What's New

CLASS 12 SOCIAL STUDIES BOARD EXAM 2079 QUESTION PAPER AND SOLUTION|

 


                                                                                                    Sub. Code : 0061'J'

 

NEB - GRADE XII

2079 (2022)

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

(नयाँ पाठ्यक्रम)

(नियमित परीक्षार्थीका लागि)

 

विद्यार्थीहरुले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ

 

समय: घण्टा

Copyright :- Being Social

Using this content or a copy of it in any other sites and channel without our permission is strictly Prohibited.Only For Educational Purpose.

पूर्णाङ्कः ७५

 

सबै प्रश्नको उत्तर दिनुहोस्

 

समूह ''

 

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरु

. सामाजिक अध्ययन विषयमा समेटिएका सामाजिक विज्ञान मानविकीका विषयहरुको कुनै दुई नाम लेख्नुहोस्

:- सामाजिक अध्ययन विषयमा समेटिएका सामाजिक विज्ञान मानविकीका विषयहरू अर्थशास्त्र शिक्षा हुन

 

२. सिर्जनात्मक सिप भनेको के हो ?

:- कुनै समस्या वा विषयवस्तुमाथि फरक ढंगले सोचविचार गरेर नयाँ समाधान परिणाम कीर्ति प्रतिपादन गर्ने जीवनोपयोगी क्षमतालाई सिर्जनात्मक सिप भनिन्छ

 

. अरुको दुःखलाई आफ्नै दुःख झैँ ठानेर व्यवहार  गर्नु कुन जीवनोपयोगी सिप हो ?

: - अरुको दुःखलाई आफ्नै दुःख  ठानेर व्यवहार गर्नु समानुभूति जीवनोपयोगी सिप हो

 

 . तपाईं स्थानीय सम्पदा स्थलको अध्ययन भ्रमणमा जाँदै हुनुहुन्छ त्यस सम्पदाका सम्बन्धमा स्थानीय व्यक्तिलाई सोधनका लागि दुई प्रश्नहरु तयार गर्नुहोस्

:- स्थानीय सम्पदा स्थलको अध्ययन भ्रमणमा जाँदै गर्दा त्यसका सम्बन्धमा सोधिने प्रश्नहरु निम्न छन्,

() उक्त सम्पदाको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक पुरातात्विक महत्व के ?

() सम्पदाले स्थानीय पर्यटनको विकासमा के कसरी सहयोग गर्दछ ?

 

. दर्शन भनेको के हो ?

:- सांसारिक वा बाहिरी सत्यतता बुझ्न अयोगि हुने वौदिक विचार, विमर्श एवम् प्राज्ञिक चिन्तनको समष्टिगत रूपलाई नै दर्शन भनिन्छ।

 

. सम्भावित विपद्बाट बच्न आफ्नो पूर्वतयारी कसरी गर्नुहुन्छ ? कुनै दुई उपायहरु लेख्नुहोस्

:- सम्भावित विपत्बाट बाच्न आफ्नो पूर्वतयारी निम्न तरिकाले गर्न सकिन्छ :

> विपत् प्रतिरोधात्मक पूर्वाधारहरू निर्माण गर्न प्रोत्साहन गर्ने

 विपतको समयमा आवश्यक पर्ने सामाग्रीहरू व्यवस्था गर्न

 

.कस्तो अवस्थामा प्रदेशमा संयुक्त सरकार गठन हुन्छ ? एक वाक्यमा लेख्नुहोस्

:- प्रदेश सभाको निर्वाचन सम्पन्न भएको ४५ दिनभित्र कुनै पनि राजनीतिक दलले बहुमतको सरकार गठन गर्न असमर्थ भएको खण्डमा दुई वा बढी दलहरूले गठबन्धन गरेर बहुमतको संयुक्त प्रदेश सरकार गठन गर्न हुन्छ

 

 .नेपालको कानुनअनुसार जनसंख्याको आधारमा तराईको शहरीकरणको मापदण्ड उल्लेख गर्नुहोस्

:- नेपालको कानुनअनुसार जनसंख्याको आधारमा तराईको शहरको मापदण्ड ७५,००० हो

 

. नेपालको वैदेशिक व्यापार किन घाटामा ? कुनै दुईवटा कारणहरु उल्लेख गर्नुहोस्

:- नेपालमा उद्धमशिलता उद्योगको विकास नहुनु निर्यातको तुलनामा आयात बढी हुनाले नेपालको वैदेशिक व्यापार घाटामा

