छ। सडक पूर्वाधारको विकास, दुर्गम जिल्लामा शिक्षाको पहुँच, व्यापारिक केन्द्रहरूको सञ्जाल निर्माण गरी उक्त अवसरहरू उपयोग गर्नुपर्छ

 

.सुदूरपश्चिम प्रदेश :- औद्योगिक नगदे वाली उत्पादन, हिमाली  फॉटहरूमा पशुपालन, जडीबुटी गैरकाष्ठ उत्पादन, धातु, खनिजमा आधारित उद्योगहरू, पर्यटन जलविद्युतको अवसरहरू यस प्रदेशमा रहेका छन। यस्तो अवसर प्रयोग गर्न व्यापारिक केन्द्रको विस्तार, कृषिमा आधुनिकिकरण, जडीबुटीको बजारीकरण, यातायाताको विकास गर्न सकिन्छ

 

 

१४.नेपालमा अन्तर प्रदेश सम्बन्ध राम्रो भएमा हुनसक्ने फाइदाहरु उल्लेख गर्दै अन्तरप्रादेशिक सम्बन्ध सुदृढ गर्ने उपायहरु लेख्नुहोस्।

उत्तर:- प्रदेश प्रदेशबिच रहेको अन्तरनिर्भरता आपसी  सम्बन्धलाई नै अन्तरप्रदेशको अवधारणाले समावेश गरेको हुन्छ।एक प्रदेशदेखि अर्को प्रदेश सहजै आवतजावत गर्न सकिने,एकअर्काको संस्कृति सामाजिक अवस्थालाई सम्मान गर्ने प्रवृति,आपतविपतमा एक प्रदेशले अर्को प्रदेशपर्ती सहानुभूति देखाउदै सहयोग गर्नु,विभिन्न कानुनी मुद्दामा प्रदेशहरु अन्तरक्रिया गर्नु प्रदेशहरु बिच स्रोतसाधनको न्यायोचित उपयोग गर्नेजस्ता विविध पक्षलाई अन्तरप्रदेशको अवधारणासङ्ग जोड्न सकिन्छ।

               नेपालमा अन्तर प्रदेश सम्बन्ध राम्रो भएमा हुनसक्ने फाइदाहरु निम्न छन:-

  -सबै प्रदेशहरुमा रहेको प्राकृतिक स्रोत साधनको न्यायोचित वितरण उपभोग हुने सम्भावना बढ्छ।

  -प्रदेशहरुबिच प्रशासनिक कार्यमा समन्वय हुदा सेवा सुविधाहरु प्रभावकारी तवरले प्रवाह हुन जान्छन।

  -प्रदेशहरु बिना कुनै राजनीतिक स्वार्थ काम गर्ने हो भने सङ्घिय स्थानीय सरकारमा हुने राजनीतिक विकृती अनियमिततालाई नियन्त्रणमा ल्याउन सहज हुन्छ।

  -सबै प्रदेशको सांस्कृतिक सामाजिक पहिचान प्रवर्द्धन हुन्छ नागरिकहरुबिच सद्भाव भाइचाराको भावना बढ्छ।

  -अन्तरप्रादेशिक सम्बन्धको कानुनी वयवस्थालाई नितिगत रुपमा कार्यन्वयन गर्दै जादा प्रदेशहरुमा हुने अपराध विकृतिलाई नियन्त्रण गर्दै शान्ती सुशासन कायम गर्न सकिन्छ।

 

       अन्तरप्रादेशिक सम्बन्ध सुदृढ पार्न निम्न उपायहरु अवलम्बन गर्नुपर्छ:-

      )प्राकृतिक स्रोतको बाडफाड गर्दा सोसङ्ग सम्बन्धित वातावरणीय प्रभावको आवश्यक अध्धयन अनुसन्धान गर्नुपर्छ,

) प्रदेशहरुको सिमानामा रहेका स्रोत साधनको उपयोग गर्दा दुवै प्रदेशबिच आपसी समझदारी गरेर वातावरण अनुकुल ढंगले विकासका योजनाहरु संचालन गर्नपर्छ,

)एउटा प्रदेशको सामाजिक सांस्कृतिक पक्षको बारेमा अरु प्रदेशहरुले पनि सद्भाव सम्मानको भावना प्रकट गर्नु पर्छ।

)एक प्रदेशका नगारिकहरुलाई कुनै दुख विपत परेको बेला अरु प्रदेशहरुले सक्दो आर्थिक सहयोग सहानुभूति प्रदान गर्नुपर्छ।

)प्रदेशहरुमा प्रचलित कानुनि व्यवस्था सामाजिक अवस्थाको अपहेलना नगरी अरु प्रदेशहरुले विकास निर्माण कार्यका लागि समन्वय गर्न जरुरी रहन्छ।

 

We Will Soon Be Back With Another New Video Covering New Unit

                   Stay Working Hard And Updates With Us

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.