 

१०. तपाईंको समुदायमा धेरै मानिसहरु बसाईं सरेर आए भने तपाईंले भोग्नुपर्ने एक समस्या   तपाईंलाई हुने एक फाइदा उल्लेख गर्नुहोस्

:- समुदायमा धेरै मानिसहरू बसाई सरेर आए भने विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उपलब्ध हुने फाइदा हुन्छ प्रदूषण बढ्ने, सेवासुविधाको कमी हुने समस्या भोग्नुपर्छ

 

११. शिक्षा रोजगारीको अन्तरसम्बन्ध एक वाक्यमा प्रस्तुत गर्नुहोस्

:- उच्च प्रभावकारी शिक्षा हासिल गरेको व्यक्तिसँग पर्याप्त ज्ञान, सिप क्षमता हुने भएकाले रोजगारीको अवसर सहजै प्राप्त गर्न सकिन्छ

 

समूह ''

 

संक्षिप्त उत्तरात्मक प्रश्नहरु

 

5x=४०

 

१२. तपाईंको कुनै एक साथीले साहित्य सिर्जना गर्न लाग्नुभएको भने उहाँलाई बौद्धिक चोरीबाट बच्न के कस्ता उपायहरु सुझावको रुपमा प्रदान दिनुहुन्छ ? लेख्नुहोस्

:- साहित्य सृजना गर्न लाग्नुभएका मेरो साथीलाई बौद्धिक चोरीबाट बच्न निम्न उपायहरु सुझावको रुपमा प्रदान गर्छु:-

१. जुन लेख, किताब वा प्रकाशबाट आफूले सूचना तथा तथ्याङ्क लिएको हो त्यसको स्रोत उपयुक्त तरिकाले उल्लेख गर्नुपर्ने कुरामा सुझाव दिन्छ ।

२.अन्य लेखकहरूको वाक्य, तालिका, अङ्क, तथ्याङ्क, विचार, चित्रलाई हु-बाहु आफ्नो लेखमा नसार्न सुझाव दिन्छु बरु अनुमतिका साथ श्रेय दिएर प्रयोग गर्न सकिने ।

३.प्रतिवेदन, परियोजना कार्य,अध्ययन प्रस्तावना आदि तयार पार्दा साहित्य समीक्षामा प्रयोग गरिएका सामग्रीलाई, APA अथवा MLA ढाँचामा सन्दर्भ सूचीमा उल्लेख गर्न सुझाव दिन्छु।

४.कतिपय सूचना तथ्याङ्क वा सिद्धान्त प्रयोग गर्नु नै पर्ने अवस्थामा मुख्य भावलाई मात्र संङ्क्षेप्तिकरण गरी प्रयोग गर्दा बौदाधिक चौरीको मुद्दा लाग्दैन भनि सल्लाह दिन्छु।

५.आफूले तयार पारेको लेख रचना सम्बन्धित निकायलाई  प्रस्तुत गर्नु अघि जानकार व्यक्तिमार्फत बौद्धिक चोरी भएको वा नभएको जाच गराउने र गलती भएमा इमानदारिताका साथ पुन: सच्याएर लेख्न सल्लाह दिन्छु।

 

 

अथवा

 

क्रमश: (Contd...)

 

 

0061'J'

 

(2)

 

किशोर शोर अवस्थाको उमेर समूहमा रहनु भएको तपाईंले संवेग व्यवस्थापनका के कस्ता पक्षहरुको अभ्यास गर्नु भएको ? उदाहरण सहित प्रस्तुत गर्नुहोस्

:- संवेगात्मक दृष्टिकोणले हेर्दा किशोर अवस्था एकदमै नाजुक अवस्था हो जसमा अनेकौ भावना विचारहरू उत्पन्न हुने गर्छन्। तसर्थ आफ्नो मानसिक सामाजिक स्वास्थ्यका लागि किशोर अवस्थामा रहेको मैले संवेग व्यवस्थापनका निम्न पक्षहरू अभ्यास गरेको :

() आफूलाई जतिसक्दो सिर्जनात्मक कार्यहरू जस्तै : साहित्य रचना, खेलकुद चित्रकलामा व्यस्त राख्ने गरेको  छु।

 () गलत सङ्गतका कारण सिर्जना हुनसक्ने नकारात्मक परिणामलाई मध्यनजर गर्दै असल सङ्गत राखेको छु।

()दैनिक योग, ध्यान तथा शारीरिक व्यायाम गर्नुका साथै विभिन्न सामाजिक क्रियाकलापमा आफ्नो उपस्थिति जनाउने गरेको छु।

() दुर्व्यसन, सामाजिक सञ्चालको अत्याधिक प्रयोग जस्ता अर्थहीन क्रियाकलापबाट आफूलाई टाढा नै राख्ने गरेको छु

()परिवार असल साथीहरूसँग रम्ने, समय बिताउने मनमा उब्जिएका विभिन्न कुराहरू सहजताका साथ सम्प्रेषण गर्ने बानीको विकास गरेको

 

१३. लुम्बिनी प्रदेशका सामाजिक विशेषताहरू प्रस्तुत गर्नुहोस्।

:- लुम्बिनी प्रदेशका सामाजिक विशेषताहरू निम्न किसिमका छन:-

()थारु, मगर, ब्रह्माण, क्षेत्री, जनजातिहरूको बाक्लो बस्ती रहेको

() धार्मिक विविधताले सम्पन्न यस प्रदेशमा हिन्दु, बौद्ध,

कृश्चियन इस्लाम धर्मावलम्बीहरूको बसोबास रहेको,

() सामाजिक अवस्थालाई हेर्दा यस प्रदेशका बासिन्दाहरु कृषि, व्यापार, वैदेशिक रोजगार, उद्योग पर्यटन जस्ता

गतिविधिहरूमा संलग्न भएका छन् जसले गर्दा सामाजिक

स्तरको अवस्था सन्तोषजनक पाइन्छ

()लुम्बिनी प्रदेशमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार खानेपानीको विकास भएको पाइन्छ तर सबै जिल्लाहरूमा

समानुपातिक विकास चाहिँ भएको छैन।

( ) थारू समुदायको संस्कृति, मगर समुदायको विशिष्ट परम्परा, तरबार नाच , सिँगार नाच जस्ता लोकसंस्कृति लुम्बिनी प्रदेशमा प्रचलनमा रहेको छ।

 

14.यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (LGBTQ) समूहलाई कसरी समावेशीकरण गर्न सकिन्छ ? उपायहरु लेख्नुहोस्

 :- लैगिक विभेद असमानताको कुरा उठ्ने बित्तिकै यौनिक तथा लैगिक अल्पसङ्ख्यक समूहले भोगेको विभेदलाई कदापि छुटाउन मिल्दैन उनीहरू मानव जात राष्ट्रको नागरिकले पाउने सम्मान आधारभूत अधिकारहरुबाट वञ्चित पारिएका हुन्छन्। तसर्थ LGBTQ समूहलाई समावेशीकरण गर्न निम्न उपायहरूमा ध्यान पुण्याउनुपर्छ :

() सरकारको तर्फबाट LGBTQ समूहलाई सम्बोधन गर्ने उनीहरूको आवश्यकतालाई परिपूर्ति गर्ने हिसाबले विभिन्न हितकारी कार्यक्रमहरु  कार्यन्वयनमा ल्याउनुपर्छ

) समाजमा यौनिक अल्पसङ्ख्यक समूहप्रति राखिने नकारात्मक दृष्टिकोणलाई हटाउन उनीहरुलाई विभिन्न सामाजिक गतिविधिहरुमा समावेश हुने अवसर प्रदान गरिनुपर्छ।

() हरेक स्थानीय तहमा यौनिक तथा लैगिक अल्पसङ्ख्यक समूहलाई प्रतिनिधित्व गर्ने व्यक्ति हुनुपर्छ वा छुट्टै निकाय खडा गर्नपर्छ

()LGBTQ समूहलाई साधारण नागरिक सरह मौलिक अधिकार कर्तव्यको सुनिश्चिता, नागरिकताको व्यवस्था एवंम आफ्नो विचार मत राख्ने पूर्ण स्वतन्त्रता हुनपर्छ

 () लैङगिक अल्पसङ्ख्यक समूहलाई समावेश गरिने हिसाबले शिक्षा, रोजगार अन्य क्षेत्रहरूमा लैङ्गिक अल्पसङ्ख्यक समावेशीताको प्रावधान गर्नुपर्छ

 

 

 

 

15. तपाईंले गुगल नक्सा प्रयोग गर्दा प्राप्त हुने कुनै पाँच फाइदाहरु लेख्नुहोस्

:- गुगल नक्सा वर्तमान समयमा विज्ञानले नि प्रदान गरेको एक अनुपम प्रविधि हो जसको आवश्यकता एकदमै बढी नै रहेको छ। गुगल नक्सा प्रयोग गर्दा प्राप्त हुने फाइदा निम्न रहेका छन् :

() कुनै पनि ठाउँको स्थान सहजै नक्सा हेरेर नै पत्ता लगाउन सकिन्छ

 () अनुसन्धानको क्रममा कुनै वस्तु वा व्यक्तिको स्थान कहाँ भनेर ट्र्याकिङ गर्न सम्भव छ।

()विभिन्न क्षेत्र, स्थानीय तहहरू, प्रदेश जिल्ला आदिको नक्साङ्कन गर्न पनि गुगल नक्सा उपयोगी हुन्छ।

() एक ठाउँबाट अर्को ठाउँमा जाँदा उक्त स्थानको भौगोलिक अवस्था, वरिपरिको पूर्वाधार विकासको सुचना सहज सुलभ तरिकाले उपलब्ध हुन्छ।

() यात्राको क्रममा गुगल नक्सा प्रयोग गरी ट्राफिक अवस्था, सबैभन्दा उपयुक्त छोटो मार्गको दिशा पत्ता लगाउन सकिन्छ

 

16."नेपालमा राणा शासन नभएको भए विकासका दृष्टिले नेपाल तेस्रो स्तरको राष्ट्र (Third world country) को रुपमा सिमित भैरहने थिएन” यस भनाईका पक्षमा आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्

:- नेपालको सामाजिक राजनीतिक क्षेत्रमा १०४ वर्ष राणा शासनले निकै ठूलो प्रभाव परिको थियो निरङ्कश शासन व्यवस्थाले गर्दा देश अन्धकार अस्थिरताको भूमरीमा फसिरहेको थियो "नेपालमा राणा शासन नभएको भए विकासका दृष्टिले नेपाल तेस्रो स्तरको राष्ट्र (Thirld world country) को  रूपमा सिमित भैरहने थिएन'" भन्ने भनाईलाई निम्न तर्कहरूबाट पुष्टि गरिएको :

() जहाँनिया निरङ्कुश शासन व्यवस्था भएकाले राणा कालमा सर्वसाधारण जनताले राम्रो शिक्षादिक्षा पाएनन् मुलुक प्रगतिको बाटोबाट पछि पर्दै गयो।

() राणा शासनले गर्दा नेपालमा चलिरहेको विकासले समान गति लिन सकेन असल नेतृत्वको अभावमा मुलक आर्थिक हिसाबले धेरै पछि धकेलिदै गयो।

()देशमा रहेको स्रोत साधनहरुलाई आर्थिक उत्थानशीलताका लागि सदुपयोग गर्नुको सट्टा राणा शासकहरू विलासीतामा रमाउन थालेपछि विकासको कुनै वातावरण नै रहेन।

()राणा शासनमा जनताहरू अन्याय, अत्याचार दमनको शोषण भएका थिए, जताततै अनियमितता, भ्रष्टचार, गरिबी बेरोजगारी मौलाएका थियो जसबाट माथि उठ्न नसकेकाले नेपाल अहिले तेस्रो स्तरको अल्पविकसित राष्ट्रको रूपमा सिमित छ।

()राणा शासनलाई हटाउन भनेर विसं २००७ सालमा क्रान्ति भयो त्यस पश्चात देशमा कहिले जन आन्दोलन कहिले सशस्त्र विद्रोह हुने थाले त्यसपछि झन विकासको स्तर अझै खस्किदै गयो

 

17. फौजदारी न्यायका सामान्य सिद्धान्तहरु प्रस्तुत गर्नुहोस्

:- फौजदारी न्यायका सामान्य सिद्धान्त

 

·      कानुनबमोजिमको काम कसुर नहुने

   कानुनबमोजिम बाहेक सजाय नहुने  

   • तथ्यको भ्रममा परी गरेको काम कसुर नहुने

·      एउटै कसुरमा दोहोरो सजाय नहुने

 - स्वच्छ सुनाइबाट वञ्चित नहुने

- कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने

बालबालिकाले गरेको काम कसुर नहुने

-होस ठेगानमा नभएको व्यक्तिले गरेको काम कसुर नमानिने

- असल नियतले दिइएको जानकारीबाट क्षति पुगेमा कसुर नहुने

-अन्य हानिनोक्सानी बाट बचाउन असल नियतले गरेको काम कसुर नहुने

-निजी रक्षाका लागि गरेको काम कसुर नमानिने

-बालबालिकाबाट गराएको कसुरमा उमेर पुगे पछि सजाय हुने

 

 

 18. सुरक्षित आप्रवासन भनेको के हो ? सुरक्षित आप्रवासनमा राज्यले खेल्नु पर्ने भूमिका प्रस्तुत गर्नुहोस्

:-  उत्तर: आप्रवासी कामदारहरुको आप्रवासनको प्रक्रियामा  आइपर्ने सम्भावित जोखिम न्यूनीकरण गर्दै सेवा सुविधा पाउन आप्रवासी श्रमिकलाई सक्षम बनाउने आप्रवासीहरूको अधिकारको संरक्षण गर्ने प्रक्रियालाई सुरक्षित आप्रवासन भनिन्छ

)सुरक्षित आप्रवासनको लागि  परराष्ट्र मन्त्रालय श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्डलगायतका निकायमार्फत आप्रवासीहरुको सेवा, सुविधा, कार्यस्थलमा हुने सुरक्षा हक अधिकारको सम्बन्धमा विभिन्न व्यवस्था गर्नुपर्छ।

 

) नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरू तिनका परिवारका हक अधिकारका सवाललाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न निकायमार्कत कार्य सम्पादन गर्न जरुरी

)आप्रवासीहरुको क्षमता अभिवृद्धि गरी कानुनी सुरक्षा, सामाजिक सेवामा पहुँचको स्तर बढाउन विभिन्न अभिमुखीकरण तथा आवश्यक तालिम प्रदान गर्नुपर्छ

 )विदेशमा रहेका सेवा प्रदायक संस्था, गैरआवासीय तथा प्रवासी नेपाली सङ्घ सङ्गठन रोजगारदाता कम्पनीसँग समन्वय गरी आप्रवासन मर्यादित बनाउने नीति नेपाल सरकारले लिनु पर्छ।

 )सुरक्षित श्रम आप्रवासनका लागि सूचनाको प्रचार प्रसार, सिपमूलक तालिम वित्तीय साक्षरताका कार्यक्रमहरू गनुपर्ने प्रावधान नीतिगत रूपमा राखिनु पर्छ

 

१९. स्मार्ट सिटीको अवधारणा अनुरुप विकास गर्न के कस्ता कार्यमा सुधार ल्याउनु पर्दछ ? प्रस्तुत गर्नुहोस्

:- सन्तुलित सहरी वातावरण निर्माण गर्न सहरीकरणलाई व्यवस्थित राख्न स्मार्ट सिटीको अवधारणा निकै महत्वपूर्ण मानिन्छ वर्तमान समसमा सहरको विकास गर्दा स्मार्ट सिटीको अवधारणा अनुरूप विकास गर्न निम्न कार्यमा सुधार ल्याउन पर्दछ:-

 

) विकास निर्माणका कार्य सञ्चालन गर्दा वातावरण-मैत्री हुनुपर्छ कुनै पनि किसिमको प्रदूषण सिर्जना हुनु हुँदैन।

() विज्ञान प्रविधिको अधिकतम सदुपयोग गरेर विभिन्न आवश्यक तथ्याङ्कहरू सङ्कलन गर्ने व्यवस्था हुनुपर्छ।

()खुला स्थानको अतिक्रमण रोक्ने, हरियालीपार्कको स्थापना गर्ने,जलाधर क्षेत्रमा वृक्ष रोपण गर्ने हरियाली स्वच्छ वातावरण कायम राख्ने कुरामा पनि ध्यान पुर्याउनु पर्छ

()सहरी विकास प्राधिकरणको मापदण्ड अनुसार मात्र जग्गा खण्डीकरण गर्ने आचार संहिता अनुसार व्यवस्थित योजनाकृत सहर निर्माण गर्ने बसाइँसराइलाई व्यवस्थित गर्ने विषयमा सुधार ल्याउनुपर्छ।

() शान्ति सुरक्षा, मनोरञ्जन रोजगारीको अवसरमा वृद्धि  ल्याएर पनि स्मार्ट सिटीको अवधारणा अनुरूप विकास गर्न सकिन्छ

 

अथवा

 

नेपाल भारतबीचको सम्बन्ध उतारचढावपूर्ण रहेको इतिहास छ।" यस भनाईलाई उदाहरण सहित पुष्टि गर्नुहोस्

Give Yourself A Try!

समूह ''

 

विस्तृत उत्तरात्मक प्रश्नहरु

 

x८= २४

 

२०) कुनै एक भौगोलिक / पर्यटकीय/ ऐतिहासिक क्षेत्रको अध्ययन भ्रमण गर्नका लागि प्रस्तावनाको एक नमुना तयार पार्नुहोस्

  मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरको  ऐतिहासिक महत्त्व पर्यटकीय सम्भावना अध्ययनको प्रस्तावना

 

परिचय:

मुक्तिनाथ मन्दिर नेपालको हिमाली जिल्ला मुस्ताङमा रहेको दुवै हिन्दू बौद्ध धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल हो चार धाममध्ये एक धाम मानिने यस क्षेत्र विश्वकै सबैभन्दा बढी उचाइमा( , ८००m) रहेको ।पगोडा शैलीमा निर्मित मुक्तिनाथ मन्दिरलाई मोक्ष प्राप्त हुने क्षेत्र पनि भनिन्छ यस प्रसिद्ध धार्मिक स्थलको सम्बन्धमा विस्तृत अध्ययन भएको पाइदैन त्यसकारण मुक्तिनाथ मन्दिरमा रहेका ऐतिहासिक पर्यटकीय सम्भावनाको तथ्याङ्क खोजी गरी प्रकाशन गर्न यो अध्ययन प्रस्तावना तयार पारिएको

 

समस्याको कथन

 विशेषतः अध्ययनले तलका प्रश्नहरूको जवाफ खोज्ने यस लक्ष्य लिएको :

. मुक्तिनाथ मन्दिरमा के कस्ता धार्मिक ऐतिहासिक तथ्यहरू रहेका छन् ?

. मुक्तिनाथ क्षेत्रमा पर्यटन उद्योगको के कस्ता सम्भावनाहरू रहेका छन्?

 

 

उद्देश्य :

. मुक्तिनाथ मन्दिर क्षेत्रभित्र रहेका शिलालेख अन्य ऐतिहासिक प्रमाणहरूको खोजी गर्नु,

.उक्त प्रसिद्ध धामको पर्यटनका सम्भावनाहरू पहिचान गर्ने,

 

साहित्य पुनरवलोकन

मुक्तिनाथ मन्दिरको वास्तविक ऐतिहासिक पृष्ठभूमिलाई प्रष्ट पार्ने लेखहरू प्रकाशित भएको पाइदैन विभिन्न अनलाइन माध्यम तथा स्थानीय पत्रपत्रिकामा प्रकाशित साम्रागीहरु अध्ययन गर्दा यस क्षेत्रमा आन्तरिक वाह्य पर्यटकहरुको घुइँचो लाग्ने तथ्य पाउन सकिन्छ मुक्तिनाथ मन्दिर नजिकै रहेको दामोदर कुण्ड शालीग्राम पाइने प्रसिद्धी गण्डकी नदीको बारेमा अध्ययन गर्न आवश्यक रहेको कुरा विभिन्न इतिहासकारहरुले उल्लेख गरेका छन्

 

अध्ययन विधि

 

यस अध्ययनमा गुणात्मक अनुसन्धान विधि प्रयोग गरिने यो एउटा ऐतिहासिक अध्ययन भएकाले यसमा प्राथमिक तथा द्वितीय दुवै प्रकारका स्रोतबाट तथ्याङ्क सङ्कलन गरिने

 

तथ्याङ्क सङ्कलन

 

प्राथमिक तथ्यांक सङ्कलनका लागि मुक्तिनाथ क्षेत्रका विभिन्न ऐतिहासिक महत्त्वका स्थानहरूको भ्रमण गरिने ती स्थानमा रहेका ऐतिहासिक महत्त्वका सामग्रीहरूको फोटो लिइने ।जानकार व्यक्तिहरूसङ्ग ऐतिहासिक प्रमाण पर्यटकिय सम्भावनाबारे अन्तर्वार्तासमेत लिइने इन्टरनेट, स्थानीय पुस्तकालयमा रहेका पुस्तक, पत्रपत्रिका आदिबाट द्वितीय तथ्याङ्क सङ्कलन गरिने

 

 

तथ्याङ्क विश्लेषण

 

विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कलाई विभिन्न तालिका, चार्ट, आदि तयार गरी व्यवस्थापन गरिने छ। त्यसलाई विभिन्न आधारमा वर्गीकरण गरी विश्लेषण गरिने

 

प्रतिवेदन लेखन प्रबोधीकरण

 

अध्ययनपश्चात् एउटा अध्ययन प्रतिवेदन तयार गरिने उक्त प्रतिवेदनका आधारमा लेखहरू तयार गरी विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनलाइन तथा छापा माध्यममा प्रकाशन हुने पत्रपत्रिका तथा जर्नलहरूमा प्रकाशन गरिने

 

सन्दर्भ सामग्री

कक्षा १० को सामाजिक अध्ययन पुस्तक      Muktinath, Wikepedia

२१. पूर्वीय दर्शन नेपाली समाजबीचको सम्बन्ध उल्लेख गर्नुहोस्

:- वेद, विज्ञान धर्मसँग प्रत्यक्ष सम्बन्ध राख्ने ज्ञान एवम मान्यतालाई नै पूर्वीय दर्शन भनिन्छ। मानव जीवनको विभिन्न नैतिक आध्यात्मिक पक्षसँग जोडिएको पूर्वीय दर्शन नेपाली समाजबीच घनिष्ठ सम्बन्ध रहेको छ। नेपाल राष्ट्र आफैंमा धार्मिक रूपमा सम्पन्न मुलुक हो जहाँ सनातन धर्मको उत्पत्ति भएको थियो। धार्मिक सिद्धान्तसँग जोडिएका विभिन्न विषयहरू पूर्वीय दर्शनका मूलमन्त्र रहेका हुन्छन पूर्वीय दर्शन अन्तर्गत हिन्दू धर्म, बौद्ध धर्म, ताओवाद कन्फिसियका मान्यताहरू  गाविएका हुन्छन। बौद्ध धर्मको उद्गम स्थल हिन्दू मान्यताहरू बहुसङ्ख्यक मात्रामा प्रचलनमा रहेकाले पूर्वीय दर्शन नेपाली समाजबीच रहेको सम्बन्धमाथि सहजै प्रकाश पार्न सकिन्छ

 

नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार संस्कृतिको बढी प्रभाव रहेको पाइन्छ। आजपनि पूर्वीय परम्पराअनुसार पूजापाठ, धर्मकर्म, सामाजिक कार्य आत्मज्ञानका लागि ईश्वरीय शक्तिको आसना गर्ने जस्ता कार्यहरू नेपाली समाजमा जीवन्त छन्। नेपालमा हिन्दू बौद्ध धर्म एवम दर्शनलाई प्राथमिकता दिएर सोही अनुसार नै चाडपर्व मनाउने, योग ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने बौद्ध परम्परा अनुरूप आर्य आष्टाङ्गशिक मार्ग पञ्चशीलमा आधारित भएर विभिन्न क्रियाकलापहरू गरिन्छन्। स्वालम्बी बन्ने, परोपकार गर्ने, सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने आचार विचार असल बनाउने जस्ता पूर्वीय वैदिक दर्शनका मान्यताहरू नेपाली समाजमा अभ्यास भइरहेको पाइन्छ। विविधतालाई सहजताका साथ ग्रहण गर्ने दुष्टिकोण पर्यावरणमैत्री कार्यशैली, योग, आध्यात्मिकता र आयुर्वेद जस्ता कुराहरू नेपाली समाजले पूर्वीय दर्शनबाट ग्रहण गरेको छ ।

 

 

अर्कोतर्फ, परापूर्वकालको नेपाली समाजको माध्यमबाट नै पूर्वीय दर्शन उत्पत्ति र सम्प्रेषण भएको थियो ।पवित्र हिन्दु धार्मिक ग्रन्थ भागवद गिता पूर्वीय दर्शनको एक विशिष्ट स्रोत हो जसको विकास नेपाली हिन्दु समाजमा नै भएको थियो। नेपाली समाजको सेरोफेरोमा रचना भएका विभिन्न वेद, उपवेद, ग्रन्थ र धार्मिक मान्यता नै पछि गएर पूर्वीय दर्शनको आधार बनेको हो। नेपाली समाजबाट नै पूर्वीय चिन्तन परम्पराको विस्तार भएको पनि  मान्न सकिन्छ । विभिन्न कालखण्डमा  प्राचीन नेपाली भूमिमा जन्मिएका ऋषी र मुहाऋषीहरूको विचार र सिद्धान्तको समष्टिगत स्वरुप नै पूर्वीय दर्शन हो। नेपालमा जन्मिएका सिद्धार्थ गौतमले प्रतिपादन गर्नुभएको बौद्ध धर्म पूर्वीय दर्शन‌को एउटा महत्वपूर्ण अंश हो जसमार्फत विश्वभरि योग, ध्यान र आध्यात्मिक ज्ञान फैलिएको थियो। यसरी पूर्वीय दर्शनको विकासमा नेपाली समाजको अविस्मरणीय भूमिका रहेको पाइन्छ।

 

वैदिक र धार्मिक चिन्तनमा आधारित पूर्वीय दर्शनको विकास नेपाली समाजबाट भएको र यसका विभिन्न आयामहरू नेपालीहरूको दैनिक जीवनमा उपयोगी रहेका छन् । तसर्थ पूर्वीय दर्शन र नेपाली समाजबीचको घनिष्ठ सम्बन्ध रहेको पाइन्छ ।

 

अथवा

 

वर्तमान नेपाली संस्कृतिमा प्राचीन मध्यकालीन इतिहासको प्रभाव देख्न सकिन्छ

कसरी ? लेख्नुहोस्

 Try To Write The Answer Yourself.

 

२२.तपाईं कुनै नगरपालिकाको प्रमुख (मेयर) हुनुभयो भने आफ्नो शहरलाई आधुनिक व्यवस्थित शहरका रुपमा विकास गर्न के गर्नुहुन्छ ? आफ्नो योजना प्रस्तुत गर्नुहोस्

:- . यदि म कुनै नगरपालिकाको प्रमुख (मेयर) भए भने आफ्नो शहरलाई आधुनिक र व्यवस्थित शहरका रूपमा विकास गर्न निम्न प्रस्तुत गरिएका बुँदागत योजनाहरु कार्यन्वयन गर्दथे :

 

क)प्रत्येक वडामा योग चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको निःशुल्क स्वास्थ्य क्लिनिकको सुरुवात गर्थे ।

(ख) सार्वजनिक तथा नगरीय यातायातलाई एउटै छाता सङ्‌गठनना ल्याएर पुर्ण सुरक्षा र सरलताका साथ शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी  गर्छु।

(ग) भ्रष्टचार बिरोधी साइबर ब्युरो, अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य गरेर नगरभित्र सुशासन कायम गर्न प्रयत्न गर्छु ।

(घ) नगरभित्रका सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि आवश्यक पूर्वाधार निर्माण र दक्ष जनशक्ति परिचालन गर्नुका साथै निजी विद्यालयमा मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा भए, नभएको परीक्षण गर्छु।

ङ) खेलकुद र युवा सशक्तिकरण प्रवर्धन गर्न खेलकुद मैदान निर्माण गर्ने र अन्तर्राष्ट्रिय ई-स्पेट्रोस प्रतियोगिताहरूमा समावेश हुन सक्ने वातावरण नगरपालिकामार्फ प्रदान गर्ने छु।

(च) सडक हरियाली सुधार गर्न वृक्षरोपण गर्ने, हरियाली पार्कको स्थापना गर्ने र खुला जग्गा अतिक्रमणलाई नियन्त्रण गर्छु ।

६) सबै वडाहरूमा अनलाइन भुक्तानी प्रणालीको सुरुवात गरिने छ, सूचनाको हकका लागि डिजिटल पारदर्शीता अपनाइने छ र कार्यपालिकाको महत्त्वपूर्ण निर्णयहरू प्रत्यक्ष प्रसारण गरिने छ ।

ज) सांस्कृतिक सम्पदाको प्रवर्धन, स्थानीय लोक संस्कृतिक, मान्दर, बिहार, गुम्बा, मस्जिदको संरक्षण एवम विकासलाई प्राथमिकता दिने छु।

(झ) सुरक्षा सुधारका लागि नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी जडान गरिने , नगरपालिका प्रहरीलाई तालिम दिने र  परिचालन गरिने छ र विपद् सचेतना र उद्धारको अभ्यास गरिने छ।

(ञ) रोजगारीको स्तरलाई वृद्धि गर्ने र गरिबीको चक्रलाई अन्त्य गर्नका लागि उद्यमशीलतामा जोड दिँदै स्थानीय स्रोत साधन परिचालन गरिने छ, पर्यटन उद्योगको विस्तार गरिने छ र स्वरोजगार हुने इच्छा राखेका युवाहरूलाई उचित तालिम र अनुदान प्रदान गरिने छ।

 

-0

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.